Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

जागरण अभियानमा काङ्ग्रेस नेतृत्वप्रति आक्रोश

मोरङ । मोरङको उर्लाबारीमा आइतबार आयोजित नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानमा कार्यकर्ताले पार्टी नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् ।

काङ्ग्रेस उर्लाबारी नगर समितिले यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी कार्यकर्ताले प्रदेश र सङ्घीय निर्वाचनको पराजय र त्यसपछि प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको भन्दै कार्यकर्ताले नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गरेका हुन् । काङ्ग्रेसका पूर्व जिल्ला सदस्य राधाकृष्ण पोख्रेलले काङ्ग्रेसभित्र ६०/४० को भागबण्डा के हो भन्दै नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई प्रश्न गरेका थिए ।

आक्रोशित रुपमा प्रस्तुत भएका उनले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला, नेता कृष्णप्रसाद सिटौलाको फरक–फरक गुट रहेसम्म काङ्ग्रेसले आगामी निर्वाचनमा पनि विजयी हासिल गर्न नसक्ने विचार राखे। गाउँगाउँसम्म काङ्ग्रेसको नेतृत्वप्रति कार्यकर्ता निराश रहेको बताउँदै उहाँले यस्तै अवस्थामा पार्टी कसरी बलियो हुन्छ भन्दै प्रश्न गरेका छन्। उर्लाबारी–७ निवासी जयधर्म आचार्यले काङ्ग्रेसभित्र अहिले स्नेह र मित्रता नरहेको बताए ।

टङ्कनाथ दाहालले निर्वाचनको टिकट वितरण प्रणालीमा एकलौटी हुँदा काङ्ग्रेसले पराजय बेहोर्नुपरेको बताए । नेपाल महिला सङ्घका मोरङ क्षेत्र नं १ का सभापति गोमा नेपालले काङ्ग्रेसका नेता कार्यकर्तामा आफू आफूमा हार्दिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गरे। सोमप्रसाद तिम्सिनाले प्रमुख प्रतिपक्षीको भूमिका अहिले नेपाली मिडियाले गर्नुपर्ने अवस्था आएको धारणा राखे ।

यस्तै सुरेश खड्का, सुरेश राई, नारायणप्रसाद आचार्य, भीम थापा, इन्द्रकुमार ओली, विमल निरौला, जनक खड्का, गीता खतिवडालगायतका पार्टी कार्यकर्ताले पनि पार्टी गुटउपगुट र चुनावी टिकट वितरण प्रणाली निष्पक्ष नहुँदा पार्टीले पराजय व्यहोर्नुपरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो । कार्यक्रममा काङ्ग्रेसका क्षेत्रीय सभापति एवं उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले काङ्ग्रेसले सक्षम नेतृत्व गर्न नसकेको बताए।

निर्वाचनमा व्यहोरेको हारपछि बल्ल काङ्ग्रेसको राष्ट्रियव्यापी कार्यक्रम शुरु भएको भन्दै उनले कार्यकर्ता उत्साहित नभएसम्म पार्टीलाई सङ्गठित बनाउन नसकिने बताए। नेता सिटौलाले सङ्घ र प्रदेशको निर्वाचनमा उम्मेदवार चयन गर्न पार्टी नेतृत्व चुकेको स्वीकारे । उम्मेदवार छनोट निष्पक्ष हुन नसकेकै कारण काङ्ग्रेस पराजित भएको उनको भनाइ थियो । बिना सङ्गठन पार्टी चलायनमान नहुने बताउँदै नेता सिटौलाले तुरन्तै १४ औँ महाधिवेशन गर्नुपर्ने अथवा अन्तरिम व्यवस्था गरेर भए पनि पार्टीलाई सङ्घीय संरचनामा लैजान आवश्यक रहेको बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending