Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

यी हुन् चीनका तीन आधुनिक अस्त्र, जुन अमेरिकासँग पनि छैनन्

एजेन्सी । चिनियाँ सेना आधुनिकीकरणपछि अमेरिकी र रुसी सेना बराबर भएका छन् । चीन, संयुक्त राज्य अमेरिका र रुस आधुनिक युगको सामरिक अस्त्र प्रतिस्पर्धामा छन्।

आन्तरिक तनाव र समुन्द्री क्षेत्रको भूराजनैतिक विवादमा फँसेको बेइजिङले आफ्नो सेनालाई आधुनिक बनाउन सन् १९९० यता धेरै खर्च गरेको छ। तर राष्ट्रपति सी जिनपिङको कार्यकालमा चीन र यसका प्रतिस्पर्धी राष्ट्रहरूको दूरी घटेको छ र चीन विश्वको सबैभन्दा शक्तिशाली सैन्यशक्ति बन्ने बाटोमा छ।

\'चीनको दुई अंकको आर्थिक समृद्धि हालै सुस्त भएको छ तर त्यसले चीनको रक्षा प्रणालीलाई आधुनिक बनाउन केही पञ्च वर्षिय योजनाहरूलाई टेवा दियो\', अमेरिकी रक्षा सूचना एजेन्सीको हालैको एक प्रतिवेदनमा लेखिएको छ।
\'बहुआयामिकरुपमा प्रविधि प्राप्त गर्ने नीतिको नतिजास्वरुप चिनियाँ सेनासँग विश्वको सबैभन्दा आधुनिक हतियारहरू हुने अवस्था छ। केही क्षेत्रमा त यो विश्वमा अग्रणी बनिसकेको छ।\' यहाँ चीनसँग भएका सबैभन्दा आधुनिक हतियारहरू र समकालिन अस्त्र प्रतिस्पर्धामा तिनको महत्व दर्शाउने प्रयास गरिएको छ।

१. सबैभन्दा शक्तिशाली समुन्द्रीअस्त्र
सन् २०१८ को डिसेम्बरमा सामाजिक सञ्जालमा आएका तस्बिरहरूले चीनले आवाजकोभन्दा छिटो गतिमा प्रहार गर्न सक्ने अस्त्र बोक्ने जहाज बनाउने प्रतिस्पर्धा जितिसकेको हुनसक्ने देखाएका छन्। जहाजमा जडान गरिएको यो अस्त्रले विद्युत चुम्बकीय शक्ति प्रयोग गरेर प्रति सेकेण्ड २ दशमलव ५ किलोमिटरको गतिमा २०० किलोमिटर परको लक्ष्यमा प्रहार गर्न सक्छ। सीएनबीसीमा जूनमा प्रसारित समाचारका अनुसार यो अस्त्र २०२५ सम्ममा तैयार हुनसक्ने छ।

\"साउथ

अमेरिकाले जमिनबाट प्रहार गर्नसकिने यस्तै अस्त्रमा काम गरिरहेको छ भने रुस र इरानपनि यसमा इच्छुक देखिएका छन्। सामाजिक सञ्जालमा आएका तर बीबीसीले स्वतन्त्ररुपमा पुष्टि गर्न नसकेको तस्बिरहरूले भने चीनले त्यस्तो हतियार समुन्द्रमा परिक्षण गरेको देखिन्छ।

२. आवाजभन्दा तेज अस्त्र
चीन पनि अमेरिका र रुसले जस्तै आवाजभन्दा तेज हतियार विकास गरिरहेको छ । सन् २०१८ को अगस्टमा चीनले संसारको कुनै पनि मिसाइल प्रणालीलाई भेद गर्नसक्ने आवाजभन्दा तेज गतिको विमान परिक्षण गरेको साउथ चाइना मर्निङ पोस्टले लेखेको थियो। यो विमान आकाशमा उडेर आफैले उत्पादन गरेको तरङ्गबाट तेज गतिमा अगाडि बढ्छ।

\"रुसी

परिक्षणका क्रममा सिङकङ २ नाम दिइएको सो हवाईजहाज ३० किलोमिटरमाथि ७,३४४ किलोमिटर प्रतिघन्टाको गतिमा उडेको थियो। तर यो चीनको पहिलो आवाजभन्दा तेज विमान भने होइन, उसले सन् २०१४ देखि नै यस्ता विमान परिक्षण गरेको थियो तर तरङ्गमा आधारित भने यो चीनको पहिलो विमान हो। रुस र अमेरिकाले पनि यस्ता अस्त्र विकास गर्न खोजिरहेका छन्।

यस्तो अस्त्र तैयार हुन अझै कम्तीमा तीनदेखि पाँच वर्ष लाग्ने विज्ञहरू बताउँछन्। सन् २०१७ मा चीनले आवाजभन्दा तेज गतिको मिसाइल डीएफ १७ घोषणा गरेको थियो जसको प्रक्षेपण क्षमता १,८०० देखि २,००० किलोमिटर रहेको छ।

३. चिनियाँ सबैभन्दा ठूलो बम
अमेरिकाले मदर अफ अल बम नाम दिएको ठूलो बमजस्तै बम चीनसँग पनि छ । गएको महिना चीनले आकाशबाट खसाल्न मिल्ने विशाल बम प्रदर्शन गर्‍यो। अमेरिकाले मदर अफ अल बमु जस्तै विशाल बम भएको बताइएको छ।

\"मदर

यसबारेमा धेरै जानकारी दिइएको छैन। चीनले यसलाई सबैभन्दा शक्तिशाली गैरपारमाणविक अस्त्र भनेर दाबी गरेको छ। अमेरिकाकोभन्दा सानो देखिए पनि यो विशाल रहेको र बमवर्षक विमानले एक पटकमा एउटा मात्रै बोक्न सक्ने बताइएको छ। रुससँग पनि फादर अफ अल बमु नाम दिइएको विशाल बम छ जुन अमेरिकाको भन्दा ठूलो छ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending