Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

पुनर्निर्माण मन्त्रालय खारेज, ६८ पूर्वाधार आयोजना अलपत्र

जाजरकोट । शान्ति तथा पुनर्निर्माण मन्त्रालय खारेज भएपछि जाजरकोटका ६८ आयोजना अलपत्र परेका छन्। बजेट विनियोजन नहुँदा मन्त्रालयद्वारा सञ्चालित अधिकांश भौतिक संरचना अधुरै छन्। मन्त्रालय खारेज भएसँगै भौतिक संरचना पुनर्निर्माण अलपत्र परेको हो।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - ०६४/६५ देखि ०७२/७३ सम्म तत्कालीन जिविस तथा जिल्ला प्राविधिक कार्यालयमार्फत मन्त्रालयले काम गराएको थियो। शान्ति मन्त्रालयको पुनर्निर्माण तथा पुनःस्थापना शीर्षकका ६८ वटा भौतिक संरचना अलपत्र परेका हुन् । पछिल्लो पटक मन्त्रालय खारेज भएको र स्थानीय तहले ती संरचनामा बजेट विनियोजन नगर्दा संरचना अगाडि बढ्न सकेका छैनन्।

३४ वटा सामुदायिक विद्यालय भवन, सात वटा साविक गाविस (हाल वडाभवन), ६ वटा सहिद स्मृति प्रतिष्ठान भवन, नौ वटा खानेपानी योजना, चार वटा जडीबुटी उत्पादन केन्द्र, तीन वटा सामुदायिक भवन, एक सडक आयोजना, एक सिँचाइ आयोजना, एक मन्दिर, एक विद्युत् आयोजना र एक ढल निकास आयोजना अलपत्र परेका हुन्।

जिल्लाको कुशे ५ खुर्पास्थित लक्ष्मीप्राप्ति माध्यमिक विद्यालय भवन निर्माणका लागि शान्ति मन्त्रालयले क्रमागत आयोजनाको रूपमा बजेट विनियोजन गरेको थियो। भवन आधा मात्र सकिएको थियो मन्त्रालय नै खारेज भएपछि उक्त काम पूरा गर्न समस्या भएको प्रधानाध्यापक दिनेशकुमार सिंहले बताए। उनले भवन अभावमा पठनपाठनमा समस्या भएको बताए। लक्ष्मीप्राप्ति माविजस्तै जिल्लाका ३४ सामुदायिक विद्यालय भवन निर्माण अलपत्र परेको शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका निमित्त प्रमुख खड्ग केसीले बताए।

जिल्लाका धेरैजसो वडा कार्यालय भाडाका घरमा सञ्चालित छन्।

‘पूरा हुन नसकेर अलपत्र परेका भवन निर्माणका लागि स्थानीय निकायसँग पहल गर्न सम्बन्धित विद्यालयलाई आग्रह गरेका छौं’, उनले भने। जिल्लाका धेरैजसो वडा कार्यालय भाडाका घरमा सञ्चालित छन्। निर्माणाधीन संरचना पूर्ण नहुँदा समस्या भइरहेको जनप्रतिनिधिको गुनासो छ । साविकका दशेरा, साल्मा, पजारु, मजकोट, सुवानाउली गाविस भवन निर्माण अलपत्र छ । भवन निर्माण अन्तिम चरणमा आउने बेला बजेट नआएपछि संरचना जीर्ण बन्न थालेको छेडागाड दशेराका मानबहादुर थापाले बताए।

द्वन्द्वोत्तर कार्यक्रमअन्तर्गत भेरी नगरपालिका–१ को पिपेस्थित एक करोड लागतको नयाँ बस्ती पिपे, मैदे, बडालेख सडक र ५० लाख लागतको रिम्ना सिँचाइ कुलो निर्माण आयोजना पनि अलपत्र छन्। यी दुवै योजनाको आधा रकम खर्च भइसकेको छ। बाँकी रकम नआउँदा योजना निर्माण अधुरो रहेको भेरी नगरपालिका–१ का वडाध्यक्ष दीपक रानाले बताए। स्थानीय तहसँग पर्याप्त बजेट नभएकाले यी अलपत्र आयोजना निर्माणका लागि संघीय सरकारले बजेट व्यवस्थापन गर्नुपर्ने अध्यक्ष रानाको भनाइ छ।

जिल्ला प्राविधिक कार्यालयका अनुसार ०७४/७५ मा पनि ती संरचना निर्माणका लागि बजेट आएको थियो । तर, स्थानीय तहले अधुरा आयोजनामा बजेट विनियोजन नगरेपछि निर्माणाधीन संरचना अलपत्र परेका हुन्। कार्यालयका अनुसार पुनर्निर्माण तथा पुनःस्थापन कार्यक्रमका २७ आयोजनाका लागि ६ करोड ५८ लाखमध्ये दुई करोड २४ लाख रुपैयाँ खर्च भइसकेको छ। शान्तिका लागि विकास कार्यक्रमका ३९ आयोजनाका लागि ६ करोड ८५ लाखमध्ये २ करोड ४७ लाख खर्च भइसकेको छ। द्वन्द्वोत्तर कार्यक्रमको दुई वटा आयोजनाका लागि एक करोड ५० लाखमध्ये ५७ लाख रुपैयाँ खर्च भएको बताइएको छ।

६८ वटा आयोजना निर्माणका लागि अझै सात करोड ४० लाख रकम आवश्यक रहेको जिल्ला समन्वय समिति प्रमुख मनबहादुर रावलले बताए। अधुरा संरचना निर्माण गर्न प्रदेश तथा संघीय सरकारसँग रकम माग गरे पनि सुनुवाइ नभएकोे उनले बताए। यसरी आधा बनिसकेका संरचना भत्कनुभन्दा थोरै बजेट लगानी गरेर त्यसलाई काममा लगाउनेतर्फ सरोकारवाला निकायले जोड दिनुपर्ने स्थानीयको माग छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE