चितवन । दुई देशका स्कूले विद्यार्थीमा आ– आफ्नो देशको कला संस्कृति रहनसहन आदानप्रदान गराउने उद्देश्यले यहाँको लिटिल फ्लावर स्कूल र भारतको केरलामा रहेको लिटिल फ्लावर स्कूलबीच भगिनी सम्बन्ध स्थापित गरिएको छ ।दुवै विद्यालयका विद्यार्थीले साथी बनाएर एकले अर्को देशमा गएर त्यहाँको साथीसँग घरमै बसेर संस्कृति आदानप्रदान गर्नाका साथै सम्बन्ध विस्तार गरिरहेका छन् ।
यसै कार्यक्रम अन्तर्गत यतिबेला केरलाका छ छात्रा र पाँच छात्रसहित प्राचार्य र शिक्षक पनि यहाँ आइपुगेका छन् । नारायणगढ लिटिल फ्लावर स्कूलका प्रिन्सिपल रोवि केयुका अनुसार ती छात्रछात्राले यहाँका एक/एक साथी बनाएर उनीहरुकै घरमा बसेका हुन् ।एक साताको यो कार्यक्रमको अवधिमा ती छात्र–छात्रा र शिक्षकलाई यहाँकोे पर्यटकीय क्षेत्र पोखरा, सौराहा, मनकामना, शास्वतधामलगायत क्षेत्रमा भ्रमण गराइएको छ ।
गत सोमबार यहाँ आएको सो टोली आउँदो सोमबार फर्कदै छ । उनीहरु फर्किएपछि आउँदो दशैं र तिहारको बीच बिदाको समयमा तिनका यहाँका साथीलाई केरला लगिने केयुले बताउनुभयो । यस कार्यक्रममा कक्षा ९ का विद्यार्थीलाई समावेश गराइएको छ । तीन महीनाअघि यहाँका विद्यार्थी र केरलामा रहेका विद्यार्थीबीच सामाजिक सञ्जालमार्फत साथी बनाउने काम गरिएको थियो । सो अवधिमा उनीहरू बीचमा सम्बन्ध सुमधुर बनाउने र एक देशको कला संस्कृति अर्को देशका साथीलाई जानकारी गराउने काम गरिएको उनले बताए ।
केरलाबाट आउनुभएका उक्त स्कूलका प्रिन्सिपल रोविन थोमसले यस सम्बन्धले दुई देशबीचको सम्बन्ध अरु प्रगाड बनाउनाका साथै संस्कृति आदानप्रदानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । कक्षा ९ मा अध्ययनरत सुजल पोख्रेलले आफूसँग केरलाका आदिनाथ आफ्ना साथी बनेकामा खुशी प्रकट गर्दै घर, स्कूल, पर्यटकीय क्षेत्रमा साथीसँगै घुम्ने क्रममा केरलाको बारेमा जान्ने अवसर मिलेको बताए । पोख्रेलका अभिभावक गीता पोख्रेलले यस कार्यक्रमले विद्यार्थीलाई अध्ययन अवलोकनमा रुचि बढाउने बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: