हेटाैँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रेस स्वतन्त्रता र पत्रकारिताको समानुपातिक विकासका लागि प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिने बताएका छन् ।
मुख्यमन्त्री पौडेलले आन्तरिक मामिला तथा कानून मन्त्रालय र प्रेस रजिष्ट्रारको कार्यालयद्वारा आज यहाँ आयोजित आम सञ्चार माध्यमको प्रवद्र्धनमा प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्नुहुँदै संविधानको मर्म र भावनालाई बाँझिने गरी सञ्चारसम्बन्धी विधेयक सरकारले पारित नगर्ने स्पष्ट पारे ।
उनले पत्रकारले आ–आफ्नो आचारसंहितामा रहेर सरकारको स्वस्थ आलोचना गर्दा सरकारलाई मार्गदर्शन हुने र जनताको हितमा काम गर्दा कमी कमजोरीलाई सुधार गरी भ्रष्टाचारलाई शून्य सहनशीलतामा ल्याउन सकिने विचार राखे ।
सो कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि पत्रकारिताको बृहत हितका लागि नीति कार्यक्रममा दीर्घकालीन कार्यक्रम तर्जुमा गर्ने र आम सञ्चारमाध्यम दर्ता गर्दा लाग्दै आएको दोहोरो कर प्रणालीलाई केही न्यूनीकरण गर्न केन्द्रीय सरकारलाई अनुरोध गर्ने बताए ।
उक्त कार्यक्रममा प्रदेश नं ३ का प्रेस रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले पत्रकारलाई संस्थागत रुपमा वृत्ति विकासका साथै सरकारको तर्फबाट विद्युतीय, छापा र अनलाइन सञ्चारलाई अनुदान उपलब्ध गराउने कार्ययोजना रहेको बताए ।
सो अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कृष्ण गिरी, प्रदेश नं ३ का अध्यक्ष प्रताप विष्ट, काठमाडौँका अध्यक्ष शान्तराम बिडारी, धादिङका अध्यक्ष नवराज छत्कुली, सामुदायिक रेडियो प्रसारक सङ्घका सुवास खतिवडा, रामेछापका सभापति रमेश ढुङ्गेल र बानका उज्ज्वल चौलागाईंले प्रेस स्वतन्त्रताको साथै आम सञ्चारको प्रवद्र्धनमा प्रदेश सरकार र सञ्चार रजिष्ट्रारको कार्यालयको सकारात्मक भूमिका रहनुपर्ने उल्लेख गर्दै आम सञ्चारमाध्यमलाई दर्ता गर्ने प्रक्रियालाई सहज र आत्मनिर्भर बनाउन र विज्ञापनलाई मौलिक हकको रुपमा उपलब्ध गराउन सुझाव प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा पत्रकार महासङ«घका १३ वटै जिल्लाका अध्यक्ष, केन्द्रीय सदस्य, रेडियो प्रसारण संस्थाका प्रतिनिधि, अनलाइन सञ्चारमाध्यमका प्रतिनिधिसहित करीब ५० जनाको सहभागिता रहेको थियो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: