काठमाडाैँ । प्रतिनिधिसभाका सांसदले पाँचथरमा सोमबार राति भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसद पुष्पा भुसालले सो घटनामा हत्या भएका निर्दोष नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कानूनी कठघरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए ।
उनले घटनामा बाँच्न सफल भएकी बालिकाको उचित उपचारको प्रबन्ध गर्न पनि आग्रह गरे । पाँचथरमा सोमबार राति भएको सो घटनामा अपरिचित समूहले दुई परिवारका नौ जनाको हत्या गरेको थियो । सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्रीले सो घटनाका बारेमा सार्वजनिक रुपमा जवाफ दिनुपर्ने बताए ।
बिचौलियाको बिगबिगी
सांसद टेकबहादुर बस्नेतले सल्यानमा गत वैशाख २७ देखि यही जेठ ४ गतेसम्म लागेको वन डढेलोबाट तीन जनाको निधन भएको र ठूलो धनमालको क्षति भएको जानकारी दिँदै सो घटनामा निधन भएकाहरुको परिवारलाई राहत, घाइतेको उपचार र क्षतिपूर्ति भएकाको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद दिलेन्द्रप्रसाद बडूले एक महिनामा तरकारीको मूल्य दोब्बर भएको र बिचौलियाको बिगबिगी बढेको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद देवप्रसाद गुरुङले पोखरामा नेपालसहित विभिन्न देशका सेना सम्मिलित सैनिक अभ्यास भइरहेको छ भन्दै यसले शक्ति राष्ट्रहरुको टकराव भइरहेको विश्व परिवेशमा कस्तो प्रभाव पर्छ भनी प्रश्न गरे ।
सांसद नमिताकुमारी चौधरीले सर्लाहीमा आगो लगाएर महिलाको हत्या भएको घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउँदै मृतकका परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कारवाहीको माग गरिन् । सांसद नरमाया ढकालले स्थानीय तहमा कर्मचारीको कमीका कारण काम गर्न चुनौती देखिएको छ भन्दै त्यसको उचित व्यवस्था गर्न माग गरिन् । सांसद नारदमुनि रानाले थारू समुदायमा बढी देखिएको सिकलसेल रोगको उपचारको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद नारायणप्रसाद मरासिनीले स्याङ्जामा सिद्धार्थ राजमार्ग क्षेत्रमा केही जनताले लालपूर्जा धितो राखेर ऋण लिन नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउए ।
नर्सका माग पूरा गर्न ध्यानाकर्षण
सांसद बालकृष्ण खाणले पेशागत हकहितको माग गर्दै आन्दोलनरत नर्स र अस्थायी शिक्षकको माग सुनुवाइ गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद पार्वती डिसी चौधरीले पनि नर्सहरु पेशागत हकहितका लागि शान्तिपूर्ण आन्दोलनमा रहेको बेला प्रहरीबाट हस्तक्षेप भएको छ भन्दै नर्सका उचित मागको सुनुवाइ गर्न आग्रह गरिन् ।
सांसद पदमनारायण चौधरीले स्थानीय सरकारका कामकारवाहीप्रति निगरानीको आवश्यकता औँल्याए । सांसद पार्वतीकुमारी विशुङ्खेले दैलेखमा असिना र हावाहुरीबाट कृषि क्षेत्रमा भएको क्षतिपूर्तिप्रति ध्यानाकर्षण गराउँदै किसानलाई उचित राहतको व्यवस्था गर्न माग गरिन् । सांसद प्रमोद साहले सङ्घीयतानुसार बजेटको बाँडफाँट नभएको टिप्पणी गर्दै प्रदेशमा कर्मचारीको अभाव रहेको गुनासो गरे ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: