Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

नेकपाले नयाँ उचाइ हासिल गर्याे – महासचिव पौडेल

रुपन्देही। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नेपालको राष्ट्रिय राजनीतिमा पार्टीले नयाँ उचाइ हासिल गरेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको शपथ ग्रहण समारोहमा उनले नेपालका दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता प्रक्रिया टुङ्गिएर सबै तहमा सौहार्दपूर्ण तरिकाले सङ्गठन निर्माण भएकाले पार्टीले विशिष्टता हासिल गरेको बताए ।

“कम्युनिष्ट पार्टीको हैसियत कुनै भगवानको कृपा होइन, हाम्रो एकता, त्याग र बलिदानको प्रतिफल हो, त्यसकारण हामीले हाम्रो इतिहासप्रति गर्व गनुपर्छ”, उनले भने । नेता पौडेलले पार्टीको नीति र नेतृत्वप्रति गर्व गर्ने अवस्था आएको बताउँदै आवश्यक पर्दा स्वस्थपूर्ण आलोचना र रचनात्मक सुझाव दिन सकिने धारणा राखे ।

पार्टीको बहुमत जुटाउन सबै क्षेत्र र तहमा सङ्गठनलाई बलियो बनाउन कार्यकर्ताले विशेष ध्यान दिनुपर्ने नेता पौडेलको भनाइ छ । गाउँ, नगर र प्रदेशमा निर्वाचित पार्टी नेतृत्वले जनताको विश्वास जित्नेगरी काम गर्नुपर्ने बताउँदै उनले यसैका आधारमा बहुमत जुटाउन सहज हुने बताए ।

“हामीले तीनै तहका सरकारको नेतृत्व गरेका छौँ, हामीले जनताको मन जित्नेगरी काम गर्नुपर्छ”, उनले भने । पार्टीको भविष्य सङ्गठनले गर्ने काममा भरपर्ने भएकाले विकास निर्माण र समाजवादको तयारीका लागि सबै तहका सङ्गठनलाई परिचालित गरेर अगाडि बढ्न आवश्यक रहेको धारणा राखे ।

पार्टी स्थायी कमिटीका सदस्य तथा प्रदेश नं–५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पार्टीप्रति जनताको विश्वास बढाउन स्थानीय र प्रदेश सरकारलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न जरुरी रहेको बताए ।

उनले कामबाट श्रेष्ठता हासिल गरेर जनाताको विश्वास जित्ने वातावरण तयार गर्नेतर्फ सबैको ध्यान पुग्नुपर्ने बताए । “सरकार बनाउने समाज बदल्नका लागि हो, समाज बदल्न सकिएन भने सरकारको नेतृत्व गर्नुको अर्थ रहँदैन”, उनले भने ।

पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसालले मुलुकमा समाजवाद स्थापना गर्न पार्टीको बहुमत जोगाउन जरुरी रहेको बताए। नेता भुसालले पार्टीमा श्रमजीवी वर्गको बहुमत रहेकाले त्यस्तो वर्गलाई सङ्गठित गरेर अगाडि बढ्नुपर्ने बताए ।

उनले देश जनवादी क्रान्तिभन्दा अगाडि बढेर बहुदलीय जनवादतर्फ अगाडि बढेकाले अबका दिनमा दलाल पूँजीलाई अन्त्य गरी राष्ट्रिय पूँजीको विकास गर्नेतर्फ लाग्नुपर्ने बताए । “पार्टी बलियो बनाउन पार्टीभित्र गुटबन्दी गर्ने परिस्थितिका विषयमा छलफल चलाउनुपर्छ”, उनले भने ।

कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा, जिल्ला अध्यक्ष शिवराज सुवेदी, सचिव निर्मल जिसी लगायतले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन तल्लो तहदेखि नै कार्यकर्ता एक हुन जरुरी रहेको धारणा राखे ।

रुपन्देहीमा शिवराज सुवेदीको अध्यक्षतामा गठन भएको १७५ सदस्यीय कमिटीलाई पार्टी महासचिव पौडेलले शपथग्रहण गराएका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending