Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

सत्ता, हार र पुनरागमन: चुनावी मैदान नछाड्ने पाँच सदाबहार अनुहार

अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?

खबरडबली संवाददाता

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली राजनीतिका केही पुराना अनुहार फेरि एकपटक मतदाताको ढोका ढकढक्याउँदै मैदानमा उत्रिएका छन्। यसपटक चार जना नेता आठौँ पटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्दैछन्।

यीमध्ये नेकपा (एमाले) बाट दुई, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एक–एक जना उम्मेदवार छन्।

आठौँ पटक चुनावी यात्रामा होमिने नेताहरूमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ, कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदार र राप्रपाका वरिष्ठ नेता कमल थापा रहेका छन्।

ओली झापा–५, गुरुङ लमजुङ, गच्छदार सुनसरी–३ र थापा काठमाडौं–५ बाट उम्मेदवार बनेका हुन्। २०४६ को जनआन्दोलनपछि सम्पन्न भएका सात निर्वाचनको अनुभव बोकेका यी नेताहरूका चुनावी यात्रामा जित–हारको रोचक इतिहास पनि जोडिएको छ।

केपी शर्मा ओली: झापा नछोड्ने, क्षेत्र फेरिरहने नेता

एमाले अध्यक्ष ओली २०४८ सालदेखि निरन्तर चुनावी राजनीतिमा छन्। जिल्ला नफेरे पनि निर्वाचन क्षेत्र भने उनले समय–समयमा परिवर्तन गर्दै आएका छन्। २०४८ सालमा झापा–६ बाट पहिलो पटक सांसद बनेका ओलीले २०५१ को मध्यावधि निर्वाचनमा पनि सोही क्षेत्रबाट जित निकालेका थिए ।

२०५६ मा दुई क्षेत्र (झापा–२ र ६) बाट उम्मेदवार बनेका ओली दुवै स्थानबाट विजयी भए । तर २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने झापा–७ बाट माओवादी उम्मेदवारसँग पराजित हुन पुगे । २०७० मा पुनरागमन गरेका ओलीले त्यसपछि २०७४ र २०७९ मा झापा–५ बाट लगातार दुई जित हात पारे।

यसपटक पनि ओली झापा–५ बाटै मैदानमा छन्। उनलाई चुनौती दिन काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह, कांग्रेसकी मन्धरा चिमरिया र नेकपाका युवा नेता रञ्जित तामाङ चुनावी मैदानमा रहेका छन्।

कमल थापा: क्षेत्र मात्र होइन, जिल्ला नै परिवर्तन

पञ्चायत, प्रजातन्त्र र गणतन्त्र—तीनै व्यवस्थामा सक्रिय भूमिका खेलेका कमल थापा पनि आठौँ पटक चुनावी प्रतिस्पर्धामा छन्। यसअघिका सात निर्वाचनमध्ये प्रत्यक्षतर्फ लडेका छ निर्वाचनमा उनले एकपटक मात्र जित निकालेका छन्।

२०४८ देखि २०७९ सम्म प्रायः मकवानपुरबाट चुनाव लड्दै आएका थापा यसपटक भने जिल्ला नै परिवर्तन गरेर काठमाडौं–५ आइपुगेका छन्। २०७९ मा एमालेको सूर्य चिह्न लिएर लडेका थापा आफ्नै पुरानो पार्टी राप्रपाका उम्मेदवारसँग पराजित भएका थिए।

यसपटक पुनः राप्रपामै फर्किएका थापा काठमाडौं–५ मा एमालेका ईश्वर पोखरेल र कांग्रेस महामन्त्री प्रदीप पौडेलसँग प्रतिस्पर्धामा छन्।

विजयकुमार गच्छदार: जितको लय, २०७९ मा रोकियो

कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदार २०४८ सालदेखि निरन्तर चुनाव लड्दै आएका अर्का सदाबहार नेता हुन्। सुनसरी क्षेत्रलाई आफ्नो राजनीतिक आधार बनाएका गच्छदारले सात निर्वाचनमध्ये छ पटक जित हासिल गरेका छन्।

२०६४ मा पार्टी परिवर्तन गर्दै मधेशी जनाधिकार फोरमबाट चुनाव लडेका गच्छदारले सुनसरी–३ र मोरङ–७ दुबै क्षेत्रमा जित निकालेका थिए। तर २०७९ को निर्वाचनमा एमालेकी भगवती चौधरीसँग पराजित भएसँगै उनको लामो संसद् यात्रा रोकिएकाे थियाे ।

यसपटक गच्छदार पुनः सुनसरी–३ बाट उम्मेदवार बनेका छन्। त्यहाँ उनी चौथोपटक भगवती चौधरीसँग आमनेसामने छन्।

पृथ्वी सुब्बा गुरुङ: हारबाट जिततर्फको यात्रा

एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ पनि २०४३ सालदेखि निरन्तर चुनाव लड्दै आएका नेता हुन्। यस पटक उनको उम्मेदवारी नवौँ पटक हो। २०४८ यता भएका सबै निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका छन्। सुरुआती तीन निर्वाचनमा पराजय बेहोरेका गुरुङले २०६४ को संविधानसभा निर्वाचनमा पहिलो जित निकाले।

२०७४ मा प्रदेशसभामा झरेका गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्रीसमेत बने। २०७९ मा माओवादी महासचिव देवप्रसाद गुरुङलाई पराजित गर्दै प्रतिनिधिसभामा फर्किएका उनी यसपटक पनि लमजुङबाटै उम्मेदवार छन्।

उनका मुख्य प्रतिस्पर्धीमा कांग्रेसका गमप्रसाद गुरुङ, नेकपाका रविन्द्र नखोला र रास्वपाका धर्मराज केसी छन्।

१० पटक चुनाव, २० पटक मन्त्री : शरत्सिंह भण्डारीको अद्वितीय ‘रिकर्ड’

शरत्सिंह भण्डारी नेपाली राजनीतिका ती पात्र हुन्, जसले २०३८ सालदेखि आजसम्म एउटा पनि निर्वाचन छुटाएका छैनन्। यस पटकको निर्वाचन उनका लागि १० औँ पटकको उम्मेदवारी हो। नौ वटा निर्वाचन लडिसकेका भण्डारी छ पटक विजयी र तीन पटक पराजित भएका छन्।

तर भण्डारीको राजनीतिक यात्रा चुनाव जित–हारमा मात्र सीमित छैन। उनी २० पटक मन्त्री बनेर नेपाली राजनीतिमा सम्भवतः सबैभन्दा धेरै पटक मन्त्री हुने नेतामध्ये एक बनेका छन्। पञ्चायतकालदेखि गणतन्त्रसम्म, राजा रहने शासनदेखि गणतन्त्रात्मक व्यवस्था, कांग्रेस–एमाले–मधेसवादी दल हुँदै सत्ता परिवर्तन हुने हरेक चरणमा उनी मन्त्रीकै कुर्सीमा पुगेका छन्।

२०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य हुँदै यात्रा सुरु गरेका भण्डारी २०४८ मा राप्रपाबाट हार बेहोरे, २०५१ मा स्वतन्त्र उम्मेदवार भएर जिते, २०५६ मा कांग्रेसबाट जिते, ०६४ र ०७० मा मधेसवादी दलबाट पराजित भए, तर २०७४ र २०७९ मा फेरि जित हात पारे।

दल फेरिए, चुनाव क्षेत्र फेरिए, व्यवस्था फेरियो—तर भण्डारीको राजनीतिक उपस्थितिमा कुनै ‘ब्रेक’ आएन। यस पटक उनी जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मैदानमा छन्।

अनुभवी अनुहार कि परिवर्तनको चाहना ?

आठौँ पटक चुनाव लडिरहेका यी नेताहरू अनुभव, पहुँच र राजनीतिक निरन्तरताको प्रतीक मानिन्छन्। तर बदलिँदो मतदाता चेतना र नयाँ दलहरूको उदयले उनीहरूका लागि चुनावी यात्रा सहज भने देखिँदैन।

फागुन २१ गते हुने निर्वाचनले नेपाली राजनीतिमा अनुभवको निरन्तरता रोजिन्छ कि परिवर्तनको चाहना, त्यसको स्पष्ट संकेत दिनेछ।

 

अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?

हरेक निर्वाचनसँगै नेपाली राजनीति उही प्रश्नको वरिपरि घुमिरहन्छ—अनुभवी नेताको निरन्तरता चाहिने हो कि नयाँ पुस्तालाई अवसर दिने समय आएको हो? फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पनि यही बहस फेरि सतहमा आएको छ। आठौँ पटकसम्म चुनावी मैदानमा उत्रिएका नेताहरूको उपस्थितिले यो प्रश्नलाई अझ गहिरो बनाइदिएको छ।

सत्तापछि सत्ता, संसद्पछि संसद्—केही नेताहरूका लागि निर्वाचन जनताबाट अनुमोदन लिने प्रक्रिया मात्रै होइन, सत्ता यात्राको नियमित चरण बनेको देखिन्छ। उनीहरू अनुभवलाई आफ्नो मुख्य योग्यता ठान्छन्। दशकौँ लामो राजनीतिक यात्रा, नीति निर्माणको अभ्यास, सरकार सञ्चालनको अनुभव—यी सबै तर्क उनीहरूले जनतासामु राख्छन्। वास्तवमै, राज्य सञ्चालन जटिल प्रक्रिया हो र अनुभवी नेतृत्वको आवश्यकता नकार्न सकिँदैन।

तर यही अनुभवलाई लिएर उठ्ने अर्को प्रश्न हो—के अनुभवको नाममा सत्ता लिप्तता बढ्दै गएको छैन? किन उही अनुहार पटक–पटक दोहोरिन्छन्? राजनीतिक दलभित्र नेतृत्व विकास किन अवरुद्ध छ? युवाहरू राजनीति प्रवेश गर्न चाहँदा किन दोस्रो पङ्क्तिमा सीमित रहन बाध्य छन्?

आठौँ पटक चुनाव लड्ने नेताहरूको इतिहास हेर्दा, जित–हार दुवै भेटिन्छ। तर उनीहरू किन नथाक्छन् भन्ने प्रश्न महत्त्वपूर्ण छ। कतिपयले आफूलाई “अपरिहार्य नेता”को रूपमा प्रस्तुत गर्छन्। पार्टीभित्र विकल्प छैन भन्ने सन्देश प्रवाह गरिन्छ। यसले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने खतरा पैदा गर्छ।

अर्कोतर्फ, मतदातामाझ पनि द्विविधा छ। एकातिर अनुभवी नेताले स्थायित्व ल्याउँछन् भन्ने विश्वास, अर्कोतिर दशकौँ सत्ता चलाएकाहरूले नै देशलाई अहिलेको अवस्थासम्म ल्याएको आरोप। बेरोजगारी, पलायन, सुशासनको अभाव र आर्थिक संकटका लागि उही अनुहार जिम्मेवार होइनन् र भन्ने प्रश्न युवापुस्तामा बलियो छ।

राजनीतिमा निरन्तरता र परिवर्तन दुवै आवश्यक छन्। तर परिवर्तनलाई निरन्तर रोकेर अनुभव मात्रै दोहोर्याउनु लोकतन्त्रको आत्मा होइन। अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने साहस नदेखाएसम्म राजनीति सीमित वृत्तमै घुमिरहन्छ।

अन्ततः फैसला मतदाताको हातमा छ। उनीहरूले अनुभव र सत्ता मोहबीचको फरक छुट्याउन सक्नेछन् कि सक्दैनन्, यही प्रश्नको उत्तर आगामी निर्वाचनले दिनेछ। लोकतन्त्रमा दोहोरिनु अपराध होइन, तर विकल्प नजन्मिनु चिन्ताको विषय अवश्य हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्रिकेट विश्वकप लिग–२ मा नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदा...

चोकचोकका विशाल बोर्ड रित्तिए, डिजिटल विज्ञापनले खायो बजार

काठमाडौं । एक समय यस्तो थियो, सहरका चोक–चोकमा ठडिएका होर्डिङ बोर्डमा विज्ञापन राख्न कम्पनीहरूबीच प्रतिस्पर्धा चल्थ्यो । कसको बोर्ड कहाँ देखिने भन्ने ह...

कहिले गृह, कहिले बालुवाटार- गुप्तचर विभाग किन बन्छ सत्ता संघर्षको मोहरा ?

काठमाडौं । नेपालका शक्तिशाली तर सधैँ छायाँमा रहने निकायमध्ये एक हो राष्ट्रिय अनुसन्धान विभाग । सरकार बदलिँदा यसको ‘बास’ पनि बदलिने पुरानो प्रवृत्ति फे...

सुकुमबासी’ भन्दै वन अतिक्रमण, ३५ मध्ये २ घर मात्रै सुकुमबासी

बाराको ३ नं पुलबाट चार दशक पुरानो अतिक्रमण हटाइयो, ‘सुकुमबासी’ दाबी कमजोर बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा च...

श्रम संस्कृति पार्टीको कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित

सुुनसरी । श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।सुनसरीकाे धरानमा भएको प्रदेश भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्व...

६० वर्षमा एसईई पास : भक्तपुरका आमा–हजुरआमाले तोडे उमेरको बाधा

भक्तपुर । “पढ्ने रहरलाई उमेरले छेक्दैन” भन्ने भनाइ भक्तपुरकी ६० वर्षीया रमिनकुमारी राईले व्यवहारमै प्रमाणित गरेकी छन् । जीवनभर घरपरिवार, विवाह र छोराछ...

दुई दिनको वर्षाले काभ्रेका किसानलाई ४६ करोडको चोट

काभ्रेपलाञ्चोक । वैशाख १२ र १३ गते परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकका किसानलाई ठूलो आर्थिक मार परेको छ । प्रारम्भिक विवरणअनुसार पनौती नगरपालिका र बे...

आजको मौसम : केही ठाउँमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरप...

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको ...

मनसुनको चेतावनी : २ लाखभन्दा बढी जनता प्रभावित हुनसक्ने

काठमाडौँ । यस वर्षको मनसुनले देशभर ठूलो जनधनको क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending