काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन्।
प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले पार्टीभित्र निर्वाचनमा जित्ने र हार्नेबीच आ–आफ्ना गल्ती कमजोरी स्वीकारेर सहकार्य नहुँदासम्म पार्टी बलियो हुन नसक्ने बताएको हो ।“पार्टीको आन्तरिक कारणमात्र नभएर दुई कम्युनिष्ट पार्टी एकीकरण हुँदा पार्टीले निर्वाचनमा पराजय भोगेको हो”, उनले भने ।
मुलुकमा कम्युनिष्ट विचार बोक्नेको जित र प्रजातान्त्रिक विचारधारा बोक्ने दल काङ्ग्रेसको हारको जिम्मा प्रजातान्त्रिक विचार समाजले समेत लिनुपर्ने उनको भनाइ थियो । “आगामी निर्वाचनमा विजयी हुने गरी देशभर लोकतान्त्रिक विचार प्रवाह गर्न समाज लाग्नुपर्छ”, सभापति देउवाले भने । अन्तरघात मुक्त काङ्ग्रेस निर्माणमा प्रजातान्त्रिक विचार समाज लाग्नुपर्नेमा उहाँले जोड दिए ।
सभापति देउवाले पार्टीभित्र एकले अर्कालाई हराउने प्रवृत्ति बढेकाले पार्टी पराजय भएको उल्लेख गर्दै काङ्ग्रेसभिक्र सशत्त एकताको खाँचो रहेको बताए ।
काङ्ग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले सरकारका गतिविधि जनताको हितविपरीत भएको भन्दै सरकारविरुद्ध सङ्घर्षमा जानुपर्ने बेला आएको बताए ।
पार्टीका पूर्वमहामन्त्री सिटौलाले पार्टी आन्तरिक प्रतिस्पर्धाभन्दा कलहमा फस्दा समस्या उत्पन्न भएको बताउँदै पार्टीभिक्र सैद्धान्तिक, नीति, कार्यत्रममा आधारित एकता आवश्यक भएको धारणा व्यक्त गरे ।
नेता सिटौलाले प्रेस स्वतन्त्रताको पक्षमा काङ्ग्रेस सधैँ दृढ रहेको पनि स्पष्ट पारे ।
काङ्ग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वर्तमान सरकारले लोकतन्त्रको आवरणमा निरङ्कुशको बाटोमा अगाडि बढ्न खोजेको बताए । मिडिया काउन्सिल, मानवअधिकार, राष्ट्रिय सुरक्षा परिषद् विधेयकले सरकारले सत्ता कब्जा गर्ने खेल गरेको आरोप लगाउँदै उनले पार्टीभित्रको जागरण अभियानका लागि स्वजागरण अभियान आवश्यक रहेको बताए ।
काङ्ग्रेस नेता लक्ष्मणप्रसाद घिमिरेले काङ्ग्रेसले लिएको प्रजातन्त्र, राष्ट्रियता र समाजवादको बारेमा देशभर प्रजातान्त्रिक विचार समाजले बहस चलाउनु आवश्यक रहेको धारणा व्यक्त गरे ।
समाजका अध्यक्ष डा केदारनरसिंह केसीले पार्टीभित्रको मतभेदले काङ्ग्रेसलाई फाइदा पुग्दैन, प्रजातान्त्रिक विचार समाज सबै नेता तथा कार्यकर्तालाई समेटेर अगाडि बढ्न चाहन्छ भन्दै समाजले आगामी दिनमा सबै जिल्लामा शाखा विस्तार गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले काङ्ग्रेसले विभाग र भ्रातृ संस्थालाई खाली गरेर जागरण अभियानमा जानु सान्दर्भिक कुरा नभएको बताए । समाजका पूर्वअध्यक्ष प्रा डा चन्द्रलाल श्रेष्ठ, नेपाल बार एशोसिएशनका महासचिव लक्ष्मण पौडेल, पूर्वसांसद सकलदेव सुतियार, नेपाल शिक्षक सङ्घका अध्यक्ष राजेन्द्र पौडेल, नेपाल प्रेस युनियनका कोषाध्यक्ष सरोज अधिकारीलगायतले सरकारले जनताको अधिकारलाई कुण्ठित गर्ने प्रयास गरिरहेको बताउँदै सरकारको गतिविधिविरुद्ध लोकतन्त्रवादी एकजुट हुनुपर्ने बेला आएको विचार व्यक्त गरे ।
कार्यक्रममा लोकतान्त्रिक योद्धा सम्मानबाट पत्रकार एवं राजनीतिज्ञ नुतन थपलियालाई रु २५ हजार नगद र ताम्रापत्रद्वारा सम्मान गरिएको थियो । विसं २०५२ मा स्थापना भएको समाजले ४७ जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको समाजका महासचिव गोकर्ण अर्यालले जानकारी दिए । दुई दिनसम्म चल्ने महाधिवेशनमा ४१ जिल्लाका ३०० प्रतिनिधिको सहभागिता रहेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: