काठमाडौँ। नेपाल चिकित्सक सङ्घले चिकित्सा क्षेत्रका एमडी, एमएस र एमडिएस उपाधिलाई उच्च शैक्षिक योग्यताका रूपमा मान्यता दिन सरकारसँग माग गरेको छ ।
नेपाल चिकित्सक सङ्घले विज्ञप्ति जारी गर्दै चिकित्सा क्षेत्रका एमडी, एमएस र एमडिएस उपाधिलाई उच्च शैक्षिक योग्यताका रूपमा मान्यता दिन सरकारसँग माग गरेको हो ।
विज्ञप्तिमा विश्वविद्यालयका उपकुलपतिलगायत अन्य पदमा नियुक्तिका लागि कम्तीमा विद्यावारिधि ९पिएचडी० उपाधि अनिवार्य गरिने व्यवस्था प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा नेपालको चिकित्सा क्षेत्रमा एमडी, एमएस र एमडिएसलाई उच्च तहको उपाधिका रूपमा मान्यता दिइँदै आएको उल्लेख गरिएको छ ।
नेपालमा पिएचडी अध्ययन–अध्यापन गर्ने संस्था न्युन रहेको अवस्थामा विद्यावारिधिलाई मात्रै न्युनतम शैक्षिक योग्यताका रूपमा तोकिँदा लामो समयदेखि उच्च शिक्षा हासिल गरेका वरिष्ठ प्राध्यापक अवसरबाट वञ्चित हुनसक्ने सङ्घको भनाइ छ ।
सङ्घका अनुसार मेडिकल तथा डेन्टल विषयमा एमडी, एमएस र एमडिएस उपाधि प्राप्त वरिष्ठ प्राध्यापकले डिएम, एमसिएच तथा पिएचडी तहसम्म अध्ययन, अध्यापन र सुपरिवेक्षण गर्दै आएका छन् ।
त्यसैले चिकित्सा क्षेत्रको हकमा एमडी, एमएस र एमडिएसलाई नै उच्च शैक्षिक योग्यताको मान्यता दिन आवश्यक रहेको सङ्घले जनाएको छ ।
सङ्घका महासचिव डा।सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा चिकित्सा शिक्षा क्षेत्रको विशिष्टतालाई ध्यानमा राखी आवश्यक निर्णय गर्न सरकारसँग यस्तो माग गरेको जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८३ - १५:००
बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...
बैशाख २७ गते, २०८३ - १४:५३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...
बैशाख २७ गते, २०८३ - १४:४६
दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...
बैशाख २७ गते, २०८३ - १४:३०
कास्की। पोखरामा ग्याङ फाइट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा झै–झगडाको भिडियो भाइरल भएपछि प्रहरीले खोजी अभियान चलाएर उनी...
बैशाख २७ गते, २०८३ - १४:१९
काठमाडौँ। नेपाल चिकित्सक सङ्घले चिकित्सा क्षेत्रका एमडी, एमएस र एमडिएस उपाधिलाई उच्च शैक्षिक योग्यताका रूपमा मान्यता दिन सरकारसँग माग गरेको छ । नेप...
बैशाख २७ गते, २०८३ - १४:१४
काठमाडौँ । यही वैशाख २९ देखि जेठ ८ गतेसम्म घरेलु मैदानमा हुने नेपाल, स्कटल्यान्ड र अमेरिका सम्मिलित विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि न...
बैशाख २७ गते, २०८३ - १३:५९
पाल्पा। रामपुर नगरपालिका ७ स्थित आधारभूत माध्यमिक विद्यालयमा गएराती चोरी भएको छ । विद्यालयको प्रधानाध्यापक कक्ष र लेखा कक्ष बाट नगद सहित एक थान क्य...
बैशाख २७ गते, २०८३ - १३:४८
सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आज निधन...
बैशाख २७ गते, २०८३ - १३:४१
काठमाडौँ । दार्चुलाको तपोवन आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११:५५ मा चार...
बैशाख २७ गते, २०८३ - १३:३५
नेपालगन्ज। बाँकेको खजुरा गाउँपालिका–६, उढरापुरमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुस...


प्रतिकृया लेख्नुहोस्: