Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु (नामावलीसहित)

काठमाडौं । करिब १५ घण्टाको अवधिमा भएका ९ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ । शनिबार १६:४५ बजेदेखि आइतबार ०६ः४५ बजेसम्मको उक्त अवधिमा धादिङ, झापा, कैलाली, सिराहा, महोत्तरी र उदयपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा १७ जनाको ज्यान गएको हो ।

दुर्घटनामध्ये धादिङ गजुरी गाउँपालिका-६ आदमघाटस्थित पृथ्वी राजमार्गमा झापाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ४३८७ नम्बरको बस आइतबार बिहान अनियन्त्रित भई त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ महिला र १ पुरुषको घटनास्थलमै तथा ४ जनाको विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेहरू काठमाडौं थानकोट बस्ने ५१ वर्षीय राज कुमार सुवेदी, ईलाम कल्याम बस्ने ४६ वर्षीय बिशाल गिरी, धादिङ बेनिघाट रोराङ गाउँपालिका-३ बस्ने ४३ वर्षीय राजन आचार्य रहेका छन् भने अन्य ४ जनाको हाल सनाखत हुन सकेको छैन् । घाइते हुनेहरुमा ८ महिला, १ बालिका र २१ पुरुष गरी ३० जना छन् । उनीहरुको वीर अस्पताल ट्रमा सेन्टर काठमाडौं, आदमघाट मेडिकल कलेज, गल्छी मेडिकल र गजुरी अस्पताल समेतमा उपचार भइरहेको छ । उक्त बस पानीमा आधा डुबेको अवस्थामा रहेको छ ।

यसैगरी झापा मेचीनगर नगरपालिका-१२ काली झोडास्थित पूर्वपश्चिम राजमार्गमा मे-९ प १७८४ र मे.४ प ८१८६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँई दुर्घटना हुँदा गम्भीर घाइते भएका मे.४ प ८१८६ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-१४ दुवागढी बस्ने ४१ वर्षीय अर्जुन सुनुवारको बीएनसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी कैलाली भजनी नगरपालिका-३ कुसुमघाटस्थित सडकमा से.१ ह २७३७ नम्बरको अटोरिक्शा पल्टिएर दुर्घटना हुँदा गम्भीर घाइते भएका अटोरिक्शामा सवार बर्दिया गुलरीया नगरपालिका-४ बस्ने ५१ वर्षीय गिदवा थारुको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका आटो चालक समेत ४ जनामध्ये २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १ जना उपचार पश्चात डिश्चार्ज भएका छन् । अटोरिक्सा चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै कैलाली टिकापुर नगरपालिका-७ स्थित सडकमा बा.१६ च ४७१० नम्बरको कार र यूपी ३१ स ५१७० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-८ बटनपुर बस्ने २६ वर्षीय कमल साउदको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै कैलाली जानकी गाउँपालिका-४ बेलापुरस्थित सडकमा से.२ प ४२४६ नम्बरको मोटरदाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३२ वर्षीय रामनारायण चौधरीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने कृष्ण बमको टिकापुर अस्पताल हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके पठाइएको छ ।

यसैगरी सिराहा धनगढीमाई नगरपालिका-१० आँप चोकमा स.९ प ९६३६ नम्बरको मोटरसाइकलले स.१ ह २९० नम्बरको अटो रिक्शालाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सर्लाही लालबन्दी नगरपालिका-४ बस्ने ३२ वर्षीय राजकुमार चौधरीलाई उपचारको लागि श्रमजिवी अस्पताल धनगढीतर्फ लैजाने क्रममा मृत्यु भएको छ । मोटरसाइकल र अटो रिक्शालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी महोत्तरी बर्दिबास नगरपालिका-१ भप्सी पुलस्थित सडकमा बा.८ च ८७४९ नम्बरको एम्बुलेन्सले ना.७ ख ६७६५ नम्बरको ट्रकमा ठक्कर दिँदा गम्भीर घाइते भएकी एम्बुलेन्समा सवार बर्दिबास नगरपालिका-११ खयरमारा बस्ने ४८ वर्षीया हेम कुमारी गौतमको उपचारको लागि शिक्षण अस्पताल महाराजगंज काठमाडौंतर्फ लैजाने क्रममा मृत्यु भएको छ । एम्बुलेन्स चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ भने ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी उदयपुर कटारी नगरपालिका-१४ स्थित सडकमा बा.४ ख ७००० नम्बरको टिप्पर सडकबाट खोलामा खसेर दुर्घटना हुँदा सिन्धुली दुधौली नगरपालिका-११ बस्ने २० वर्षीय लिला बहादुर सार्की र कटारी नगरपालिका-५ भोर्ले बस्ने माईलो भनेर चिनीने हाल नाम, थर नखुलेका करिब २५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै आवश्यक अनुसन्धान समेत गरिरहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending