काठमाडौं । कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनमा भारीमतले विजयी उम्मेदवार बीना मगर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाईको सरकारमा खानेपानी मन्त्री छिन् ।
उनै मन्त्री मगरको निर्वाचन क्षेत्र विकास कोषको चार करोड रुपैयाँ बजेट निर्वाचन क्षेत्र नम्बर १ का चार वटा स्थानीय तहलाई समान रुपमा एक-एक करोड बजेट वितरण गरिएको छ ।
कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ का चार वटा स्थानीय तह मध्ये सबैलाई समान रुपमा बजेट विनियोजन गरिएको छ । क्षेत्रफलका हिसाबले साना लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिका विकासको गतिमा समेत पछाडि परेकाले सबैलाई समान गरिएको हो । पर्यटन, धार्मिक, भौतिक विकासदेखि खेलकुद सम्मलाई यस क्षेत्र विकास कोषको बजेटमा समेट्न खोजेको हुँ, खानेपानी मन्त्री मगरले बताए ।
निर्वाचन क्षेत्र भित्र पर्ने पुनर्वास नगरपालिकाका लागि पुनर्वासको वडा नम्बर १० मा पर्ने लमैया पुल निर्माणका लागि ४० लाख छुट्याइएको छ । त्यस्तै, पुनर्वास वडा नम्बर ५ मा निजि कभर्डहलको लागि २० लाख, पुनर्वास वडा नम्बर ३ स्थित एक चर्च निर्माणका लागि १० लाख, पुनर्वास वडा नम्बर ८ मा निर्माणाधीन श्रीनिवास दिव्य धामलाई १० लाख, पुनर्वास ८ को जनजागरण सामुदायिक वनमा भ्युटावर निर्माणका लागि १० लाख गरि एक करोड रुपैयाँ छुट्याईएको छ ।
निर्वाचन क्षेत्रको अर्को स्थानीय तह बेलौरी नगरपालिकामा पुष्पलाल स्मृति मावी देखि पडाउ गाउँ सम्मको सडकका लागि १५ लाख, जडिबुटी प्रशोधन उद्योग रामनगरका लागि १५ लाख, वडा नम्बर ४ मा खेलमैदान निर्माणका लागि ५० लाख, त्रिपूरा सुन्दरी मन्दिर निर्माण १० लाख, वडा नम्बर १० मा चर्चको तटबन्ध निर्माणलाई १० लाख गरि कुल एक करोड रुपैयाँ छुट्याइएको छ ।
त्यस्तै, अर्को स्थानीय तह बेलडाँडी गाउँपालिकाका लागि छुट्याइएको एक करोड बजेटबाट वडा नम्बर २ को ताल संरक्षणका लागि ४० लाख, लोक बहादुर साउदको घरदेखि सरस्वती मावी जोड्ने बाटो निर्माणका लागि १० लाख, खैरीघाट बाटो निर्माण २० लाख, वैवाहा बाटो निर्माण १० लाख, राम मन्दिर निर्माण १० लाख र सिमसार क्षेत्र विकास १० लाख लगानी गरेको छ ।
कञ्चनपुरकै दुर्गम स्थानीय तहको रुपमा परिचित लालझाडी गाउँपालिकाले समेत अन्य स्थानीय तह बराबर बजेट प्राप्त गरेको छ ।
लालझाडीकामा रानाथारु होमस्टे निर्माणका लागि ५० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै, वडा नम्बर ३ को सडक निर्माणका लागि २५ लाख र पर्सिया देखि डाँडागाउ सम्मको सडक निर्माणका लागि २५ लाख रुपैयाँ समानरुपमा वितरण गरिएको छ ।
तर कञ्चनपुरको पुनर्वासमा निर्माण हुन लागेको साडे दश करोडको सवस्टेसन निर्माणका लागि मन्त्री मगरले विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई पटकपटक पहल गरेपछि यति छिटो काम सम्पन्न गराउन सफल भएको मन्त्री मगरका स्वकीय सचिव प्रकाश मगरले बताए ।
उनले यस क्षेत्रको तालतलैयाको संरक्षण, विभिन्न ठुला तथा साना सडकहरुको योजना, सीमाक्षेत्रका समस्या, विपन्न परिवारका समस्या लगायत यसक्षेत्रको समग्र विकासको योजनामा मन्त्री रहेको जानकारी गराए।
उनले ठुला तथा साना ७ वटा सडकको ठेक्का प्रक्रिया सकिएर काम सुरु हुन लागेको र अन्य ७ वटाको लागि छिट्टै ठेक्का आह्वान हुने बताए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: