Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

अब औषधिजन्य सामग्रीको विज्ञापन गर्न नपाइने

काठमाडौं । प्रतिनिधिसभाको बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सदनको बैठकसमक्ष प्रस्तुत गरेका थिए ।

विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै सांसद रामकुमारी झाँक्रीले कुनै सञ्चार उद्योग मोटाउने, कुनै दुब्लाउने प्रवृत्तिलाई अन्त्य गर्न, सञ्चारलाई प्रयोग गरी समाजलाई दिग्भ्रमित बनाउने प्रवृत्तिलाई अन्त्य गर्न विधेयकले सहयोग पु¥याउने बताइन् ।

सांसद प्रेम सुवालले विदेशी विज्ञापनले समाजलाई भ्रमित पार्नेतर्फ सरकार सचेत बन्नुपर्छ भने ।

सांसद दिव्यमणि राजभण्डारी र बहादुरसिंह लामाले विज्ञापन नियमन गर्नु राम्रो हो तर विज्ञापनबाट नै सञ्चालन हुने सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न नहुने तथा बोर्ड गठनको संरचनालाई फराकिलो बनाउन सुझाव दिए ।

सांसद रेखा कुमारीले विज्ञापनलाई नियमन गर्न पहिलो पटक विधेयक आउनु स्वागत योग्य रहेको भन्दै झुटो प्रचारलाई अन्त्य गर्नुपर्छ भनिन् । सांसद शान्ता चौधरीले महिला तथा बालबालिकालाई प्रयोग गरी हुने विज्ञापनलाई नियमन गर्न आवश्यक रहेको विचार राखिन् ।

छलफलमा उठेका जिज्ञासामा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले विज्ञापनको महत्वपूर्ण माध्यम होडिङ बोर्ड राख्न स्थानीय तहबाट अनुमति लिनुपर्ने व्यवस्था विज्ञापन ९नियमन गर्ने० विधेयक २०७५ मा रहेको जानकारी दिए ।

उनले विज्ञापनको निषेधित क्षेत्र कहाँ कहाँ हुने विधेयकमा व्यवस्था भएको, प्राकृतिक विपद् अथवा मानवीय सङ्कट आएको बेला निःशुल्क विज्ञापन गर्नुपर्ने प्रावधान रहेको चर्चा गर्दै औषधिजन्य सामग्रीको जथाभावी विज्ञापन गर्न नपाइनेसमेत व्यवस्था गरिएको बताए । उनले नियन्त्रण र पक्षपात गर्ने ध्येयले विधेयक नआएको स्पष्ट पार्दै विज्ञापनलाई जिम्मेवार, पारदर्शी र उत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मन्त्री बाँस्कोटाले विज्ञापन उत्पादक र उपभोक्तालाई सामग्री प्रसारको आचारसंहितामा बाँध्ने गरी विधेयकमा व्यवस्था भएको जानकारी दिएयो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending