शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ८.३९ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ अङ्कले बढेर एक हजार ३१३.८८ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.११ बिन्दुले बढेर २७९.९२ अङ्कमा पुगेको छ ।
स्टकका अनुसार कूल १७३ कम्पनीको २६ लाख २७८ हजार ४२० कित्ता शेयर रु ९० करोड आठ लाख पाँच हजार ९६० मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूह मध्ये आज दुई उपसमूहको शेयर ओरालो लागेको छ भने दश उपसमूहको शेयरमा वृद्धि भएको छ । व्यापार २.७९ र जीवन बीमा ६०.२४ बिन्दुले घटेको छ । यस्तै बैंकिङ ७.०७, होटल ५.०२, विकास बैंक ७.५९, जलविद्युत् २७.५९, वित्त ७.९१, निर्जीवन बीमा १०.८३, उत्पादन १००.४६, अन्य २.४२, लघुवित्त ७.४५ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले बढेका छन् ।
स्टकका अनुसार शिवम् सिमेन्टको रु २० करोड ४० लाख ६८ हजार ४७१ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै प्रभु बैंकको रु आठ करोड ४३ लाख ३३ हजार २६८, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु आठ करोड १५ लाख ६७ हजार २७, नेपाल बैंक लिमिटेड रु तीन करोड ७४ लाख ६० हजार १९१ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार हिमालयन डिस्टिलरी ९ं९६, स्पर्श लघुवित्त वित्तीय संस्था ९.९४, हिमालयन ऊर्जा विकास कम्पनी ९.७७, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ७.६३ र माउण्टेन हाइड्रोका शेयरधनीले ७.१४ प्रतिशतले कमाए । त्यस्तै जोशी हाइड्रोपावर ९.६१, युनाइटेड मोदी ४.८०, ज्योति विकास बैंक ४.२४, लाइफ इन्स्योरेन्स कम्पनी ४.२० र वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शेयरधनीले ३.३३ प्रतिशतले गुमाए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: