बुटवल । बुटवल उपमहानगरपालिका १४ विनायकपुरकी २५ वर्षीया लक्ष्मी खत्रीले बिहीबार साँझ ७ बजेर ३८ मिनेटमा आफ्नो फेसबुक स्टाटसमा ‘खै कति बेला हुन्छ शरीरको हत्या के थाहा ?’ लेखिन् । अनि विदेशमा रहेका आफ्ना पति अमृत खत्रीलाई ट्याग गरिन् । अर्को दिन बिहान ५ बजे घरको दोस्रो तलामा शव फेला पर्यो ।
दाइजो नल्याएको निउँमा लामो समयदेखि यातना खेपिरहेकी लक्ष्मीको शव फेला परेपछि घरभित्र यातना दिएको अरोपमा उनकी सासूलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । फेसबुक स्टाटस भने अहिले हटाइएको छ ।
लक्ष्मीको मृत्युपछि माइती पक्षले यस घटनामा सासू हरिमाया खत्रीको मात्र संलग्न नभएर नन्दले पनि यातना दिएको आरोप लगाई प्रहरीमा अर्को जाहेरी दिने तयारी गरेका छन् ।
अर्घाखाँची, गोखुङ्गाकी लक्ष्मीको ७ वर्षअघि रूपन्देहीमा विवाह भएको थियो । उनकी एक छोरी छन् भने श्रीमान् वैदेशिक रोजगारीको सिलसिलमा गएका छन् । श्रीमान् नभएको बेला उनको हत्या भएको छ ।
माइती पक्षले सासू, ससुरा र नन्दले यताना दिएको अरोप लाउँदै इलाका प्रहरी कार्यालय बुटवल आएका छन् । उनीहरुले हिजो दिनभर प्रहरी परिसमा थिए । प्रहरीले हत्याको जाहेरी लिन मानेको छैन् । तर यातनाको विषयमा छानविन गर्न सासूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
छिमेकी भन्छन्- यातना पहिलेदेखि नै दिइन्थ्यो
लक्ष्मीको शव शुक्रबार बिहान घरको दोस्रो तलाको बरन्डामा झुन्डिएको अवस्थामा फेला परेको थियो । अघिल्लो दिन बिहान सासूबाट कुटिएर घाइते भएपछि राति १० बजेसम्म घरमा रुवाबासी चलेको र बिहान उक्त घटना भएको छिमेकीले बताएका छन् ।
माइतीपक्षले भने सासू, ससुरा र नन्दले हत्या गरी झुन्डाएका भन्दै प्रहरीमा जाहेरी दिने प्रयास गरेका छन् । तर इलाका प्रहरी कार्यालय बुटवलले जाहेरी लिन मानेको छैन । बिहे गरेको ६ महिनादेखि नै लक्ष्मीले सासूको दुव्र्यवहार भोगेको माइती पक्षले जनाएको छ ।
दाइजो कम ल्याएको भन्दै सासुले कुटपिट गर्दै आए पनि उनले बाहिर नबताएको बुबा डोमबहादुर खत्रीले बताए । उनले रातोपाटीसँग भने ‘पटक पटक यातना दिएका थिए । हत्यामा सासू मात्र नभएर नन्द अरूको पनि हात छ, प्रहरीले यसतर्फ ध्यान दिनुपर्छ । हामी अर्को जाहेरी दिने तयारी छौँ ।
सासूको कुटाइबाट घाइते भएकी लक्ष्मीले बिहीबार मात्रै स्थानीय मेडिकलमा उपचार गराएकी थिइन् । उनका आँखामा निलडाम रहेको छिमेकीले बताएका छन् । बिहीबार दिउँसो नै उनले स्थानीय सिर्जनशील आमा समूहका पदाधिकारीलाई भेटेर न्याय दिन माग गर्दै बैठक बस्न आग्रह गरेकी थिइन् ।
‘मलाई सासूले दैनिक पिट्छिन् भन्दै आएकी थिइन्, मैले मिटिङ बसेर वडामा उजुरी दिनुपर्छ भनेकी थिएँ ।’ स्थानीय सत्यवती आमा समूहकी अध्यक्ष कल्पना पौडेलले भनिन् । लक्ष्मीले वर्षौंदेखि सासूको हिंसा खेप्नुपरेको उनले बताइन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले सासूबुहारीबीच झगडा भएको र हत्या गरेर झुन्ड्याएको माइती पक्षको आरोप रहेको जानकारी दिए । उनले घटनाका विषयमा अनुसन्धान थालिएको बताए ।
अर्घाखाँचीको गोखुङ्गाका माइती पक्षसहित स्थानीय महिला समूहले हत्या वा दबाबमा आत्महत्या भएको भन्दै कारबाहीको माग गरेका छन् ।
प्रचलित कानुनअनुसार आत्महत्या गर्न बाध्य पार्नेलाई पाँच वर्षको जेल सजाय र ५० हजार जरिवाना रहेको छ । स्थानीय आम समूहले प्रहरी कार्यालयमा घर्नासमेत दिएका छन् । रातोपाटीबाट
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: