Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

यसरी बलात्कार र हिंसापछि पनि तड्पिनु पर्छ पीडितलाई

सन्दकपुर गाउँपालिकास्थित माईपोखरीकी १७ वर्षीया युवती एक वर्ष अघि आफ्नै छिमेकी समुन राईबाट बलात्कृत भइन् । बिहान घरबाट हिँडेकी ती युवतीलाई सुमनले जङ्गलमा पुर्याएर बलात्कार गरे ।

सुमनले आफूसँग यौन सम्पर्क राख्न आग्रह गरे, युवती नमानेपछि ‘मारिदिने’ धम्की दिए । धम्कीपछि युवतीको इच्छाविरुद्ध नै सुमनले जबर्जस्ती गरे । घर गएर भने ‘बाँच्न दिन्न’ समेत भन्न भ्याए ।

त्यसपछि युवती घर फर्किन् र तत्काल प्रहरी कार्यालयमा फोन गरिन् । अहिले सुमन इलाम कारागारमा कैद जीवन जिइरहेका छन् । तर, कहिलेकाहीँ फोन गरेर युवतीलाई ‘जेलबाट निस्किएको भोलिपल्टै मारिदिन्छु’ भन्ने गरेका छन् । \'म त जेल परें परें । म निस्किए भने त पनि बाँच्दिनस् भनेर धम्क्याउँछ, सार्‍है पीर परेको छ,\' युवतीले भनिन् – \'कति समय जेल बस्छ पनि थाहा छैन । यदि निस्किहाल्यो भने त मार्छ होला ।\'

युवती यहीँ विषयलाई लिएर पटक–पटक प्रहरी कार्यालयसमेत धाउने गरेकी छिन् । पीडकको जेल जीवन धेरै समय रहेकाले डराउनु नपर्ने सन्देश पाएपछि घर फर्किएर जान्छिन् । युवती भन्छिन् – \'अहिले पनि धम्की आइरहन्छ । के गर्ने भन्ने नै अन्योलमा छौं ।\' यहीँ विषयलाई लिएर युवती चिन्तित हुने गरेको युवतीकी आमाले समेत बताइन् । युवतीकी आमाले भनिन् – \'त्यो दिन त्यस्तो घटना घट्यो तर, जेल परेपछि समाधान हुन्छ भन्ने सोचेकी थिएँ । आपत् हटेको छैन ।\'

यस्तै, सन्दकपुर गाउँपालिकाकै सुलुबुङकी एक बालिकालाई ५० वर्षीय भीमप्रसाद पाठकले दुर्व्यवहार गरे । बेलुकाको समयमा बालिका विद्यालयबाट फर्किएपछि घर बाहिर पेटीमा बसिरहेका बेला ‘मलाई चिन्छेस् छोरी, म ठूलो बुवा हुँ’ भन्दै बालिकाको संवेदनशील अङ्गमा समाएको बालिकाकी आमाले बताइन् ।

\'म घरभित्र थिएँ, उनी (भीमप्रसाद पाठक) घरमा आए र बाख्रा छ भने र बाख्रा पछि लैजाउँला भन्दै बाहिरिए,\' १२ वर्षीया बालिकाकी आमाले भनिन् – \'म त घरभित्र थिएँ । बाहिर छोरी आत्तिदै कराएको सुनें । बाहिर निस्केर हेर्दा त छोरीको गर्धन र छातीमा समाइराखेको देखें ।\'

बालिकाकी आमाले तत्काल प्रहरीलाई फोन गरिन् । अहिले पाठक ५० हजार रुपैयाँ धरौटीमा तारेखमा रिहा भएका छन् । तर, यता पीडित बालिकालाई भने घरबाट टाढा पुर्याइएको छ । पाठकको दुर्व्यवहारपछि समाजले हेर्ने दृष्टि नै फरक भएपछि बालिकालाई घरमा नराखिएको हो ।

\'स्कूल जान समेत मान्दिनन्, सबैले हेरे जस्तो लाग्छ, कुरा गरेजस्तो लाग्छ भन्छे । त्यही भएर घरमा नराखेको,\' बालिकाकी आमाले भनिन् – \'पीडकका बारेमा त केही थाहा छैन । रिहा भएको खबर आएको छ तर, हामीलाई बोलाएको छैन ।\'

यी युवती र बालिका मात्र होइन । अहिले पनि समाजमा पीडित महिलालाई हेर्ने दृष्टिकोण फरक छ । घटना घटेपछि पनि पीडित बारम्बार तड्पिने गरेका छन् । पीडक र समाजकै डरले कतिपय महिला घर छाड्न बाध्य छन् भने कतिपय ‘डिप्रेसन’बाट ग्रस्त हुने गरेका छन् । घटना एकचोटि घटे पनि कतिपय घटनाले बालमनोविज्ञानमा सधैं असर गर्ने गरेको मानव अधिकार मञ्च नेपाल इलामका मनोसामाजिक विमर्शकर्ता रुद्र थेवेले बताए ।

\'कतिपय बालबालिकाले त यहीँ कारण भविष्यमा दिमागी सन्तुलन समेत गुमाउन सक्छन्,\' थेवेले भने – \'बालबालिकामा यस्तो समस्याले गर्दा सामान्य जीवन जीउन समेत समस्या हुन सक्छ । विद्यालयमा वा घरमै पनि यस्ता कुरा आए भने आफूलाई भने जस्तो अनुभव गर्न पुग्छन् र उनीहरू बढी सोचमग्न हुन थाल्छन् ।\'

मनोविमर्शकर्ता थेवेका अनुसार पीडितलाई मात्र नभई पीडितको परिवारलाई समेत यस्ता घटनाले असर गर्ने गरेको छ । \'इलाममै पनि यस्तै घटनाका कारण एक जनालाई डिप्रेसन भएको छ, बालिकालाई दुर्व्यवहार भएको खबर आयो, आफन्तबाट बढी दबाब आएपछि बालिकाका बाबु अहिले डिप्रेशनमा छन्,\'थेवेले भने ।

थेवेका अनुसार जिल्लामा आत्महत्याका घटना बढ्नुका कारण पनि बलात्कार र दुर्व्यवहार हुन सक्छ । \'कतिपयले त सुसाइड पनि गर्छन् तर, हामीकहाँ के कारणले सुसाइड गरेको हो भन्ने पत्ता लगाउने कोशिश गरिँदैन,\' थेवेले भने । यस्ता घटना हुनै नदिन पीडकलाई कारबाहीको दायरा ल्याउनुपर्ने उनी ठान्छन् ।

कतिपय पीडकले आफू सजाय भोगिरहेको समयमा पनि पटकपटक पीडितलाई धम्क्याइरहेका हुन्छन् । उनीहरूले पीडितलाई धम्क्याउनाका कारण भने आफ्नो कमजोरी समाजले जान्नु हो । भोलिका दिनमा पनि समाजमा जिउन सक्ने सम्भावना नहुने ब्झुेपनि पीडकले समस्यामा पार्ने गरेका छन् । यसका लागि भने सरोकारवाला निकाय र पीडित पक्ष दुवै सतर्क हुनुपर्ने कानूनविद्हरूको भनाइ छ ।

कैदीको नियत नबलिएसम्म विभिन्न अवसरमा कैद छूट नहुने तर, कैद भुक्तान गरिरहेका बेला अन्य अभियोग दर्ता गर्न नमिल्ने कानूनी प्रावधान छ । \'पीडकले यसरी धम्क्याए पनि उसलाई अन्य अभियोगमा मुद्दा हाल्न भने मिल्दैन तर, उ बाहिर निस्केपछि भने उसको व्यवहार नसुध्रिए फेरि कानूनी प्रक्रिया अपनाउन सकिन्छ,\' अधिवक्ता वीरबहादुर खड्काले भने – \'त्यसमा पनि धम्क्याउने क्रममा पीडकको सम्पर्कमा पीडित आउँदैन । मोबाइल फोन परिवर्तन गर्नाले पनि समस्या कम हुन्छ ।\'

उनका अनुसार बलात्कार तथा हिंसाका घटनामा बढी पीडकले पीडितलाई प्रताडित गर्ने गरेका छन् ।

यता, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख माधवप्रसाद श्रेष्ठले भने पीडकको नियत नसुध्रिए कैद भुक्तान भए पनि ऊ प्रहरीको निगरानीमै रहने बताए । \'हामी पीडित र पीडक दुबैलाई बुझ्छौं, पीडकले अनावश्यक रूपमा पीडितलाई असर पार्ने गरेको छ भने त्यसलाई कारागारमै पनि त्यही किसिमको कारबाही हुन्छ,\' उनले थपे – \'हामीले त्यस्ता पीडकलाई पनि धेरै कारबाहीमा ल्याइसक्यौं । त्यस किसिमको अनावश्यक यातना दिने पीडकलाई थुनामुक्त भएपछि पनि निगरानीमा राख्छौँ ।\'

श्रेष्ठले आफूहरू पीडितलाई थप समस्यामा पार्ने गतिविधि रोक्न पीडकलाई सकेसम्म आफ्नो सम्पर्कमा रहिरहने वातावरण बनाउने गरेको बताए ।

जिल्लामा यस वर्ष बाल यौन दुर्व्यवहार र जबर्जस्ती करणीका घटनामा पनि वृद्धि आएको छ । गत वर्ष १९ वटा जबर्जस्ती करणीका घटना घटेकामा यस वर्ष २८ घटेका छन् । बाल यौन दुर्व्यवहारको घटना गत वर्ष नघटेको देखिएकामा यस वर्ष पाँच वटा घटेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार यस वर्ष जबर्जस्ती करणी उद्योग १०, बहुविवाह १३, मानव बेचबिखन छ, हाड नाता करणी एउटा घटेको देखिएको छ । गत वर्ष जबर्जस्ती करणी उद्योग १०, बहुविवाह सात र मानव बेचबिखनका दुइटा घटना घटेका थिए ।
सङ्ख्यात्मक रूपमा घटना बढेको देखिए पनि वास्तवमा घटना घटाइ समान रहेको जिप्रका प्रमुख श्रेष्ठले बताए । उनका अनुसार कतिपय पुराना घटनाको पनि दर्ता गर्ने गरिएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy