तनहुँ । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)बाट तनहुँमा ५३ विद्यालय भवन निर्माण गरिने भएको छ ।
आव २०७५÷०७६ बाट शुरु भई आव २०७६÷०७७ को मध्य अवधिमा सम्पन्न हुने गरी ५३ विद्यालयको भवन निर्माण गर्ने भएको हो ।
भूकम्पले क्षति पुर्याएका र विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय छनोट गरी पठाएकामा केन्द्रीय आयोजनाबाट स्वीकृति भएर आएको ५३ विद्यालय भवनको निर्माण प्रक्रिया अघि बढाइएको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) तनहुँका इकाइ प्रमुख सूर्यप्रसाद क्षेत्रीले जानकारी दिए ।
\'दुई कोठाका २५, तीन कोठाका ६ र चार कोठाका २२ वटा विद्यालय भवन निर्माण गरिनेछ\', उनले भने, \'दुईकोठे भवन निर्माणका लागि रु २३ लाख ९० हजार, तीन कोठेका लागि रु ३५ लाख ८० हजार र चार कोठे भवनका लागि रु ७० लाख ४० हजार लागत अनुमान रहेको छ ।\'
गत आवमा भूकम्पले बढी क्षति भएका निर्माणाधीन ५२ विद्यालयमध्ये पाँच वटा विद्यालयको निर्माण कार्य सम्पन्न भइसकेको र अन्यको पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले बताए ।
\'विद्यालय भवन निर्माणको साथसाथै ५२ वटा विद्यालयमा शौचालयसमेत निर्माण गर्ने योजना रहेको छ\', इकाइ प्रमुख क्षेत्रीले भन्नुभयो, \'छात्राछात्र र अपाङ्गता भएका विद्यार्थीहरुका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था हुने गरी शौचालय निर्माण गरिनेछ ।\' बाउन्न वटा शौचालय निर्माणका लागि रु १५ लाख लागत अनुमान गरेको उनले जानकारी दिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: