काठमाडौं । आगामी १७ जेठबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने चलचित्र ’कप्स’ को अफिसियल पोष्टर (फस्ट लुक्स) बिहिबार रिलिज भएको छ ।
फिल्मको दुई ओटा पोष्टर रिलिज गरिएको छ । जस मध्य सिक्स सिटर पोष्टरमा फिल्मका चार मुख्य कलाकार अभिनेता अनुप बिक्रम शाही, नव अभिनेत्री सन्दिपा लिम्बु, अनुपा भट्टराई र अमित गिरी समेटिएका छन् । जसमा अनुप डिएसपीको रुपमा र संदीपा घाईते युवतीको रुपमा छन् ।
अर्को थर्टी बाई फोर्टीको पोष्टरमा अनुप, सन्दिपा, अमित, रामराज क्षत्री र सम्राट शाक्य छन् । यो चलचित्रलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् ।
एक्शन तथा लभस्टोरी कथा मिश्रित चलचित्र कप्समा अनुप बिक्रम शाही प्रहरी नायब उपरिक्षकको भूमिकामा छन् । यस चलचित्रमा अभिनेता शाहीले डीएसपी अमन सिंहको भूमिका निर्वाह गरेका छन् । अनुप प्राय खल पात्रको भूमिकामा देखिँदै आएका थिए भने यस चलचित्रमा भने एक सच्चा प्रहरी अफिसरको रुपमा छन् । सत्य सेवा सुरक्षणम् नारा बोकेको यो फिल्ममा अपहरणकारी, भ्रस्टाचारी, गुन्डागर्दी बिरुद्धको कथामा केन्द्रित छ ।
अग्रज कलाकार सम्राट सापकोटाको निर्देशनसँगै लेखन रहेको छ । यो उनको यो डेब्यु निर्देशन फिल्म हो । तीन दशक लामो फिल्मी यात्राको अनुभव समेटेर उनले निर्देशनमा हात हालेका हुन् ।
अनुपसँगै यो फिल्ममा सन्दिपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्म आर्या मुभिज र सारा श्री मुभिजको संयुक्त व्यानरमा निर्माण भएको हो । यो चलचित्रलाई राम शाक्यले निर्माण गरेका हुन् । कप्समा सुसन प्रजापतिको छायाँकन, बिजय घिमिरेको संगीत, कविराज गहतराजको नृत्य, बिपिन मल्लको सम्पादन रहेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: