Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

राष्ट्रपति पुटिन मैदानमा जब चिप्लिएर लडे (भिडियाे हेर्नुहाेस्)

एसेन्सी । रुसका शक्तिशाली राष्ट्रपति भ्लादिमिर पुटिन आइस हकीको प्रदर्शनी खेल सकिएपछि जितको खुसीयालीमा मैदान घुम्दै थिए। अनि उनी चिप्लिएर लडे।

टेलिभिजनबाट समेत प्रत्यक्ष प्रसारण हुने यस्ता मैत्रीपूर्ण आइस हकी खेलमा राष्ट्रपति पुटिन नियमित भाग लिन्छन्।आइस हकीको राष्ट्रिय लिगका पूर्व खेलाडी सम्मिलित टोलीबाट खेल्दै पुटिनले त्यस खेलमा आठ गोल गरेका थिए।

पुटिनको गोलको सहायताले सो खेलमा उनको टोली १४-७ ले विजयी भएको बताइएको छ। प्रतिद्वन्दी टोली भने सोखिन खेलाडीहरूको थियो।

भिडिओमा पुटिन खेलपछिको कार्यक्रमका लागि राखिएको रातो कार्पेटमा लडेको र तुरुन्तै उठेको देखिन्छ। राष्ट्रपति पुटिन जुडोका पनि ब्ल्याक बेल्ट खेलाडी हुन्।

६६ वर्षीय पुटिन तत्कालीन लेनिनग्राद - जसलाई अहिले सेन्ट पिटर्सवर्ग भनिन्छ - मा हुर्किए जहाँ उनको आफूभन्दा ठूला स्थानीय किशोरहरूसँग झगडा पर्थ्यो। त्यसले उनलाई जुडो सिक्न उक्सायो। क्रेमलिनको वेबसाइट अनुसार स्कूले शिक्षा नसकिकनै पुटिन तत्कालीन सोभियत जासुसी संस्थामा काम गर्न चाहन्थे।

सन् २०१५ को अक्टोबरमा एक अवसरमा बोल्दै पुटिनले भनेका थिएस् \'यदी झगडा अवश्यम्भावी छ भने पहिलो प्रहार आफैँ गर।\'

पुटिनले आफ्नो बलियो पुरुषको छवि मनपराउँछन्। सन् २००० मा उनले चेच्न्यामा लडाकू जहाज उडाएका थिए भने सन् २०११ मा रुसी बाइकरहरूको मेलामा उनी पुगेका थिए।

खेलमा चाहिँ उनी आइस हकी र जुडोका सोखिन छन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: