Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

मेक्सिकोका राष्ट्रपतिले गरे आफ्नै विमान बेचेर सरकारी खर्च कटाउने घोषणा

बिबिसी । मेक्सिकोका राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरले आफूले प्रयोग गर्दै आएको विमान बेचेर त्यसबाट आउने नाफा गैरकानुनी आप्रवासन नियन्त्रण गर्न खर्च गर्ने घोषणा गरेका छन्। अमेरिकाले बढाउन सक्ने करबाट जोगिन मेक्सिकोले अवैध रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरूको प्रवाह रोक्न सहमति गरेको छ।

वामपन्थी पृष्ठभूमिका राष्ट्रपति ओब्राडोरले विमान बिक्रीबाट उठ्ने रकम गरिब जनतालाई सहयोग गर्न उपयोग गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनी चढ्दै आएको बोइङ ड्रीमलाइनर ७८७ विमानको अनुमानित मूल्य १५ करोड अमेरिकी डलर रहेको बताइएको छ।

राष्ट्रपतिले चुनावी अभियानले प्रतिवद्धता जनाएका थिए
सन् २०१८ मा राष्ट्रपतीय निर्वाचन अभियानमा ओब्राडोरले उक्त विमान बेच्ने प्रतिबद्धता जनाएका थिए। झन्डै २२ करोड अमेरिकी डलर तिरेर मेक्सिकोले सन् २०१६ मा उक्त विमान किनेको थियो। ओब्राडोरले आफू सार्वजनिक विमान चढ्ने घोषणा राष्ट्रपतिको पदभार ग्रहण गर्दा गरेका थिए।

सात महिनादेखि बिक्रीमा राखिएको विमान हाल क्यालिफोर्नियामा छ। यस बाहेक मेक्सिकोले ६० वटा सरकारी विमान र ७० वटा हेलिक्पटर पनि बिक्री गर्न खोजिरहेको छ।

अमेरिका–मेक्सिको सीमा बन्द गर्ने धम्की
मेक्सिकोका नागरिकहरूले भने सामाजिक सञ्जालमा उक्त निर्णयको विरोध गरेका छन्। केही प्रयोगकर्ताहरूले जनताको करबाट किनेको विमान बेचेर अन्य देशका आप्रवासीहरूमा खर्च गर्ने घोषणाको आलोचना गरेका छन्।

अन्य केही प्रयोगकर्ताहरूले भने छ महिनामा खरिदकर्ता नभेटेको विमानले ४५ दिनमा भेट्ने सम्भावना न्यून रहेको प्रतिक्रिया व्यक्त गरेका छन्। मेक्सिकोले ४५ दिनभित्र अमेरिका प्रवेश गर्ने आप्रवासीको प्रवाह रोक्ने सहमति अमेरिकासँग गरेको छ।

यदि त्यसो गर्न असफल भए सहमतिअनुसार मेक्सिकोले आफ्नो भूमि हुँदै शरण खोज्न अमेरिका जान लागेका आप्रवासीबाट \'सुरक्षित तेस्रो मुलुक\' बनेर शरणको आवेदन लिनुपर्नेछ। आप्रवासीहरू मेक्सिको हुँदै अमेरिका छिर्ने गरेका छन्। यही विषयमा दुई देशबीच तनाव चर्किएको थियो।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: