Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

जटिल भूगोल र अव्यवस्थित सडकका कारण दुर्घटना बढिरहेको छ: आइजीपी कार्की

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनमा उनले जटिल भूगोल र देशभर जथाभावी निर्माण गरिएका सडक तथा कमजोर इन्जिनियरिङ संरचनाले दुर्घटनाको जोखिम थप बढाएको बताएको हो ।

नेपालमा सवारी दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्त दु:खद बन्दै गएको भन्दै दैनिक औसतमा आठ जनासम्मको मृत्यु हुने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएको उनको भनाइ छ । 

कार्कीले सवारी दुर्घटना राज्य, व्यवसायी, मजदुर युनियन तथा सम्पूर्ण नागरिकको साझा चिन्ताको विषय भएको उल्लेख गर्दै यसलाई न्यूनीकरण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए ।

उनले यातायात व्यवसायीको महाधिवेशनले पनि दुर्घटना न्यूनीकरणका लागि स्पष्ट मार्गनिर्देशन र दिशा तय गर्नुपर्ने बताए।

उनकाअनुसार पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको प्रभावका कारण नेपालमा बाढी, पहिरो तथा मनसुनजन्य विपद् बढ्दै गएका छन्, जसले सवारी दुर्घटनाको जोखिम थप बढाएको छ ।

विशेषगरी चाडपर्वको समयमा भएका ठूला दुर्घटनाले मानवीय क्षतिसँगै राष्ट्रलाई ठूलो आर्थिक नोक्सानी पनि बेहोर्नुपरेको छ । आइजीपी कार्कीले भने,“नेपालको भूगोल जटिल छ र यो भूगोलमा जसो तसो निर्माण भएका ठूला साना सडकमा सवारी साधन चलेका छन् जहाँ रुटको प्रश्न पनि उठिरहन्छ । यो रुटको प्रश्न उठिरहने विषय होइन । तर यो उठिराख्ने विषयहरू पनि सम्बोधन हुनुपर्छ । अब यो नेपालमा सवारी दुर्घटनाबाट अहिले त अझ बढ्दै गएर मास क्याजुअल्टज हुँदै जादा कहिलेकाँही एकदम दु:खदायी हुन्छ दिन हामीलाई सम्झिँदा अत्यन्त दु:खदायक लाग्छ । भोग्नेलाई कस्तो हुन्छ रु हामी सुन्नेलाई पनि दु:ख लाग्ने र भोग्नेलाई अझ दु:ख लाग्ने विषय छन् । दैनिक एभरेजमा सात जना थियो । अहिले आठ जना हुने डर भयो । एभरेजमा दिनमा आठ जनाको मृत्यु हुने अवस्था चाहिँ अत्यन्त दु:खदायी अवस्था हो । यो यसबाट वर्षेनी दैनिक आठ जनाको दरले वर्षेनी कति नागरिकले ज्यान छन् त्यो अत्यन्त चिन्ताको विषय राज्यको पनि चिन्ताको विषय हो । व्यवसायको पनि चिन्ताको विषय हो  व्यवसायिक सङ्गठनको पनि चिन्ताको विषय हो । मजदुर युनियनका पनि चिन्ताका विषय हुन् । र मजदुरका पनि चिन्ताका विषय हुन् । यी हामी सबैका चिन्ताका विषय हुन् जहाँ हामी आफैँ सम्मिलित छौँ । जहाँ हामी आफैँ पनि पीडित हुने सम्भावना छ अहिले अर्को कसैलाई पीडा भएको अवस्थाले अहिले एकछिन शान्त भइराख्ने कुरा पनि होइन । त्यो कुनै दिन त्यो पीडा कसैसँग नपरोस् भन्नका खातिर महाधिवेशनले पनि एउटा मार्ग निर्देश गर्नुपर्ने अवस्था छ भन्ने बुझ्नु जरुरी छ । अब हामीले पछिल्ला दिनमा मौसमको परिवर्तनले जलवायु मा आएको परिवर्तनको कारणले पनि संसारभरमा जस्तै नेपालमा पनि दुर्घटनाहरु वृद्धि गरेको छ । अहिले नेपाल अझ पछिल्लो वर्ष यो मनसुनको समयमा खास गरि र त्यसपछि अब मनसुन शुरु भैनै सक्यो यो पछाडीबाट आउने पहिरो आउने र चाडबाडका चाडबाड ठिक्क अगाडी दुर्घटना ठुलठुला दुर्घटना भएको कारणले एकातर्फ राष्ट्रको एकातर्फ व्यक्तिको क्षति त भएकै छ । त्यो क्षति भएका व्यक्तिले भरण पोषण गर्नुपर्ने परिवारको पनि क्षति भएको अवस्था छ । दुखी भएको अवस्था छ भने मुलुकले पनि एउटा कहाली लाग्दो सवारी दुर्घटनाबाट ठूलो पुजीको पनि क्षति भएको र त्यो दु:खद अवस्था बेहोर्नुपरेको अवस्था छ । यस सन्दर्भमा सवारी दुर्घटनाका विविध कारणहरुमध्ये मानवीय कारणहरु हामी भन्छौँ । मानवीय कारण पनि होलान् इन्जिनियरिङका कारण पनि उत्तिकै महत्वपूर्ण छन् । इन्जिनियरिङको विषय पनि सम्बोधन हुनुपर्छ । गाउँ–गाउँमा वडा अध्यक्षहरुले इच्छा गरेर बनाइएका सडकहरु गाउँगाउँ जथाभावी डोजरे क्रान्ति गरिएका बाटाहरु को कारणले पनि दुर्घटना भएका छन् भन्ने पनि हामीले स्वीकार गर्नुपर्ने छ ।  ति बाटाहरु इन्जिनियरिङ हिसावले ति ठिक छन् । जहाँ निर त्यो जलबवयु परिवर्तनका सँगै जो बाढी र पहिरो आउछ त्यसको सिर्जना गर्नमा कति योगदान गरेको छ त्यस्तो किसिमको विकासको नमुनाले भन्ने तर्फ पनि हेर्नुपर्नेछ ।”

आइजीपी कार्कीले दुर्घटनाका कारण केवल मानवीय कमजोरी मात्र नभई इन्जिनियरिङ पक्ष पनि उत्तिकै जिम्मेवार रहेको बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...

सुनसरी घटनापछि गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक, शान्ति–सुरक्षाबारे रणनीति तय गरिँदै

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...

असारसम्मको बिजुली खपतमा भ्याट नलाग्ने, साउन १ देखि मात्र लागू हुने

काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...

अमेरिकी नागरिकसहित अध्यागन विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...

सरकारी वार्ता टोली र डा. केसीबिच सहमतिको मस्यौदा तयार

धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ ।  आइतबार सहमति हुन नसकेपछि आज फे...

सुनसरीको देवानगन्ज घटनाप्रति मानव अधिकार आयोगको चासो

काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...

सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सबै पक्ष एकमत

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...

माधव नेपाललाई मनाउन प्रचण्ड कोटेश्वरमा, सत्ता समीकरणबारे छलफल

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending