Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

यी हुन् राज्यको ढुकुटी लुट्ने भीआइपीहरू

काठमाडौं । स्वच्छ छवि र उच्च नैतिकता भएका व्यक्तिहरू नै संवैधानिक निकायको पदाधिकारी बन्ने अपेक्षा संविधानले गरेको छ । त्यही संविधानअन्तर्गत नियुक्त भएका पदाधिकारीहरूले तलब र पेन्सनमा दोहोरो सुविधा लिइरहेकाे समाचार नयाँ पत्रिका दैनिकमा पुष्प ढुंगानाले लेखेका छन् ।

नवीनकुमार घिमिरे : भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने मुख्य जिम्मेवारीमा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेले समेत राज्यबाट दोहोरो सुविधा लिएका छन् । घिमिरे नेपाल सरकारका पूर्वसचिव हुन् । उनले अवकाशप्राप्त कर्मचारीका रूपमा मासिक ३७ हजार ५ सय २१ रुपैयाँ पेन्सन लिँदै आएका छन् ।  घिमिरेले यसअघि आयुक्त हुँदादेखि नै पेन्सन सुविधा लिँदै आएका छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखको हैसियतमा राज्यबाट प्राप्त सुविधा पनि नियमित रूपमा लिँदै आएका छन् । 

टंकमणि शर्मा : नेपाल सरकारको सचिवबाट अवकाशलगत्तै टंकमणि शर्मालाई सरकारले महालेखापरीक्षकको जिम्मेवारी दिएको थियो । राज्यका निकायले गर्ने खर्चमा अनुशासन र पारदर्शिता कायम गर्ने जिम्मेवारी पाएका शर्माले आफैँ दोहोरो सुविधा लिइरहेका छन् । उनले महालेखापरीक्षकका रूपमा नियमित मासिक सुविधा लिइरहेका छन् भने राज्यबाट पूर्वसचिवका रूपमा मासिक ४३ हजार ९ रुपैयाँ पेन्सन पनि बुझ्दै आएका छन् । 

उमेश मैनाली : पूर्वसचिव उमेश मैनालीले लोकसेवा आयोगको अध्यक्षको जिम्मेवारी पाएपछि ०७२ जेठमा निवृत्तिभरण कार्यालयलाई पत्र लेखेर आफ्नो पेन्सन रोक्न निवेदन दिएका थिए । तर, ०७४ असारमा फेरि पत्र लेखेर पेन्सन फुकुवा मात्र गराएनन्, रोकिएको अवधिको एकमुष्ट रकमसमेत बुझे । निवृत्तिभरण कार्यालयका अनुसार मैनालीले रोक्का समयको पेन्सन नौ लाख ४३ हजार एकमुष्ट बुझेका छन् । त्यसपछि उनले मासिक ३७ हजार तीन सय ६८ रुपैयाँ पेन्सन बुझ्दै आएका छन् । यता उनले लोकसेवा आयोगको अध्यक्षको हैसियतमा सम्पूर्ण सुविधा लिँदै आएका छन् । 

अनुरापराज शर्मा : राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश हुन् । स्वच्च छविका पूर्वप्रधानन्यायाधीशका रूपमा उनलाई सरकारले राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षको जिम्मेवारी दिएको थियो । तर, उनले उक्त पदमा बहाल भएदेखि नै मासिक पारिश्रमिक र पेन्सन दुवै सुविधा लिइरहेका छन् । उनको मासिक पेन्सन सुविधा ४८ हजार एक सय ४५ रुपैयाँ छ । 

ईश्वरीप्रसाद पौडेल : नेपाल सरकारको सचिवबाट अवकाश भएका ईश्वर पौडेल हाल निर्वाचन आयोगको आयुक्त छन् । आयुक्तका रूपमा उनले राज्यबाट तलब, गाडी, विभिन्न शीर्षकमा भत्तालगायत सुविधा लिइरहेका छन् । र पनि उनले अवकाश मितिदेखि नै नियमित रूपमा मासिक ३१ हजार नौ सय ३४ रुपैयाँ पेन्सन लिँदै आएका छन् । उनले निर्वाचन आयोगमा बहाल रहँदा पनि राज्यबाट दोहोरो पर्ने गरी पेन्सन र तलब सुविधा बुझ्दै आएका हुन् ।

नरेन्द्रकुमार दाहाल : निर्वाचन आयोगका आयुक्त नरेन्द्रकुमार दाहाल पूर्वप्रशासक पनि हुन् । सरकारको सचिवबाट अवकाश पाएपछि उनी आयुक्त नियुक्त भएका हुन् । निजामती सेवाबाट अवकाश पाएका उनले अहिले मासिक ३५ हजार एक सय ८६ रुपैयाँ पेन्सन सुविधा लिँदै आएका छन् । उनले जेठको समेत पेन्सन लिइसकेका छन् । 

बालानन्द पौडेल : पूर्वसचिव बालानन्द पौडेल यसअघि स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष थिए । सरकारले अहिले उनलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्ष बनाएको छ । तर, उनले निजामती सेवाबाट अवकाश पाएपछि नियमित पेन्सन लिँदै आएका छन् । वित्त आयोगको अध्यक्षबापतको सुविधा पनि लिइरहेका छन् । 

रत्नेश्वरलाल कायस्थ : प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ पूर्वप्रशासक हुन् । नेपाल सरकारको पूर्वसचिव उनले प्रदेश प्रमुखको सुविधा लिइरहेका छन् । उनले मासिक ३३ हजार दुई सय ३६ रुपैयाँका दरले पेन्सन पनि लिने गरेका छन् । 

यस्तै, लोकसेवा आयोगका सदस्यहरू वृन्दा हाडा भट्टराई, श्रीपुरुष ढकाल र अशोककुमार झाले पनि दोहोरो सुविधा लिइरहेका छन् । पेन्सनबापत भट्टराईले मासिक २९ हजार रुपैयाँ, ढकालले ३६ हजार ५ सय २० रुपैयाँ र झाले २५ हजार ९ सय ९ रुपैयाँ लिँदै आएका छन् । 

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy