Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

पेट्रोलियम पदार्थको भण्डारण व्यवस्था गर्न मुख्यमन्त्रीले चाले यस्तो कदम

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण व्यवस्था गर्न नेपाल आयल निगमलाई आग्रह गरेका छन् । पेट्रोलियम पदार्थको कारोवारको व्यवस्थापन सम्वन्धि दिर्घकालीन रणनैतिक सुधार सम्वन्धि उच्चस्तरीय कार्यदलको टोलीसंग मुख्यमन्त्री कार्यालयमा शुक्रवार भएको भेटवार्तामा उहाँले यस्तो आग्रह गरेको हो ।

हालसम्म कर्णालीमा एउटा पनि पेट्रोलियम पदार्थको भण्डारण नरहेको भन्दै मुख्यमन्त्री शाहीले असहज परिस्थितिमा पेट्रोलियम पदार्थको आपुर्तिको लागि भण्डारणको आवश्यकता जरुरी भएको बताए ।

भेटवार्तामा निगमको टोलीले पेट्रोलियम पदार्थको भण्डारण व्यवस्थाको लागि जग्गा प्राप्तीको समस्या रहेको भन्दै सहजीकरणका लागि मुख्यमन्त्री शाहीलाई आग्रह गरेको थियो । जवाफमा मुख्यमन्त्री शाहीले कर्णालीका सल्यान, रुकुम पश्चिम, जाजरकोट र डोल्पामा समेत ढुवानी गर्न सहज हुने गरि सुर्खेतको छिन्चुमा भण्डारण केन्द्र राख्न उपयुक्त हुने भन्दै जग्गा प्राप्तीको लागि आफुले संघीय सरकारसंग पहल गर्ने बताए ।

टोलीसंगको भेटवार्ताकै विचमा मुख्यमन्त्री शाहीले उद्योग, वाणीज्य तथा आपुर्ती मन्त्री मातृका यादवलाई फोन सम्पर्क गरी पेट्रोलियम पदार्थको भण्डारणको लागि जग्गा प्राप्तीको फाईल अगाडि वढाईदिन समेत आग्रह गरे ।

भेटवार्ताको क्रममा मुख्यमन्त्री शाहीले केन्द्र सरकारले आयात व्यवस्थापन गर्ने र प्रदेश सरकारले वितरणको व्यवस्थापन गर्ने नीति वनाउन आवश्यक रहेको पनि बताए । उनले पेट्रोलियम पदार्थ उपभोग गर्ने उपभोक्ताहरुको अवस्था हेरी अनुदान दिने व्यवस्था गर्न यस्तो नीति आवश्यक रहेको बताए । ‘अहिले सवै खाले उपभोक्ताले एकै खालको अनुदान सुविधा पाईरहेका छन् ।’ मुख्यमन्त्री शाहीले भने – ‘साधारण घरेलु उपभोक्ता, किसान र विद्यार्थीलाई दिईने अनुदान र व्यवसायिक उपभोक्ताहरुलाई दिईने अनुदान फरक फरक हुन आवश्यक छ ।’

आयल निगम घाटामा छ भन्ने कुरा जनतालाई मन नपरेको भन्दै मुख्यमन्त्री शाहीले ढुवानी, भण्डारण र वितरणमा हुने चुहावट नियन्त्रण गर्न पनि आयल निगम गम्भीर वन्नुपर्ने बताए ।

भेटवार्तामा पेट्रोलियम पदार्थको कारोवारको व्यवस्थापन सम्वन्धि दिर्घकालीन रणनैतिक सुधार सम्वन्धि उच्चस्तरीय कार्यदलका सदस्य विमल प्रसाद वाग्ले, कृष्ण आचार्य र आयल निगम सुर्खेतका प्रमुख दिपक घिमिरेको सहभागिता रहेको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy