Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

उद्योगमैत्री बजेटको माग गर्दै अर्थमन्त्रीसमक्ष निजी क्षेत्र

खबरडबली संवाददाता

 

काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट उद्योग विस्तार, लगानी वृद्धि र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर ल्याउन सरकारसँग आग्रह गरेको छ ।

परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेको नेतृत्वमा गएको टोलीले शनिबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर निजी क्षेत्रलाई विकासको मुख्य साझेदारका रूपमा अघि बढाउने खालको बजेट आवश्यक रहेको सुझाव दिएको हो ।

परिसंघले अर्थतन्त्र विस्तार, उत्पादन वृद्धि, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेको छ । साथै उद्योगमैत्री नीति बनाउँदै कम्तीमा १० वर्षसम्म स्थायित्व कायम गर्नुपर्ने माग समेत गरिएको छ ।

कर प्रणालीलाई सरल र स्पष्ट बनाउनुपर्ने, आयकरको दर घटाउनुपर्ने तथा व्यक्तिगत आयकरको न्यूनतम सीमा १० लाख रुपैयाँ बनाउनुपर्ने सुझाव परिसंघले दिएको छ । त्यस्तै कर प्रशासनलाई पूर्ण रूपमा डिजिटल बनाउने, कर विवाद समाधान प्रणाली प्रभावकारी नाउने र चोरी पैठारी नियन्त्रणमा कडाइ गर्नुपर्ने माग पनि गरिएको छ ।

पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने नीति लिनुपर्ने, उद्योगका लागि आवश्यक जग्गामा हदबन्दी नलाग्ने व्यवस्था गर्नुपर्ने तथा अतिरिक्त जग्गा धितो राख्न र बिक्री गर्न पाउने व्यवस्था मिलाउनुपर्ने सुझाव पनि परिसंघले दिएको छ ।

परिसंघले पर्यटन, कृषि, ऊर्जा, सूचना प्रविधि, बैंकिङ, बीमा, सहकारी, पुँजीबजार, स्वास्थ्य र शिक्षा क्षेत्रलाई समेत बजेटमार्फत प्राथमिकता दिन आग्रह गरेको छ ।

सुझाव ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले विकासका लागि निजी क्षेत्रको लगानी अपरिहार्य रहेको बताएका छन् । उनले कानुनी तथा कर प्रणाली सुधार आवश्यक रहेको उल्लेख गर्दै पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता बढाउन सरकार सकारात्मक रहेको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाेखरा बसपार्कको सुकुमबासी मुद्दामा मेयर–सांसदबीच जुहारी

पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा रहेका वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेका बेला कास्की–२ का सांसद उत्तमप्...

१० वर्ष बित्दा पनि बनेन रसुवागढीको एकीकृत भन्सार भवन, अन्तिम चेतावनीपछि ठेक्का तोड्ने तयारी

रसुवा । नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सक्ने लक्ष...

देवानगञ्ज घटनाको प्रभाव विराटनगरसम्म: सुरक्षा चिन्ताले विद्यालय बन्द

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपपछि उत्पन्न तनावका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेज बन्द भएका छन्। ...

देवानगञ्ज घटनामा बाबुरामको चिन्ता: देशलाई अस्थिरताको भूमरीमा फस्न नदिन संयम अपनाऔँ

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा एक जनाको ज्यान जाने तथा सुरक्षाकर्मीसहित २२ जना घाइते हुने गरी भएको साम्प्रदा...

पहिरोले रोकियो मुग्लिन–नारायणगढ सडक, खुलाउन तीव्र प्रयास

​चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक सुक्खा पहिरो खस्दा मंगलबार बिहानदेखि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहा...

दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुल्यो

धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ...

बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव, श्रीमान् सम्पर्कविहीन

झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...

आज तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...

लमजुङमा मध्यराति पहिरोमा परेर बाबुछोरीको मृत्यु, आमा–छोरी घाइते

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...

ब्रेक फेल भएपछि ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending