काठमाडौं। नेपाल आयल निगमले बजारमा पेट्रोलियम पदार्थको कुनै पनि किसिमको अभाव नरहेको स्पष्ट पारेको छ। पछिल्लो समय विभिन्न पेट्रोल पम्पहरूमा देखिएको लामो लाइन तेल अभावका कारण नभई सामाजिक सञ्जालमा फैलिएका भ्रमपूर्ण हल्ला र उपभोक्तामा सिर्जित त्रासका कारण भएको निगमले जनाएको छ।
निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार सामान्य अवस्थामा थोरै परिमाणमा इन्धन हाल्ने उपभोक्ताहरूले हल्लाको प्रभावमा परेर एकै पटक धेरै रकम बराबरको तेल भर्न थालेपछि पम्पहरूमा अस्वाभाविक चाप बढेको हो। ट्याङ्की फुल गर्न समय लाग्ने भएकाले सेवा प्रवाह सुस्त देखिँदा लाइन झनै लामो भएको उनले बताए।
निगमका अनुसार देशभर दैनिक करिब २ हजारदेखि २ हजार ५ सय किलोलिटर पेट्रोल तथा ४ हजारदेखि ४ हजार ५ सय किलोलिटर डिजेल खपत हुँदै आएको छ। हाल भने मागभन्दा बढी नै परिमाणमा आपूर्ति भइरहेको दाबी गरिएको छ। काठमाडौं उपत्यकामा मात्रै हिजो १ हजार ६५० किलोलिटरसम्म पेट्रोल वितरण गरिएको जनाइएको छ, जुन सामान्य अवस्थाको तुलनामा उच्च परिमाण हो।
प्रवक्ता ठाकुरले अनलाइन माध्यम र सामाजिक सञ्जालमा पुराना तस्बिरहरू राखेर अभाव भएको भनी भ्रम फैलाइएको उल्लेख गरे। ‘यस्ता हल्लाले ग्यास र तेल दुवै क्षेत्रमा सर्वसाधारण आत्तिएका छन्, जसका कारण अनावश्यक रूपमा भण्डारण गर्ने प्रवृत्ति बढेको छ,’ उनले भने।
आपूर्ति व्यवस्थालाई सहज बनाउन थानकोटलगायत मुख्य डिपोहरू सार्वजनिक बिदाका दिनसमेत सञ्चालनमा राखिएको निगमले जनाएको छ। निर्वाचनको दिन बाहेक नियमित रूपमा तेल वितरण हुने उल्लेख गर्दै निगमले पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै अवरोध नआउने भएकाले ढुक्क रहन सबै उपभोक्तालाई आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: