Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

संरचनाहरु पूर्ण नगरि अभियान मात्रै भन्दा प्रभावकारी हुन सकेन

\"\"काठमाडाै‌ । जागरण अभियानले उद्देश्य अनुरुप प्रभावकारी काम गर्न सकेन । प्रभावकारी बनाउन नसक्नुमा मुख्यतः दुईवटा समस्या भएको देखिन्छ । एउटा संरचनाहरु रिक्त हुनु अनि दोस्रो गुटगत समस्याले अल्झनु हो । पार्टीको तल्लो संरचनाहरु अझै रिक्त अवस्था मै छन् । जसको कारणले अभियान पनि फितलो खालको हुन पुग्यो । अहिले पनि हामी मुलुकभरका सबै वडाहरुलाई पूर्णता दिन नसकेको अवस्थामा छौं । ७५३ नै पालिकामा हाम्रो कार्यक्रम जान सकेको भए अझ धेरै प्रभावकारी हुन्थ्यो । सबै प्रदेश क्षेत्रमा गतिविधि हुन सकेको भए नतिजा देखिने गरि आउँथ्यो । सबै निर्वाचनमा क्षेत्रमा हाम्रो उपस्थिति भएन । त्यसकारण सबै संरचनालाई सक्रिय बनाउँदै अभियान चलाउन सकेको भए उद्देश्य लक्षित अनि प्रभावकारी हुन्थ्यो । संरचना पूर्ण नगरिकन अभियान मात्रै चलाउँछु भनेर हामीले भन्दा पक्कै पनि अपेक्षाकृत परिणाम आउने अवस्था हुँदैन् । तर पनि यसले पार्टीलाई थोरै गतिशिल भने बनाउन भूमिका खेलेको छ । केन्द्रमै समस्या भएपछि तल समस्या नहुने भन्ने पनि भएन् । हामीले संगठन बनाउने कुरालाई प्राथमिकता किन नदिएको ? पार्टीको नीति निर्माण गर्ने विषयलाई किन प्राथमिकता दिन नसकेको ? प्रतिपक्षी भूमिका बनाउने सबालमा देखिएका भूमिकालाई किन अस्वीकार गरेको ? सशक्त प्रतिपक्षी बन्न हामीले कस्तो तौर तरिका अपनाउनु पर्छ ? भन्ने प्रश्न तलबाट धेरै आएको छ । यसको उत्तर केन्द्रले पनि दिनसक्ने अवस्था छैन् । हाम्रो विधानमा जे व्यवस्था छ त्यसलाई पालना गरे त रिक्त संरचनालाई पूर्णता दिन समस्या हुँदैन । यसलाई किन प्राथमिकता दिन सकिएन् ? अहिले गुटबन्दीको अवस्था पनि कांग्रेसभित्र गम्भिर खालकै छ । यस सन्दर्भमा धेरै प्रश्न उठेको छ । साथीहरुले गुटबन्दीको अन्त्य हुनुपर्छ भनेर कुरा उठाउनु भएको छ । त्यसैले यो अवस्थालाई अन्त्य नगरेसम्म हाम्रो अभियान एकिकृत भएर जाने अवस्था हुँदैन् । नेतृत्वकर्ताले त्यसलाई गम्भिरतापूर्वक हेर्दै समाधानतर्फ पहल लिनुपर्छ । कार्यक्रम हुँदै गर्दा नियमित महाधिवेशन समयमा नगरेर त्यसलाई सार्नका निमिक्त गरिएको भन्ने आंशका पनि आएको छ । तलका संरचनाहरुलाई पुरा नगरी एकैचोटी महाधिवेशन गर्न यसो गरिएको भन्ने पनि गुनासो छ । आफ्नै गुटबन्दीलाई बलियो बनाउन गरिएको प्रयत्न भन्ने पनि छ । तर तमाम टिप्पणीहरुका बाबजुत पनि यो जागरण अभियानले केहि सकारात्मक पहल भने लिएको देखिन्छ । सबै साथीहरु केहि हदसम्म भएपनि सक्रिय बनाउन भूमिका खेलेको छ । हो चर्चा भएजस्तो केन्द्रिय नेतृत्वको महाधिवेशन सार्ने जस्तो रणनीनि हुन सक्छ । तर तलका साथीहरुले यसलाई अवसरको रुपमा प्रयोग गरेर जिल्ला तहमा, वडा तहमा, पालिका तहमा संरचना विस्तार गर्ने अभियानका रुपमा यसलाई प्रयोग गर्न आवश्यक छ । तलका साथीहरु मिलेर संगठन विस्तार गर्ने अभियानको निमित्त जागरण अभियानलाई उपयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ । संगठन चुस्त, तुरुस्त र गतिशिल नबनाई हुँदैन । जबसम्म पार्टीलाई विधान अनुसार चलाइन्न अरु कुरा तपसिलमै हुन्छ । अव पनि वैचारिक, सैद्धान्तिक र व्यवहारिक पक्षमा आफुँलाई परिमार्जन गर्न सकेनौं भने कांग्रेसलाई अगाडि बढाउने कुरामा समस्या हुन सक्छ । अहिलेको सन्दर्भमा प्रतिपक्षको भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा नेतृत्वले अलि गम्भिरतापूर्वक सोंच्न आवश्यक छ । राज्यले गरेका ज्यादती र अन्यायलाई जनस्तरमा लगेर भण्डारफोर गर्ने गरि कार्यक्रम ल्याउन आवश्यक । अझै पनि हामी सच्चिन खोजेका छैनौ भने त्यो चाहिं दुग्र्भाग्य नै हो । (नेविसंघका पूर्व अध्यक्ष पौडेल नेपाली कांग्रेसका केन्द्रिय सदस्य हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies