काठमाडौं । नरेन्द्र मोदीले आज प्रधानमन्त्रीको सपथ लिँदै छन् । भारतीय मिडियाले जनाए अनुसार नरेन्द्र मोदीले साँझ ७ बजे राष्ट्रपति भवन प्रांगणमा प्रधानमन्त्रीको सपथ लिनेछन् । लोकसभा निर्वाचन २०१९ मा ऐतिहासिक जीतपश्चात मोदीको यो दोस्रो कार्यकाल हो ।
ऐतिहासिक जीतपश्चात बन्दै गरेको मोदी नेतृत्वको सरकारमा १७ नयाँ अनुहार थपिन सक्ने संकेत देखिएको छ । १७ नयाँ अनुहारसहित ६५ सदस्यीय मन्त्रीमण्डल गठन हुन सक्ने बताइएको छ । यसअघि २०१४ मा ७६ सदस्यीय मन्त्रीमण्डल बनेको थियो ।
अझै पनि मन्त्रीपरिषदको विषयमा सबै कुरा भने टुंगीसकेको छैन् । भाजपा पार्टीभित्र यस बारे छलफल हुँदै गरेको जनाइएको छ । जानकारीअनुसार भाजपा अध्यक्ष अमित शाह वित्त मन्त्री हुने चर्चा चलेको छ ।
विदेश मन्त्रालयमा सीतारमण र स्मृति इरानीको नाम चर्चामा
निवर्तमान विदेश मन्त्री शुष्मा स्वराज यस पटक चुनाव ललिडनन् । जनाएअनुसार स्वराज मन्त्री बन्ने इच्छामा छैनन् । स्वराज बाहिरिएसँगै विदेश मन्त्रीको लागि नयाँ अनुहारहरु आउन सक्ने जनाइएको छ । भाजपा भित्र नितिन गडकरी, निर्मला सीतामरण र स्मृति इरानीको चर्चा छ । विशेषत सीतामरण र स्मृति इरानी मध्येबाट एकलाई मुख्य दाबेदार मानिएको छ ।
पुरानो मन्त्रीबाट ५ जना आउनसक्ने
गृह मन्त्री राजनाथ सिंह फेरि पनि दोहोरिने सक्ने संकेत देखिएको छ । रक्षा मन्त्रालयमा पनि नितिन गडकरी वा निर्मला सीतारमणको नाम चर्चामा छ । रेल मन्त्रालयमा पीयुष गोयलको दाबेदारी देखिएको छ । विदेश मन्त्रीमा नभए स्मृति इरानी सूचना एंव प्रसारण मन्त्रालयमा आउन सक्ने सम्भावना देखिएको भारतीय मिडियाले जनाएका छन् ।
पाकिस्तानलाई छुटाउन बिम्सटेकका सदस्य देशहरुलाई निम्ता
मोदीको सपथ ग्रहणमा बिम्सटेकका सदस्य राष्ट्रहरुलाई आमन्त्रण गरिएको छ । जानकारीअनुसार सपथ ग्रहणमा नेपाल, भुटान, श्रींलंका, बंगालादेश, म्यानमार, थाईलैण्ड, मारिसस र किर्गिस्तानका राष्ट्र प्रमुखहरुको सहभागिता हुनेछ । यसअघिको सपथ ग्रहणमा सार्क देशका राष्ट्रप्रमुखहरु सहभागि भएका थिए । जसमा पाकिस्तान पनि सामेल थियो । यस पटक पाकिस्तानलाई भने बोलाइएको छैन् ।
सोनिया, राहुल र आजाद पनि समारोहमा सामेल हुने
सपथ ग्रहण कार्यक्रममा यूपीए अध्यक्ष सोनिया गान्धी, कांग्रेस अध्यक्ष राहुल गान्धी र गुलाम नबी आजाद पनि सामेल हुने जनाइएको छ । पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमुल कांग्रेस प्रमुख ममता बनर्जी भने समारोहमा आउन इन्कार गरेकी छन् ।
८००० पाहुना आउने
मोदीको सपथ ग्रहण कार्यक्रममा देश तथा विदेशबाट करिब ८००० पाउना सहभागि हुनेछन् । यो अहिलेसम्मकै अधिक संख्या हो । यसभन्दा अघि ३५०० देखि ५००० सम्म बोलाइने गरिन्थ्यो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: