सिराहा । सहकर्मीमाथि हातपात भएको विरोधमा सिरहाको कल्याणपुर नगरपालिकाका कर्मचारीले आज बिहानदेखि कार्यालयको कामकाज ठप्प पारेका छन् । कार्यकक्षमै काम गरिरहेका बेला मङ्गलबार नगरपालिकाका ओभरसियर छेदिकुमार साफीलाई वडा नं ७ रमपुरा भेडियाका दीपेन्द्र यादवसहित आएको समूहले हातपात गरेको भन्दै कर्मचारीले कामकाज ठप्प पारेका हुन् ।
ओभरसियर साफीमाथि हातपात गर्नेलाई कारवाही गर्नुपर्ने मागसहित कर्मचारीले कामकाम ठप्प पर्दा सर्वसाधारण मारमा परेका छन् । गत भदौ–असोजमै वडा नं ७ स्थित आधारभूत विद्यालय रम्पुरा भेडियाको प्राङ्गणमा माटो पुरेको मूल्याङ्कन गरिदिन भन्दै आएका यादवसँग कामको सम्झौता र कार्यादेश ल्याउन भनेपछि यादवसँगै आएका एक जनाले आफूमाथि हातपात गरेको ओभरसेयर साफीले जानकारी दिए। नगर प्रमुख सूर्यनाथ मण्डलले कर्मचारीमाथि भएको हातपातप्रति दुःख व्यक्त गर्दै समस्या समाधानको पहल भइरहेको बताए ।
तेनुवापट्टी सुनसान
स्थानीयवासीको कुटपिटबाट सैनिक जवानको मृत्यु भएपछि सिरहाको वरियारपट्टी गाउँपालिका–४ तेनुवापट्टी गाउँ सुनसान बनेको छ । सङ्खुवासभाको खाँदबारीस्थित बराह दल गुल्ममा कार्यरत सैनिक जवान अनिसकुमार सिंहलाई गत वैशाख २८ गते राति तनेवापट्टीका स्थानीयले बिजुलीको पोलमा बाँधेर कुटपिट गर्दा मृत्यु भएपछि गाउँका युवा तथा पुरुष गाउँ छोडेर भागेका हुन् ।
गाउँमा कोही नयाँ व्यक्ति पुग्नासाथ त्यहाँका महिला र वृद्धवृद्धामा त्रास देखिने गरेको छ । सैनिक जवान सिंहको मृत्यु भएको खबरसँगै गाउँमा भएका सबै पुरुष घर छाडेर फरार भएपछि गाउँ नै सुनसानजस्तै बनेको स्थानीयले बताएका छन् ।
बिदामा सोहपुरस्थित घर आएका सैनिक जवान सिंहलाई तनुवापट्टीका स्थानीय वीरेक्षण यादवको घरमा चोरी गरेको आरोपमा स्थानीयले निर्घात कुटपिट गरेका थिए । स्थानीयको कुटपिटबाट गम्भीर घाइते भएका सैनिक जवानको काठमाडाँैस्थित सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा दुई दिनपछि मृत्यु भएको थियो ।
पीडित परिवारबाट किटानी जाहेरी आए पनि तनुवापट्टीका अधिकांश पुरुष घरमा ताला लगाएर फरार रहेकाले अभियुक्तलाई पक्राउ गर्न नसिकएको प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो । अनुसन्धानका लागि केहीलाई नियन्त्रणमा लिइए पनि प्रारम्भिक अनुसन्धानबाट उनीहरुको संलग्नता पुष्टि हुन नसकेकाले आवश्यक परेका बेला उपस्थित हुने गरी छाडिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: