डोटी । यहाँका स्थानीयले सहकारीमार्फत सामूहिक तरकारी खेतीको थालनी गरेका छन् ।
वालिङ नगरपालिका–१४ को डुम्रेभञ्ज्याङमा १०० जना स्थानीयहरु सङ्गठित भएर आधुनिक कृषि सहकारी संस्था दर्ता गरी सामूहिक तरकारी खेती थालेका हुन् ।
आठ रोपनी जग्गा पाँच वर्षलाई प्रति रोपनी १० हजारका दरले भाडामा लिएर व्यवसायको थालनी गरेको सहकारीका अध्यक्ष केशबहादुर सिंजालीले बताए । \'सहकारीमै आबद्ध २०÷२२ जना युवाहरु मिलेर टनेल निर्माण सकेका छौँ\', अध्यक्ष सिंजालीले भने, \'अहिले हामीले यही गोलभेँडाको नर्सरी स्थापना गरेका छौँ बिरुवा उत्पादन भएपछि लगाउन शुरु गर्छौ ।\'
बसाईसराईका कारण खेतीयोग्य जमीन बाँझो हुँदै गएपछि त्यसको सही सदुपयोग गरी आर्थिक उपार्जन गर्ने र युवालाई गाउँमै रोजगारी दिने मुख्य उद्देश्यले सामूहिक गोलभेँडा खेतीको थालनी गरिएको उनले बताए ।
\'सहकारीमा आबद्ध सदस्यहरु सक्रिय तबरले निरन्तर काम गर्दै आएका छन्\' सहकारीका सचिव दलबहादुर थापाले भने, \'समूहमा काम गर्दा ज्ञान, सीपको आदान प्रदान हुने भएकाले पनि यो अभियान प्रभावकारी हुने विश्वास लिएको छु ।\'
स्थानीय बाँसको प्रयोगबाट १६ वटा टनेल निर्माण गरिएको छ । सरल थोपा सिँचाइको व्यवस्था, पानीको व्यवस्थापन, हाते ट्रयाक्टर खरीद, ढुवानी तथा ज्याला गरी हालसम्म १० लाख खर्च भएको अध्यक्ष सिंजालीले बताए ।
\'जी सेभेन एग्रिकल्चर प्रालि प्राङ्गारिक पाठशाला खुमलटार ललितपुरबाट हामीले आवश्यक तालीम लिएका छौँ\', उनले भने, \'त्यहाँ सिकेका सीपलाई व्यवहारमा उतार्ने र मौसमी तथा बेमौसमी तरकारी खेतीबाट समूहलाई आर्थिक समृद्धिको पाटोमा अगाडि बढाउने छौँ ।\'
टनेलभित्र पहिलो चरणमा गोलभेँडा खेती र टनेलबाहिर अन्य तरकारी बालीहरु लगाउने गरी काम भइरहेको सहकारीले जनाएको छ । \'सामूहिक रुपमा थालिएको अभियानसँगसँगै व्यक्तिगत रुपमा पनि आफ्नो जग्गामा तरकारी खेती गर्न चाहनेलाई आवश्यक सहयोग गर्ने नीति सहकारीको छ\' सचिव थापाले भने, \'जसले गर्दा समूहमा सिकेको सीपलाई व्यक्तिगत रुपमा पनि छुट्टै प्रयोग गर्न सक्ने भएकाले सहकारीमा आबद्ध सदस्यहरु लाभान्वित हुने छन् ।\'
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: