Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

कुखुराकाे अण्डा र चल्ला बेच्न मुस्किल भएपछि व्यवसायमा सङ्कट

चितवन। देशमा आत्मनिर्भर रहेको कुखुरापालन व्यवसाय पछिल्लो समय सङ्कटमा परेको छ । ह्याचरीहरुले उत्पादन गरेका चल्ला र लेयर्स कुखुराको अण्डाले मूल्य नपाउनुका साथै बिक्न मुस्किल भएपछि व्यवसायमा सङ्कट देखापरेको हो ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलका अनुसार लागतभन्दा निकै कम मूल्यमा चल्ला बिक्री गर्नसमेत कठिन भएको छ । नेपालमा २५३ वटा ह्याचरी छन् । तीमध्ये १४ वटा लेयर्स ह्याचरीले सातामा एक लाख ९० हजार चल्ला उत्पादन गर्छन् भने २५ वटा कोइलर (रातो ब्वायलर)ले चार लाख चल्ला उत्पादन गर्छन् ।

अन्य ब्वायलर ह्याचरीले ३४ लाख चल्ला उत्पादन गर्ने पोख्रेलको भनाइ छ । ती चल्लामध्ये ब्वायलरको लागत मूल्य प्रतिगोटा रु ५५ पर्छ । तर बजारमा रु ३० मा बिक्न कठिन छ । रु ९५ पर्ने लेयर्स कुखुराको चल्ला रु ६० मा बिक्न मुस्किल छ भने कोइलरको चल्ला लागत मूल्य हाराहारी रु ३० मा बिक्न कठिन भएको पोख्रेलले बताए ।

उत्पादन बढेसँगै खपत नहुँदा चल्ला बिक्न मुस्किल भएको व्यवसायीहरु बताउँछन् । चल्ला नबिकेपछि कतिपयले खाल्डो खनेर पुर्न बाध्य भएका छन् । कतिपयले अनौपचारिक रुपमा भारतीय व्यवसायीसँग मिलेर भाले लागेको अण्डा र चल्ला निर्यात गरेका छन् । भारतमा भन्दा यहाँ चल्लाको मूल्य सस्तो भएपछि सातामा करिब पाँच लाख चल्ला र एक लाख अण्डा भारत जाने गरेको जनाइएको छ ।

व्यवसायीहरुले भाले नलागेको अण्डा बजारमा बिक्रीसमेत गर्ने गरेको बुझिएको छ । पोख्रेलका अनुसार २०७२ सालमा भन्दा ७८ प्रतिशत बढी ब्वायलर चल्ला, शत्प्रतिशत लेयर्स चल्ला र दुई सय प्रतिशत कोइलर चल्ला बढी उत्पादन भएको छ ।
गत सालभन्दा २५ प्रतिशत बढी ब्वायलर, ४० प्रतिशत बढी लेयर्स र दोब्बर कोइलर चल्ला उत्पादन भएको छ । असारसँगै १० लाख बढी लेयर्स चल्ला उत्पादन हुँदैछ । हाल फार्महरुमा ३० लाख ब्वायलर प्यारेन्ट, एक लाख ५० हजार लेयर्स प्यारेन्ट र ५० हजार कोइलर चल्ला रहेका छन् ।

अण्डाको उत्पादन बढेपछि माग हुन नसक्दा बिक्न कठिन भएको छ । अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार सङ्घले तोकेको मूल्यमा अण्डा बिक्न सकेको छैन ।

हाल अण्डाको लागत मूल्य रु १० पर्ने भए पनि बिक्री मूल्य सरदर रु सात मात्र रहेको छ । देशका विभिन्न ठाउँमा कृषकको अण्डा बिग्रिएर गाड्नुपर्ने अवस्था छ । उच्च तापक्रमका कारण लामो समय भण्डारण गर्न नमिल्ने भएकाले बिक्रीका लागि कुर्दाकुर्दै धेरै अण्डा खेरा फाल्नु परेको कँडेलको भनाइ छ ।

दैनिक ४० लाख अण्डा उत्पादन हुने गरेको छ । यो गतवर्ष भन्दा ४० प्रतिशत बढी भएको उहाँको भनाइ छ । देशभर लेयर्स कुखुरा पाल्ने फार्मको सङ्ख्या सात हजारभन्दा बढी छ । हाल सङ्घले फार्मबाट ठूलो अण्डा प्रतिक्रेट रु २५० र सानो रु १८० तोकेको भए पनि सो मूल्यमा बिक्री हुन नसकेको सङ्घका केन्द्रीय सचिव मदन पोख्रेल बताउछन् ।

नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट सरकारको नीतिका कारण व्यवसाय सङ्कटमा पुगेको दाबी गर्छन् । हालै मात्र देशका विभिन्न ठाउँमा बर्डफ्लु देखापर्दा तत्काल नियन्त्रणमा लिन नसक्दा समस्या उत्पन्न भएको हो । मकवानपुरमा बर्डफ्लु देखिएको एक महीनापछि मात्र सो क्षेत्र नियन्त्रणमा लिने काम भएको भन्दै यसले ठूलो क्षति पुर्याएको विष्टको भनाइ छ ।

संवेदनशील विषय भएर पनि पोल्ट्रीसँग सम्बन्धित विषयलाई हल्का रुपमा सरकारी निकायहरुले लिँदा दीर्घकालीन प्रभाव देखिएको बिष्ट बताउछन् । यस क्षेत्रमा लगानी बढ्दो रहेको भन्दै उनले पोल्ट्रीसँग सम्बन्धित सबै क्षेत्रमा गरी रु एक खर्ब २५ अर्ब हाराहारी लगानी पुगेको र त्यसको आधा बैंकिङ लगानी रहेको विष्ट बताउछन् । आफ्नो मात्र यस क्षेत्रमा रु छ अर्ब नाघेको भन्दै उनले रु चार अर्ब ५० करोड थप्दै गरेको बताए ।

पछिल्लो समय दानाको मूल्य गत वर्षको तुलनामा २५ प्रतिशत बढेसँगै कृषकले चल्ला र दाना उधारो पाउन सकेका छैनन् । रोगका कारण हच्किएका साना किसानले व्यवसाय गर्न नगद लगानी गर्नुपर्ने भएपछि कुखुरा पाल्न छोड्ने क्रमसँगै व्यवसायमा थप सङ्कट देखापरेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy