Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

लोकसेवाको विज्ञापन खारेज गर्न सांसदहरुको माग

काठमाडौं । लोकसेवा आयोगले निकालेको विज्ञापन खारेज गर्नुपर्ने माग प्रतिनिधि सभाका सदस्यहरुले गरेका छन् । संसदको शुन्य समयमा बोल्दै सांसदहरुले संविधानको मर्म विपरित आयोगको विज्ञापन आएको भन्दै खारेज हुनुपर्ने माग गरे ।

सत्तारुढ नेकपाकै सांसद तथा नेतृ अमृता थापा मगरले राज्य व्यवस्था तथा शुसासन समितिको निर्देशनलाई कार्यान्वयन गर्नुपर्ने भन्दै संविधानको मर्म विपरित आएको विज्ञापन खारेज हुनुपर्ने बताईन् ।

उनले भनिन्, ‘सामाजिक न्यायसहितको समृद्धिको नारा बोकेको सरकारले बोल्न सक्नेको मात्रै लोकतन्त्र होइन्, गरिब निमुखाको लोकतन्त्र हो भन्ने अनुभूति गराउन सक्नुपर्छ । बरु सरकारले निश्चित समय, १०/२० वर्ष निर्धारण गरि ति उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, जातिलाई उनिहरुको आर्थिक, सामाजिक, सांस्कृतिक स्तर उकास्ने योजना बनाएर अगाडि बढ्नुपर्छ ।’ संसदको सुन्य समयमा बोल्दै थापाले निजामती ऐन समितिमा छलफलको चरणमा रहेको अवस्थामा गरिएको विज्ञापन कानून विपरित रहेको दाबी गरिन् ।

त्यस्तै नेकपाकै अर्की सांसद इन्दु कुमारी शर्माले लामो संघर्षबाट प्राप्त उपलब्धिको रुपमा रहेको समानुपातिक तथा समावेशीको मर्मलाई लोकसेवाको विज्ञापनले खिल्ली उडाएको बताईन् । उनले आयोगले संविधानलाई उल्लंघन गरेको भन्दै यस्तो घटनाले संवैधानिक अराजकताको अवस्था आउन सक्ने बताइन् ।

उनले भनिन्, ‘विज्ञापनले संविधानको उल्लंघन गर्नुको साथै मुल मर्म र भावनामाथि नै खेलबाड गरेको छ । यसको चौतर्फी विरोध भईरहेको छ । तसर्थ यसरी नै संविधान मिच्दै जाने हो भने भोलीका दिनमा संवैधानिक अराजकता हुने खतरा देखिन्छ । तसर्थ यो विज्ञापन तुरुन्त खारेज गरियोस् ।’ उनले राज्यव्यवस्था समितिले दिएको निर्देशनलाई कार्यान्वयन गराउन संसदमा ध्यानाकर्षणसमेत गराईन् ।

अर्की सांसद कलिला खातुङ्गले पनि लोकसेवाको विज्ञापन खारेज गर्न माग गरिन् । उनले लोकसेवाको विज्ञापनले समावेशीताको मर्मलाई नबोकेको आरोप लगाईन् ।

लोकसेवाले निकालेको विज्ञापन संविधानको मर्म र भावनाविपरीत भएको भन्दै सर्वत्र विज्ञापन रद्द गर्न माग गरिएको छ । विज्ञापनको खारेजी गर्न सर्वौच्चमा समेत रिट दायर भएको छ । स्मरण रहोस, लोकसेवा आयोगले गत जेठ १५ मा स्थानीय तहको लागि भन्दै नौ हजार एक सय ६१ सिटका लागि विज्ञापन गरेको थियो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending