Ntc summer Offer
Khabar Dabali २० पुष २०८१ शनिबार | 4th January, 2025 Sat
Investment bank

कुसुण्डा भाषा बोल्ने ज्ञानीमैयाको घरमा खानेपानी धारा जडान

लमही । \'विश्वमै एकमात्रै कुसुण्डा भाषा जानेकी दाङ लमही नगरपालिका वडा नं ६ निवासी ज्ञानीमैया कुसुण्डाको घरमा खानेपानीको धारा जडान गरिएको छ ।

यसअघि खोलाको पानी पिउँदै आएकी कुसुण्डाको घरमा लमही खानेपानी तथा सरसफाइ संस्थाले धारा जडान गरेको हो । धारा जडान गरेपछि ज्ञानीमैयालाई अब खानेपानी ल्याउन खोला जानुपर्ने बाध्यता टरेको छ । ८५ वर्षीया ज्ञानीमैया घरमा एक्लै भएको र स्वच्छ खानेपानीको पहुँचभन्दा टाढा रहेको भन्दै खानेपानी जडान गरिएको लमही खानेपानी तथा सरसफाइ संस्थाका सचिव सनमकुमार पौडेलले बताए ।
पैसाको अभावमा यसअघि उनले धारा जडान गर्न सकेकी थिइनन् । \'मसँग धारा जोड्ने पैसा नै थिएन, अहिलेसम्म खोलाकै पानी खाँदै आएकी थिए\', उनले भनिन्, \'अब भने सजिलो भयो ।\'

कुसुण्डा भाषा अहिले विश्वमै लोपोन्मुख भएको अवस्थामा उक्त भाषालाई संरक्षणका लागि ज्ञानीमैयाबाट देशभरका कुसुण्डाले उक्त भाषा सिकिरहेका छन् । आफ्नो निधनपछि यो भाषा बोल्ने मान्छे हुँदैनन्, ज्ञानीमैयालाई चिन्ता छ । \'अहिलेसम्म म मात्रै रहेछु, यो भाषा जानेकी, अब म नै मरे भने कसले बोल्ला यो भाषा\', उनले भनिन्, \'अहिले केही नानीबाबुले सिकिरहेका छन्, उनीहरुले सिकेपछि यो भाषा बोल्ने अलि धेरै होलान् ।\'

विश्वमै कुसुण्डा भाषा जानेकी ज्ञानीमैया मात्रै भएकाले उनको निधनपछि भाषा लोप हुने भन्दै भाषा संरक्षण गर्न ध्यान दिन थालिएको छ । साथै सरकारले ज्ञानीमैयाका लागि दुई कोठे घर निर्माण गरि दिएको छ । सरकारले पनि यो भाषा संरक्षणका लागि चासो देखाएको छ । अहिले लमहीमै विभिन्न कक्षा सञ्चालन गरेर कुसुण्डा भाषा संरक्षण गरिरहेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy