काठमाडौं । नेपाली कांग्रेस सांसद भिमसेनदास प्रधानले सरकारलाई मनलाग्दी काम नगर्न चेतावनी दिएका छन् । उनले मनपरी विधेयकहरु प्रस्तुत गर्दा सरकार ढाल्न काठमाडौंका जनता उठ्नलान् भनि चेतावनी दिएका हुन् ।
‘जति पनि विधेयक संसदमा प्रस्तुत भयो, ति प्रत्येक विधेयकमा आम नागरिकले विरोध गरिरहेका छन् । यो किन भईरहेको छ ?’ प्रधानले अघि भने, ‘सरोकारवालासँग छलफल नगरीकन, विशेषज्ञसँग छलफल नगरिकन, आफ्नो मनलागी ढंगले सरकारले विधेयक ल्याईरहेको छ । त्यसको कारण जताततै विरोध भएको हो । काठमाडौंमा पनि जुलुस निक्लिरहेको अवस्था छ ।’
उनले काठमाडौंका जनता सम्पदाको संरक्षण गर्न उठ्दा बल प्रयोग भएको छ आपत्ति जनाए । उनले बल प्रयोग गर्नेमाथि कारबाही नगरे काठमाडौंका जनता उठ्दा ओली सरकार ढल्ला भनि चेतावनी दिए । उनले भने, ‘सरकारलाई ज्ञान होला यो विषयमा, काठमाडौंमा जनता उठेपछि कुनैपनि शक्तिले रोक्न सक्दैन् । राणा शासन ढल्यो, पञ्चायत शासन ढल्यो । ०६२/०६३ को आन्दोलनमा पनि काठमाडौंका जनताले साथ दिएको थिए । जब गणतन्त्रको नारा सडक आयो । तब काठमाडौंका जनता जुरुक्कै उठ्यो । राजतन्त्र ढल्यो । हेक्का राख्नुस्, अहिले हामीलाई चिन्ता केपि ओलीको सरकार ढल्ने भन्ने विषयमा चिन्ता भएन । संघीय लोकतान्त्रिक नेपाल जुन हामी सबै पार्टी मिलेर ल्याएको संविधान प्रति जनताले नमान्ला भन्ने चिन्ता हो ।’
काठमाडौंको भाषा, धर्म र सम्पदाले आज विश्वमा नेपाललाई चिनाएको भन्दै उनले त्यहि सम्पदामाथि धावा नबोल्न सरकारलाई चेतावनी दिएका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: