Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

भन्दाखेरि पूर्ण प्रेस स्वतन्त्रता तर व्यवहारमा अंकुश लगाउन खोजिएको छ

\"\"काठमाडाैं । नेपालको संविधानको प्रस्तावना मै जसरी पूर्ण प्रेस स्वतन्त्रतासहित लोकतन्त्रको कल्पना गरिएको छ, त्यसलाई पुरै लत्याएर ऐन तथा कानूनहरु बनाउन खोजिएको छ । हामीले यसअघि मुलुकी संहिता र फौजदारी संहिताको सन्दर्भमा कुरा उठाएका थियौं । सरकारले संशोधन गर्ने भनेर कार्यदल पनि बनाएको थियो । कार्यदलले के–के संशोधन गर्ने भन्ने बारेमा सुझाव पनि दिएको हो । तर अहिले ल्याइएको प्रावधानले स्वतन्त्रपूर्वक लेख्ने कुरा, स्वतन्त्रपूर्वक आलोचना गर्ने कुरा, राष्ट्र र जनतालाई केन्द्रमा राखेर लेख्ने विषयमा बन्देज लगाउन खोजिएको छ । पत्रकारिताको अनिवार्य सर्तको रुपमा रहेको अनुसन्धानमुलक शैलीलाई पुरै बन्देज लगाउन खोजिएको छ । यी प्रावधान के कारणले ल्याइए भन्ने विषय एकदमै सोंचनीय छ । हिजो लोकतन्त्रको लागि लड्दाखेरि, निरंकुशताको पक्षमा लड्दाखेरि पूर्ण प्रेस स्वतन्त्रताको पक्षको वकालत गर्ने दलहरुले आज यस्ता प्रावधान किन ल्याएका छन् प्रश्न उब्जाएको छ । प्रेस स्वतन्त्रता कति छ भन्ने आधारमा त्यो देशमा लोकतन्त्रको अवस्था कस्तो छ भन्ने स्पष्ट हुन्छ । यहाँ जो हिजो साँचो लोकतन्त्रको लागि लड्नुभएको थियो उहाँहरु सत्तामा पुगेपछि मिडियामाथि नै अंकुश लगाउन खोज्दैहुनुहुन्छ । मिडियालाई व्यवस्थित गर्ने नाममा नियन्त्रण गर्न खोजिरहनु भएको छ । अहिले ल्याइएको प्रावधनाले वास्तविक कुरा जनतालाई सम्प्रेषण गर्ने विषयमा नै बन्देज लगाउन खोजिएको छ । यसमा समाचार पुष्टि गराउने कुरा, कसैको गोपनियता हनन् गराउने कुरा, कसैको व्यक्तिगत आचरण तथा व्यक्तिगत मानसम्मानमा ठोस पुर्याउने कुरा ल्याइएको छ । यो त व्यक्ति पदमा बस्दाखेरि गरेको कामको आलोचना नै गर्न नपाइने खालको व्यवस्था हो । उसले जे गरेपनि जनताले थाहा नपाउने अवस्था ल्याउन खोजिंदैछ । जनताले जानकारी पाउने कुरालाई अर्को ढंगले व्याख्या गरेर पत्रकारिता जगतलाई अंकुश लगाईंदै छ । कुनै भ्रष्ट व्यक्तिको बारेमा लेख्दा उसलाई जानकारी दिनुपर्ने, अनुमति लिनुपर्ने, उसको अनुमति नलिई लेखिएमा उसले मानहानि भयो भनेर उजुरी दिने र कारबाही हुने विषयले के देखाउँछ ? त्यो व्यक्तिले गरेको राम्रो या नराम्रा जे देखिएको छ त्यो रिपोटिङ्ग नै गर्न नपाउने अवस्था ल्याउन खोंजिदैछ । समाचार लेखेकै आधारमा धेरै ठुलो मुल्यमा सजायँ भोग्नुपर्ने, लामोसमयसँग जेल बस्नुपर्ने अवस्था ल्याईंदैछ । यसले भन्दाखेरि पूर्ण प्रेसस्वतन्त्रता तर यो पुरै अंकुश लगाउन खोजिएको स्पष्टै देखिन्छ । लोकतन्त्रको कुरा उठाउने दलले सत्तामा गएपछि यसो गर्नु हुँदैन ।

(जन्मदेव जैसी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies