काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पहिलो १० महीनामा वैदेशिक रोजारीका क्रममा मृत्यु भएका ६२५ कामदारको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।
विभिन्न कारणबाट गन्तव्य मुलुकमा मृत्युवरण गर्न पुगेका ६२५ कामदारका परिवारले बीमाबापत रु सात लाख आर्थिक सहायता प्राप्त गरेका छन् । सोही अवधिमा वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग भएका÷बिरामी भएका २४६ लाई पनि आर्थिक सहायता उपलब्ध गराइएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । अङ्गभङ्ग तथा बिरामी भएका कामदारले अङ्गभङ्गको प्रकृतिअनुसार रु सात लाखको पाँच प्रतिशतदेखि १०० प्रतिशतसम्म प्राप्त गरेको बोर्डले जनाएको छ ।
साउनदेखि वैशाख मसान्तसम्म १९ कामदारका परिवारलाई औषधोपचार सहयोग प्रदान गरिएको छ । बोर्डले श्रम स्वीकृति लिएर गएका कामदारको परिवारका सदस्यलाई पाँच प्रकारका कडा रोग लागेमा उपचार खर्चबापत रु ५० हजार उलपब्ध गराउँदै आएको छ । कामदारको परिवारलाई स्वास्थ्य उपचार सहयोगसम्बन्धी मापदण्ड, २०७३ ले क्यान्सर, मिर्गौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अल्जाइमर रोगको उपचारका लागि आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था गरेको छ ।
सोही अवधिमा बोर्डले गन्तव्य मुलुकमा विभिन्न कारणबाट अलपत्र परेका ३९ नेपालीको उद्धार तथा मृत्यु भएका ६९ जनाको शव झिकाउन पत्राचार गरेको छ । ६५८ शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घर ठेगानासम्म ढुवानी गरिएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा जान छनोट भएका एक हजार ३७ महिलाले अभिमुखीकरण तालीम लिँदा तिरेको रकम सोधभर्ना गरिएको छ ।
त्यसैगरी बोर्डले वैदेशिक रोजगारीका क्रममा अभिभावक गुमाएका सन्ततिको अध्ययनमा समस्या नआओस् भनेर मृतक कामदारको ५२३ बालबालिकालाई छात्रवृत्ति वितरण पनि गरेको छ । बार्डले मृतक कामदारको सन्ततिको शैक्षिक विकासका लागि सामुदायिक विद्यालयतर्फ पूर्वप्राथमिकदेखि १२ कक्षासम्म र संस्थागत विद्यालयतर्फ नर्सरी वा सोसरहदेखि कक्षा १२ सम्मका लागि छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । आधारभूत तहमा अध्ययन गर्ने बालबालिकालाई वार्षिक रु आठ हजार र माध्यमिक तहका लागि वार्षिक रु १२ हजार छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारले प्रतिव्यक्ति रु एक हजार ५०० देखि रु दुई हजार ५०० सम्म कल्याणकारी कोषमा जम्मा गर्ने गरेका छन् । करारअवधि दुई वर्ष भएका कामदारले रु एक हजार ५०० र दुई वर्षभन्दा बढी भएका कामदारले प्रतिव्यक्ति रु दुई हजार ५०० कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ । बोर्डले सोही कोषमा जम्मा भएको रकमबाट वैदेशिक रोजगारीका क्रममा मृत्यु, अङ्गभङ्ग, बिरामी भएमा आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।
त्यस्तै बोर्डले वैदेशिक रोजगारमूलक सीप तालीम सञ्चालनका लागि बालाजू स्कूल अफ इञ्जिनीयरिङ एण्ड टेक्नोलोजीसँग मेशिन, सटरिङ कारपेन्टर, प्लम्बर, इलेक्ट्रिसियन, स्टिल फिक्चर्सको तालीम सञ्चालन गर्ने सम्झौता गरेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: