काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उनले श्रमजीवी वर्ग र कम्युनिस्ट शक्तिहरूबीच एकता गर्दै नयाँ राजनीतिक यात्रामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
२६औँ निर्मल लामा स्मृति सभा लाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान परिस्थितिले कम्युनिस्ट एकताको आवश्यकता झनै बढाएको बताए। “हिजो गरेका कामका आधारमा आजको आवश्यकता पूरा हुँदैन,” उनले भने।
उनका अनुसार कम्युनिस्ट आन्दोलनलाई पुन: सशक्त बनाउन विचार, राजनीति र संगठनात्मक सबै पक्षमा नयाँ ढंगले अघि बढ्ने प्रयास भइरहेको छ। उनले विगतमा कम्युनिस्ट शक्तिलाई एकीकृत गर्ने प्रयासहरू भए पनि अपेक्षित परिणाम प्राप्त नभएको उल्लेख गरे।
प्रचण्डले जनतामा अझै पनि कम्युनिस्ट एकताको चाहना रहेको दाबी गर्दै निर्वाचनमा पनि कम्युनिस्ट शक्तिहरू ठूलो जनसमर्थन नजिक पुगेको स्मरण गरे।
उनले कम्युनिस्ट आन्दोलन एकता र विभाजनका विभिन्न चरणहरू पार गर्दै आएको उल्लेख गर्दै अहिले फेरि एकताको आवश्यकता विशेष रूपमा बढेको बताए।
साथै, उनले देशमा बाह्य हस्तक्षेप र आन्तरिक चुनौतीहरू बढिरहेको दाबी गर्दै कम्युनिस्ट आन्दोलनमाथि दबाब सिर्जना गर्ने प्रयासहरू भइरहेका हुनसक्ने टिप्पणी गरे।
प्रचण्डले आन्दोलनलाई पुन: मूल्यांकन गर्दै कमजोरी सच्याएर नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - १७:४५
सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...
श्रावण ११ गते, २०८३ - १७:३८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...
श्रावण ११ गते, २०८३ - १७:३३
काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...
श्रावण ११ गते, २०८३ - १७:२६
काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...
श्रावण ११ गते, २०८३ - १७:२२
काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...
श्रावण ११ गते, २०८३ - १७:०८
धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ । आइतबार सहमति हुन नसकेपछि आज फे...
श्रावण ११ गते, २०८३ - १६:४९
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...
श्रावण ११ गते, २०८३ - १६:४२
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...
श्रावण ११ गते, २०८३ - १६:१२
विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...
श्रावण ११ गते, २०८३ - १४:५१
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...



प्रतिकृया लेख्नुहोस्: