काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर २ ले कर्णाली प्रदेशलाई पराजित गर्दै पहिलो जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश २ ले कर्णालीलाई नौ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो । यसअघि खेलेको पहिलो खेलमा प्रदेश २ आर्मीसँग १७१ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
कर्णालीले दिएको ९४ रनको सामान्य लक्ष्य पच्छ्याएको प्रदेश २ ले १६ ओभरमा एक विकेट गुमाएर भेट्टायो । उसका लागि हरिशङ्कर शाहले सर्वाधिक ५५ रन बनाए । ६४ बल खेलेको उनले सात चौका प्रहार गर्दै अविजित रहे । त्यस्तै हसिम अन्सारीले १७ तथा रवि शाहले अविजित १६ रन जोडे ।
कर्णालीका लागि प्रकाश जैशीले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ३४ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ९३ रनमा समेटिएको थियो । कर्णालीका लागि प्रकाश जैशीले ३७ र कप्तान रवीन्द्र शाहीले १४ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहरो अङ्क जोड्न सकेनन् ।
प्रदेश नं २ का कुमार थापा एक्लै ३ विकेट लिए भने रशिद खान, शम्शद शेख र हरिशङ्कर शाहले समान दुई दुई विकेट लिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालीको सहकार्यमा भएको उक्त प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही रु ५० हजार प्राप्त गर्नेछन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: