Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

महोत्तरीको उम्मेदवारी दर्तामा ऐतिहासिक चाप, १४३ जनाको मनोनयन

खबरडबली संवाददाता

बर्दिबास। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीको उम्मेदवारी दर्तामा उल्लेख्य चाप देखिएको छ । चार लाख ३१ हजार २५२ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभाका चार सिट भएपनि उम्मेदवार भने सिट संख्याको दश गुणाभन्दा बढी पुगेको छ ।

उम्मेदवारी दर्तामा देखिएको यो उत्साहले महोत्तरीको प्रतिनिधिसभा निर्वाचनलाई अझ प्रतिस्पर्धात्मक र चासोपूर्ण बनाउने अपेक्षा गरिएको छ ।

चार वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत कार्यालयबाट प्राप्त अन्तिम विवरणअनुसार प्रतिनिधिसभाका लागि कुल १४३ जनाले मनोनयन दर्ता गराएका छन् । यो संख्या २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको तुलनामा ७६ जनाले बढी हो । अघिल्लो निर्वाचनमा महोत्तरीका चारै क्षेत्रबाट ६७ जना मात्र प्रतिस्पर्धामा थिए ।

उम्मेदवारको अत्यधिक चापका कारण यसपटक कतिपय निर्वाचन क्षेत्रमा राति ८ बजेसम्म मनोनयन दर्ताको काम भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिए।

जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार मनोनयन दर्ता गराउनेमध्ये १२४ जना पुरुष र १९ जना महिला छन् । तुलनात्मक रूपमा महिला उम्मेदवारको संख्या कम देखिए पनि २०७९ को निर्वाचनको तुलनामा यो संख्या १४ जनाले बढेको हो । अघिल्लो निर्वाचनमा क्षेत्र नं १ बाट २ जना र क्षेत्र नं ३ बाट ३ जना गरी जम्मा ५ महिलाको मात्र उम्मेदवारी परेको थियो । यसपटक भने चारै निर्वाचन क्षेत्रबाट महिलाको मनोनयन दर्ता भएको उहाँले जनाउनुभयो । 

निर्वाचन क्षेत्रगत विवरण अनुसार सदरमुकामसमेत रहेको क्षेत्र नं ३ बाट सबैभन्दा बढी २ महिलासहित ४० जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं २ बाट ५ महिलासहित ३७ जना तथा क्षेत्र नं ४ बाट ७ महिलासहित ३७ जनाले मनोनयन दर्ता गराएको सम्बद्ध निर्वाचन अधिकृतहरू शोभाकर खरेले र नारायण चापागाईल जनाए। 

सबैभन्दा कम उम्मेदवारी भने निर्वाचन क्षेत्र नं १ बाट परेको छ । सो क्षेत्रमा ५ महिला र २२ पुरुष गरी जम्मा २७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत गगनदेव महतोले बताए।

यसपटक पनि दलभन्दा स्वतन्त्र उम्मेदवारको संख्या बढी देखिएको छ । कुल १४३ उम्मेदवारमध्ये ८० जना स्वतन्त्र रहेका छन् भने दलबाट उम्मेदवारी दिने संख्या ६३ मात्र छ। २०७९ को निर्वाचनमा भने दलका ३४ र स्वतन्त्रका ३३ जना उम्मेदवार थिए ।

यस्तै, निर्वाचन क्षेत्र नं १ मा नेपाली काङ्ग्रेसको तर्फबाट मुकेश काफले, एमालेबाट पूर्व सांसद लक्ष्मी महतो, नेकपाबाट पूर्वमन्त्री गिरीराजमणि पोखरेल, रास्वपाबाट प्रमोद महतो, जसपाबाट योगनारायण महतो र राप्रपाबाट यानिखर गौतमले उम्मेदवारी दर्ता गराएको छन् ।

निर्वाचन क्षेत्र नं २ बाट जसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले उम्मेदवारी दर्ता गराउनु भएको छ । सो क्षेत्रबाट काङ्ग्रेसकी किरण यादव, एमालेका कासिम नदाफ, नेकपाका लक्ष्मणकुमार यादव, रास्वपाका दीपककुमार साह र राप्रपाका रामलखन साह कानू लगायतले मनोनयन दर्ता गराएको छन् ।

निर्वाचन क्षेत्र नं ३ बाट काङ्ग्रेका केन्द्रिय सदस्य बजरंग नेपाली, एमालेका मनोजकुमार सिंह, नेकपाका चन्द्रमोहन श्रेष्ठ, नेकपाका राजकिशोर साह मेहतरी सुडी, रास्वपाका उज्वल झा र जसपाकी मिनाक्षी ठाकुर झा लगाएतले मनोनयन दर्ता गरा्एको छन्। 

निर्वाचन क्षेत्र नं ४ बाट पूर्व सांसद एवं पूर्वमन्त्रीहरुवीच टक्कर हुने देखिएको छ । अहिलेसम्म प्राप्त विवरण अनुसार यस क्षेत्रबाट नेपाली काङ्ग्रेका निवर्तमान साँसद एवं पूर्व मन्त्री महेन्दकुमार राय, जसपाबाट पूर्व मन्त्री डा। सुरेन्द्र यादव, नेकपाबाट पूर्व प्रदेश मन्त्री एवं निर्वतमान सांसद भरतप्रसाद साहले मनोनयन दर्ता गराएको छन् । त्यस्तै एमालेकी निलम अधिकारी, रास्वपाकी गौरीकुमारी यादवलगाएतले उम्मेदवारी दर्ता गराएको छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगरपालिका र गाउँपालिका गाभ्ने प्रक्रिया अघि बढ्यो, सङ्ख्या र सिमाना हेरफेरका लागि मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...

दाजुभाइको मृत्यु घटना प्रकरण: ब्रोइलरको मासुमा सङ्क्रमण भेटिएन

धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...

एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...

कपिलवस्तुको शिवराज अस्पतालमा ३८ लाख रकम गायब

कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।  शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...

नवलपुरमा कार र जेसीबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।  झरही खोलाबाट रजहर तर...

एसईईको उत्तरपुस्तिका परीक्षण पछि पुग्यो भक्तपुर

लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।  काउन्सिलका रजिष्ट्रार डा.शति...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढयो

शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending