Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

नेपाल टेलिकमले ल्यायो एकदमै सस्तो अफर

काठमाडौं । नेपाल टेलिकमले एकदमै सस्तो अफर सार्वजनिक गरेको छ । टेलिकमले नेपालदेखि चीनमा कल गर्नको लागि ‘चाइना कल अफर’ सार्वजनिक गरेको हो । टेलिकमले सार्वजनिक गरेको अफर अन्तर्गत अब चीनमा कल गर्दा प्रतिमिनेट ३ रुपैयाँ ३ पैसा मात्रै लाग्नेछ ।

यस्तो छ प्याकहरु
नेपालबाट चीनमा कल गर्न कम्पनीले सो अफर अन्तर्गत दैनिक, साप्ताहिक र मासिक रुपमा प्रयोग गर्न सकिने विभिन्न प्याकहरु सार्वजनिक गरेको छ । दैनिक प्याक योजना अन्तर्गत ३५ रुपैयाँले १० मिनेट कुराकानी गर्न सकिन्छ ।

यो अफर एक दिनमै प्रयोगमा ल्याइसक्नु पर्छ । त्यसैगरी साप्ताहिक प्याक सुविधा अन्तर्गत १ सय ५० रुपैयाँमा ४५ मिनेट र मासिक प्याक अन्तर्गत ५ सय रुपैयाँमा १ सय ६५ मिनेट कुरा गर्न सकिन्छ । यी प्याकहरु क्रमशः सात दिन र एक महिनासम्म प्रयोग गर्न सकिन्छ ।

यसरी कल गर्नका लागि लिइएका प्याक सुविधालाई मिनेटमा गणना गर्दा दैनिक प्याकबाट प्रतिमिनेट ३ रुपैयाँ ५० पैसा, साप्ताहिक ३ रुपैयाँ ३३ पैसा र मासिक प्याक योजनामा ३ रुपैयाँ ३ पैसामा कुराकानी गर्न पाइन्छ ।

एक्सेस कोड प्रयोग गर्नुपर्ने
यो अफर लिन अन्तराष्ट्रिय एक्सेस कोडहरु ००, १४२४, १४२५ र १४४५ मा प्रयोग गर्नुपर्ने हुन्छ । प्याक अफरमा सहभागी नभई फोन गर्दा सामान्य अवस्थाको महशुल दर लागु हुन्छ । पछिल्लो समयमा उपलब्ध गराइएको अफरबाट ग्राहकलाई सामान्य अवस्थामा उपलब्ध भन्दा प्रतिमिनेट २०.८९ प्रतिशतसम्म सस्तो सेवा प्राप्त हुन्छ ।

अफर लिन यसो गर्नुस
चाइना कल अफर अन्तर्गतको विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले 14157# मा डायल गरी प्राप्त निर्देशन अनुसार गर्नुपर्छ । त्यसैगरी मोबाइलबाटै एसएमएस पठाएर पनि सुविधा लिन सकिन्छ । दैनिक अफर योजनाका लागि DCHINA, साप्ताहिकका लागि WCHINA र मासिक अफर सुविधाका लागि MCHINA टाइप गरेर १४१५ मा सन्देश पठाउनु पर्दछ ।

नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मार्फत पनि यससम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ । कम्पनीको एप Nepal Telecom बाट पनि यस सम्बन्धी जानकारी लिन तथा प्याकेज खरिद गर्न सकिनेछ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy