काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले सङ्क्रमणकालीन न्याय सरकार र प्रतिपक्षको नभई राष्ट्रको पीडा भएको हुँदा छिटो न्याय निरुपणमा लाग्नुपर्ने बताएका छन्् ।
द्वन्द्वपीडित साझा चौतारीले आज आयोजना गरेको ‘पीडित केन्द्रित सङ्क्रमणकालीन न्यायका लागि कानून संशोधन र आयोगको पुनःसंरचना’ विषयक अन्तरक्रियामा उनले राष्ट्रको साझा पीडा भएको हुँदा सबै मिलेर समाधानमा लाग्नुपर्नेमा जोड दिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता खनालले भने, \'सङ्क्रमणकालीन न्याय सरकारको मात्र पीडा होइन, प्रतिपक्षको पनि पीडा हो, यो राष्ट्रकै पीडा हो, शान्तिप्रक्रियाको बाँकी रहेको यो कामलाई सबैले मिलेर पूरा गर्नुपर्छ । \'
आयोगको ऐन संशोधन गर्दा सर्वोच्च अदालतको फैसला, अन्तर्राष्ट्रिय सन्धि सम्झौताका साथै पीडितको पीडालाई ध्यानमा राखेर द्वन्द्वकालीन दुई आयोगको ऐन संशोधन गर्नुपर्ने उनको सुझाव छ । नेता खनालले स्रोत र साधनको कमी हुन नदिइकन सबै एकताबद्ध भएर काम गरी पीडितलाई न्याय दिनुपर्नेमा विचार व्यक्त गरे । मुलुकमा ठूलो सङ्घर्षपछि स्थिर सरकार बनेको हुनाले सङ्क्रमणकालीन न्यायले निकास पाउनेमा उनले विश्वास व्यक्त गरे ।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायन विडारीले तत्काल ऐन संशोधन गरी पीडितलाई अन्त्यको अनुभूति गर्ने गरी न्याय दिनुपर्ने र मानवअधिकार, सङ्क्रमणकालीन न्याय, फैजदारी अपराध, स्वच्छ छवि भएको र पीडितको पीडालाई अनुभूति गर्नसक्ने व्यक्तिलाई आयोगका पदाधिकारीमा सिफारिस गर्नुपर्ने भनाइ राखे ।
नेपाली काङ्ग्रेसका सांसद राधेश्याम अधिकारीले दुई आयोगका विषयमा ऐन संशोधन नगरी आयोगमा पदाधिकारी सिफारिस गरेपनि काम अगाडि नबढने भएको हुँदा तत्काल ऐन संशोधन गर्नुपर्नेमा जोड दिँदै यस सम्बन्धनमा सर्वोच्च अदालत विरुद्ध पुनरावलोकन नदिन आग्रह समेत गरे ।
नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालतको फैसला, अन्तर्राष्ट्रिय सन्धि र पीडितको भावनालाई कदर गर्ने तत्काल ऐन संशोधन गर्न जरुरी रहेको उल्लेख गरे ।
सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समिति तथा मानवअधिकार आयोगका सदस्य प्रकाश वस्तीले हिजोका कमी कमजोरीलाई नदोहोर्याइनकन मारिने र बेपत्ता पारिएको परिवारको व्यक्ति आफूलाई सम्झेर आगामी पदाधिकारीले काम गर्नुपर्ने बताए।
मञ्चका अध्यक्ष भागीराम चौधरीले सरकारले ऐन संशोधनका विषयमा अहिलेसम्म पीडितलाई बोलाएर कुनै पनि परामर्श गर्ने काम नगरेको हुँदा तत्काल पीडितलाई सहभागी गराएर ऐन संशोधन गर्नुपर्ने माग गरे ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: