Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

ठेकेदारले कामको ज्याला नदिएपछि प्रशासनमा उजुरी

बाजुरा । काम गरेको ज्याला नपाएपछि न्यायका लागि जिल्लीका स्थानीयवासी जिल्ला प्रशासन कार्यालय पुगेका छन् । बस्ती संरक्षण कार्यक्रमअन्तर्गत पहिरो प्रभावित क्षेत्रमा जाली भर्ने काममा लगाएको पनि ज्याला नदिएर ठेकेदार फरार रहेको कामदारको गुनासो छ ।

जिल्लीको त्रिवेणी नगरपालिका छतारा बस्ने हर्कबहादुर शाह आधा काम गराएर सम्पर्क बाहिर रहेका छन् । काम गरेको दुई वर्ष बितिसक्दा पनि ज्याला नदिएको स्थानीय डबल विकले जानकारी दिए । स्थानीय ५० जना बढी कामदारले ज्याला नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय मार्तडीमा उजुरी दिएका छन् ।

प्रतिजाली रु तीन हजारका दरले सहमतिका आधारमा २५३ जाली भर्न लगाएको कामदारले बताउने गरेका छन् । रु एक करोडको लागतमा बस्ती संरक्षणका लागि जाली भर्ने जिम्मा लिए पनि काम पूरा हुन सकेको छैन । ठेकेदार हर्कबहादुरले पुरानै कामको ज्याला नदिएर बीचमै छोडेर सम्पर्कविहीन बनेका छन् ।

विसं २०७३ मा सम्झौता गरी २०७५ सालमा निर्माण सक्नुपर्ने सम्झौता गरिएको थियो । एक हजार २०० जाली भर्ने गरी सम्झौता गरिएको भए पनि हालसम्म २० प्रतिशत पनि काम नगरेको बडीमालिका नगरपालिका–७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताए । तर ठेकेदारले अरुले हालेको जालीलाई समेत प्राविधिक स्टमेटमा देखाएर आधा बढी भुक्तानी लिइसकेको स्रोतको दाबी छ ।

ज्याला पाउनुपर्ने मागसहित स्थानीय ३१ जनाले जिल्ला प्रशासन कार्यालय बाजुरामा संयुक्तरुपमा उजुरी दिएका छन् । वडा कार्यालयले पनि वर्षात्मा जिल्लीको गाउँ नै जोखिममा रहेकाले, पहिरो रोकथामका लागि पनि जाली भर्न काम तत्काल गराउन प्रशासनको ध्यानाकर्षण गराएको छ ।

कामदारको ज्याला भर्तीसँगै बस्ती संरक्षणका लागि पनि ठेकेदारलाई तत्काल काम लगाउनुपर्ने माग वडा कार्यालयको रहेको छ तर प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले भने आवश्यक प्रक्रिया बुझेर जानकारी गराउने बताएका छन् ।

सङ्घीय सरकार र प्रदेश सरकारमध्ये कस्ले निर्माणको जिम्मा लिने भन्नेमा अन्योल हुँदा पनि ढिलाइ भएको बुझिएको छ ।

करोड बढी बजेटमा ठेकेदारले ठगी गरेको र जनतालाई खुलेआम ठगेको भन्दै माग सुनुवाइ नभए प्रशासन कार्यालयमा धर्ना बस्ने जिल्लीवासीको भनाइ छ । ठेकेदारकै लापर्वाहीले विकास निर्माणमा ढिलाइ भइरहेकाले कमजोरी गर्नेलाई कारवाही गर्नु पर्ने वडाध्यक्ष धर्मराज पाध्यायको भनाइ रहेको छ । समयमै बस्ती संरक्षण नगरिँदा जिल्लीका ८५ परिवार पहिरोको उच्च जोखिममा छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy