Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

यसकारण घरमा श्रीमती हुँदाहुँदै पनि बाहिर जान्छन् श्रीमान्

साभार /एजेन्सी । करुणाजी नमस्कार । घरमा स्वस्थ यौन सम्बन्ध हुँदाहुँदै बाहिरतिर किन त्यस्तो आकर्षण हुन्छ ? मनोविज्ञानले यसलाई कुन रुपमा लिन्छ ?

यो मेरो आफ्नै समस्या हो । म र मेरी श्रीमतीबीच राम्रो सम्बन्ध छ । हामीले प्रेमविवाह गरेका हौं । हाम्रो यौनसम्बन्ध पनि सन्तुष्टिदायक नै छ । यति हुँदाहुँदै पनि म बाहिरतिर पनि आकर्षित हुन्छु । घरमा सबै कुरा प्राप्त हुँदा पनि किन यस्तो हन्छ ?

यसरी बाहिरी आकर्षणमा पर्नु भनेको श्रीमतीलाई धोका दिनु नै हो ? महिलामा यस किसिमको आकर्षण हुन्छ कि हुन्न ?

जवाफ: श्रीमतीसँग राम्रो सम्वन्ध नरहेको लक्षण हो

श्रीमतीसँगको यौनसम्बन्ध राम्रो हुँदाहुँदै पनि बाहिरी आकर्षणमा पर्नु सामान्यतः स्वस्थ लक्षण होइन । यस्तो किन हुन्छ भन्ने बुझ्नु महत्वपूर्ण कुरा हो ।

बाहिर यौन सम्बन्ध स्थापित हुनु वा त्यस प्रकारको सोच आउनुमा बिवाहित दम्पतीबीच सम्बन्ध कस्तो छ भन्नेमा भर पर्छ । घरमा श्रीमतीसँग सबैखाले सम्बन्ध राम्रो छ भने बाहिर सामान्य आकर्षण भए पनि यौनसम्बन्धको हदसम्म जाँदैन ।

बाहिर यौन सम्बन्ध स्थापित हुन पुग्यो र त्यसबारे श्रीमतीलाई थाहा छैन भने त्यो धोखा नै ठहरिन्छ । बाह्य सम्वन्ध कायम गरेर यौन सन्तुष्टि खोज्नु भनेको दाम्पत्य जीवनमा जुवा खेले समान हो । यस विपरीत अन्य धेरैले जस्तो श्रीमतिसँगको यौन सम्वन्धलाई भावनात्मक रुपमा पनि रोचक र रमाइलो बनाउनु बुद्विमानी हुन्छ ।ओछ्यानको तनाव अर्थात ‘ट्रबल इन द बेड’ आधुनिक विश्वका कामकाजी मानिसहरुको समस्या बन्दै गएको सही हो । ओछ्यानको तनाव बढ्दै गएपछि मानिसहरु अर्को स्थायी वा अस्थायी पार्टनर खोज्नेतिर लाग्छन् । त्यसबाट अझ समस्याग्रस्त बनेर पुरानै अवस्थामा फर्किनेहरु पनि छन् । त्यसैले श्रीमतीसँगको यौन सम्वन्धलाई रमाइलो र सन्तुलित बनाउन आफूभित्रका कमजोरी पहिचान र सम्भावनाहरुको खोजी गर्नु श्रेयस्कर हुन्छ ।

हालसालै अमेरिकामा भएको यस्तै एउटा अनुसन्धानमा सहभागी तीन हजार ४०० मध्ये ९० प्रतिशतले बाहिरको यौन सम्बन्ध स्वीकार गर्न नहुने वताएका छन् । उनीहरुले त्यसलाई आफ्नो पार्टनरलाई दिएको धोका मानेका छन् । बाँकी १० प्रतिशतले अचानक हुने यस्ता सम्बन्धलाई एकपटक मात्र भए लुकाउँदा पनि फरक नपर्ने राय दिएका छन् । तर, त्यो दोहोरिए गलत हुने उनीहरुको राय छ ।

तपाईको प्रश्नमा शारीरिक वा यौन सम्बन्धको कुरा मात्र उल्लेख छ । मनोवैज्ञानिकहरु यौनसम्बन्ध र भावनात्मक सम्बन्धलाई फरक कुरा मान्छन् । यौनसम्बन्धले भावनात्मक निकटताको पनि माग गर्छ । यस विषयमा भएका अनुसन्धानहरुले यौनमा भावना पक्षले कति प्रभाव पर्छ भन्नेमा बढी चासो देखाएका छन् । अर्थात् यौन सम्बन्ध भनेको शारीरिक सम्बन्ध मात्र होइन ।

अगाडिका अनुसन्धानहरुले आफ्नो पार्टनरलाई धोका दिएर वाहिरी सम्वन्ध राख्नेमा बढी पुरुष भएको देखाएकामा
पछिल्ला अध्ययनहरुले यसमा महिलाको पनि संख्या बढेको बताएका छन् । त्यस्तै, पार्टनरलार्य धोका दिनेमा विवाहितभन्दा अविवाहित बढी पाइएको छ ।

आकर्षण र वास्तविक प्रेम हुनु फरक कुरा हो । प्रेम र यौनबारे आफैले एकपटक गम्भीर भएर सोचे पार्टनरलाई धोका दिइरहेको महशुश गर्न सजिलो हुन्छ ।

एकभन्दा बढी यौन जोडी बनाउनेहरुले भावनात्मकसंगै सामाजिक जटिलता पनि निम्ताईरहेका हुन्छन् । आफ्नो पार्टनरबाहेकसंगको यौन सम्बन्धले डर, चिन्ता र ग्लानीभाव सिर्जना गर्छ । यस्तो भावनाले पार्टनरसँगको यौन सम्बन्धमा मात्र नभई दैनिक कृयाकलापमा पनि असर गर्न थाल्छ । यसको निवारण छिटो हुनु बेस हुन्छ ।

स्वस्थ जीवनका लागि यौन मनोविज्ञानका सीपबारे पनि कुरा गर्नु आवश्यक हुन्छ । सबैको आवश्यकता यौन सम्बन्धलाई किन स्वस्थ राख्नुपर्छ भनेर चर्चा हुनैपर्छ । स्वस्थ यौन सम्वन्धमा जोडीमध्ये दुवैले आनन्द महसुस गरेको हुनुपर्छ । कुनै एकजनाले दबावमा परेको महसुस गर्नु हुँदैन । एक जनालाई ईच्छा नभए अर्कोले त्यो भावनाको सम्मान गर्नुपर्छ । यस्तो समस्या र दुविधा बढेको अवस्थामा मनोचिकित्सकको परामर्श लिन उपयुक्त हुन्छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy