चार वर्षअघि नेपालमा आएको विनाशकारी भूकम्पपछि बन्द भएको नेपाल(चीन सीमामा रहेको तातोपानी नाका सञ्चालनमा आएपछि दुई देशबीचको व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यापारीहरूले राखेका छन्।
तातोपानी नाका खुलेपछि नेपालतर्फ व्यावसायिक गतिविधि फस्टाउने मात्र नभएर सर्वसाधारणको दैनिकीमा पनि प्रत्यक्ष प्रभाव पर्ने उनीहरूको बुझाइ छ।
चीनसँग सरसामान आयात र निर्यात गर्नका लागि तातोपानी नाका बन्द भएपछि रसुवा जिल्लाको नाका प्रयोग भइरहेको थियो।
तर वैकल्पिक मार्ग थपिँदा सामान ढुवानी सहज हुने र त्यसको प्रभाव बजारमूल्यमा पर्ने सरकारी अधिकारी र व्यवसायीहरूको एक मत
के चिनियाँ सामान सस्तो हुन्छ?
भूकम्पपछि तातोपानी नाका बन्द हुँदा चिनियाँ सामानको ढुवानी भारतको कोलकताबाट गर्नुपर्ने बाध्यता थियो।
यसले नेपालको बजार भाउमा प्रभाव परेको व्यवसायीहरूको भनाइ छ।
लत्ताकपडादेखि दैनिक उपभोग्य वस्तुको बजार मूल्य ह्वात्तै बढ्दा आफूहरूलाई हुने फाइदामा पनि असर पुगेको व्यवसायीहरू सम्झन्छन्।
तातोपानी नाका सञ्चालनमा आउँदा मूल्य केही घट्न सक्छ, चीनबाट फलफूल आयात गर्दै आएका व्यवसायी उत्तम थापाले बताए।
रसुवा नाका सञ्चालनमा रहेको अवस्थामा ठूलो भिन्नता नदेखिए पनि समुद्री मार्गको तुलना गर्ने हो भने ठूलो अन्तर हुन्छ। रसुवा र तातोपानी दुवै सञ्चालन हुँदा समुद्री मार्गको प्रयोग कम हुन जान्छ।
थापाका अनुसार चीनको सामान समुद्री मार्ग हुँदै सामान ल्याउँदा कोलकातासम्म आइपुग्न नै झन्डै ४० दिन लाग्छ। समय बढ्दा मूल्य पनि बढ्छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले भने बजारमूल्यमा कस्तो प्रभाव पर्छ भन्ने कुराको आकलन अहिले नै गर्न नसकिने बताउँछन्।
सामान ढुवानीको समय घट्नु आफैँमा आर्थिक लाभ रहेको बताउँदै उनले बजार मूल्यको असर हेर्न भने केही समय लाग्ने बताए।
बहुआयामिक फाइदा
नेपाल(चीन उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेशकाजी श्रेष्ठ नाका सञ्चालनले बजार मूल्यमा केही हदसम्म सकारात्मक प्रभाव पर्ने बताउँछन्।
तर मूल्य कति प्रतिशत घट्छ भन्ने कुरा भन्न सकिने अवस्था नरहेको उनले बीबीसी नेपाली सेवालाई बताए।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष पनि रहेका श्रेष्ठ भन्छन्, मालसामान ढुवानी गर्ने सवारी साधनको सञ्चालनमा कायम सिन्डिकेट अन्त्य गर्न सके बजारमूल्यमा अझ धेरै सकारात्मक प्रभाव पर्न सक्छ।
तातोपानी नाकाको सञ्चालनले बजार मूल्य मात्र नभएर अन्य थुप्रै क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उनी बताउँछन्।
मानसरोवर जाने पर्यटकहरूका लागि तातोपानी हुँदै यात्रा गर्न सहज हुने उनको बुझाइ छ।
तर चिनियाँ पक्षले भने तत्कालका लागि उक्त नाका सामान ढुवानीका लागि मात्र प्रयोगमा ल्याउने बताएको छ।
अपेक्षा
काठमाण्डूको भृकुटीमण्डपमा विगत २५ वर्ष देखि चिनियाँ सामानको व्यापार गर्दै आएकी खुद्रा व्यापारी तुलसा उप्रेतीका अनुसार भूकम्पपछि तातोपानी नाका बन्द हुँदा सामानको मूल्य झन्डै १० प्रतिशतले बढेको थियो।
उनी भन्छिन्, नाका खुलेपछि मूल्यमा केही कमी आउला भन्ने आशा छ।
भृकुटीमण्डपमै झोला र सुटकेस व्यापार गर्दै आएकी देवकी उप्रेती पनि उनको कुरामा सहमत छिन्।
उप्रेती भन्छिन्, नाका बन्द हुँदा मूल्य बढे जस्तै नाका खुल्दा पक्कै घट्ला। एजेन्सी
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: