Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

नेप्से परिसूचक निरन्तर ओरालो, आज कति अंकले घट्यो ?

काठमाडौं । निरन्तर ओरालो लाग्दै आएको शेयर कारोबार मापक परिसूचक आज पनि करीब तीन अंकले घटेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.९२ बिन्दुले घटेर एक हजार २६९.५५ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५३ बिन्दुले घटी २७१.८१ मा पुगेको छ ।

परिसूचक घटेसँगै कारोबारमा पनि गिरावट आएको छ । स्टकका अनुसार १७० कम्पनीको १४ लाख २३ हजार ६८७ कित्ता शेयर रु ४५ करोड ६५ लाख छ हजार ९४५ मूल्यमा खरीद बिक्री भए । कारोबार भएका कूल ११ उपसमूहमध्ये होटल ४.१९ बिन्दुले बढेको छ भने बैंकिङ २.०९, विकास बैंक ३.०७, जलविद्युत् ५.९३, वित्त ५.१३, निर्जीवन बीमा २३.१८, उत्पादन १८.२७, अन्य ०.३१, लघुवित्त २.८५, जीवन बीमा १४।७२ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ ।

घटेको बजारमा आज सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयर रु तीन करोड आठ हजार ५९२ बरारबको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै शिवम् सिमेन्ट रु दुई करोड ४६ लाख ४२ हजार ५६०, प्रभु बैंक रु दुई करोड ३३ लाख छ हजार ६१४, ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रु एक करोड ७४ लाख, नेपाल बैंक लिमिटेड रु एक करोड ५९ लाख ६३ हजार ५४७, एनआइसी एसिया बैंक रु एक करोड ४३ लाख ६६ हजार ५११ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु एक करोड ३१ लाख चार हजार ४०५ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।

घटेको बजारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडका शेयर धनीले ५.२६, कर्पोरेट डेभलपमेन्ट बैंक ५.०८, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ४.८२, नयाँ नेपाल लघुवित्त विकास बैंक ३.४८ र रैराङ हाइड्रो पावर कम्पनीका शेयरधनीले २.८८ प्रतिशतले कमाए ।

प्रुडेन्सिलय इन्स्योरेन्स कम्पनीका शेयरधनीले ४.६७, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ३.६८, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था ३.६३, सगरमाथा इन्स्योरेन्स कम्पनी ३.५० र मल्टीप्रपोज फाइनान्स कम्पनीका शेयरधनीले ३.५ प्रतिशतले गुमाए ।

यस्तै सिद्धार्थ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । सो कम्पनीले शेयरधनीलाई १५.४८ प्रतिशत शेयर लाभांश दिएलगत्तै प्रतिकित्ता रु ४७१ मा मूल्य समयोजन गरिएको हो । सो कम्पनीको औसत आधार मूल्य रु ७४७ रहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE