Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

अबको चारवर्षपछि भक्तपुरलाई देखेर अचम्म मान्नुपर्नेछ महेश बस्नेत

भक्तपुर । नेकपाका केन्द्रीय सदस्य एंव पूर्वउद्योगमन्त्री महेश बस्नेतले सूर्यविनायक नगरपालिका–५ कटुञ्जे र वडा नं ७ गुण्डु किवाचोक जोड्ने बूढी गण्डकी खोलामा बनेको पुलको आज उद्घाटन गरे ।

रु एक करोड ३७ लाख ८४ हजारको लागतमा सो पुल निर्माण भएको हो ।

सो अवसरमा पूर्वउद्योगमन्त्री बस्नेतले चिया पसलमा बसेर कुरा काट्नेदेखि संसद्मा बसेर आलोचना गर्नेको अब सरकारको काम देखेर मुख बन्द हुने बताए ।

स्थानीय जनताको मागका आधारमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएको चर्चा गर्दै उनले सामाजिक सञ्जालमा केही व्यक्तिले सरकारसँग गुनासो गरेपनि देशभरका अधिकांश जनताले सरकारप्रतिको विश्वास अटल रहेको बताए ।

सांसद बस्नेतले भने, “बाहिर स्याल हुँइया जति गरे पनि जनताले सरकारलाई पूर्ण विश्वास गरेका छन्, आजको बजेटबाट वृद्धभत्ता बढ्छ, तलबवृद्धि हुन्छ तथा भौतिक विकासका शीर्षकमा बजेट विनियोजन हुन्छ, कसैको विरोधले विकास अब रोकिन्न ।”

अबको चारवर्षमा भक्तपुरको विकासले मुहार फेर्ने र भक्तपुरलाई देखेर अचम्म मान्नुपर्ने अवस्था आउने उल्लेख गर्दै उनले अब भक्तपुरले विकास खोज्नेभन्दा पनि विकासले भक्तपुर खोज्दै आउने बताए ।

नेता बस्नेतले कटुञ्जेबाट दधिकोट जाने सडकमा ७५ लाख, दधिकोटदेखि किवाचोक आउने सडकमा उपत्यका प्राधिकरणबाट रु ९० लाख छुट्याएको जानकारी दिदैं भक्तपुरको सम्पूर्ण सडकको गुरुयोजना तयार गर्ने र आगामी पाँच वर्षमा भक्तपुरका सबै सडकलाई कालोपत्र गरिसक्ने आफ्नो योजना रहेको धारणा व्यक्त गरे ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिका विकास र समृद्धिमा तीव्र गतिमा अघि बढेकाले कसैको विरोधले विकास नरोकिने बताए ।

जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, सूर्यविनायक नगरपालिका उपप्रमुख जुना बस्नेत, वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटा, वडा नं ५ का वडाध्यक्ष रामकुमार जोशीलगायतले पुल उद्घाटनले स्थानीयलाई ठूलो टेवा पुगेको चर्चा गरे ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy