सुर्खेत । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले इतिहास भजाएर मात्रै काङ्ग्रेसलाई अब जनताले विश्वास नगर्ने बताएका छन्।
काङ्ग्रेसले आफूलाई विधिअनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म जनताको मन जित्न सम्भव छैन्”, उनले भने, “इतिहासलाई भजाएर मात्रै हुँदैन, हामी आफू पनि सच्चिन तयार हुनुपर्छ ।”
पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले वीरेन्द्रनगरमा आज आयोजित कार्यकर्ता भेटघाटमा पार्टीभित्र सुधार गरेर विधिबमोजिम सञ्चालन गरिएमात्र काङ्ग्रेस एक ढिक्का हुुने बताए । काङ्ग्रेसले नै संविधान जारी गर्दा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले त्यसको पालना र रक्षा गर्ने प्रमुख दायित्व पनि काङ्ग्रेसकै भएको उनको भनाइ थियो ।
प्रदेशका मुख्यमन्त्रीले नै काम गर्ने वातावरण नभएको भनी गरेका टिप्पणीले वर्तमान सरकार संविधान कार्यान्वयनको पक्षमा नरहेको प्रष्ट भएको आरोप नेता सिंहले लगाए ।
उनले गाउँ जागरण अभियानका क्रममा कार्यकर्ताले पार्टीभित्र संस्थागत सुधार गर्नुपर्ने, आन्तरिक कलह मेटाउनुपर्ने जस्ता सुझाव आएको हुँदा नेतृत्वतह सजक हुनुपर्ने धारणा व्यक्त गरे ।
कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टी केन्द्रीय सदस्य हृदयराम थानी, खड्गबहादुर बस्याल, जिल्ला सभापति कमलराज रेग्मी लगायतले बोलेका थिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: