Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

प्रतिनिधिसभामा पाँच वटा खर्च कटौतीको प्रस्ताव

काठमाडौं । विनियोजन विधेयक, २०७६ को विभिन्न शीर्षकमाथि जारी छलफलमा उद्योग, वाणिज्य तथाका आपूर्ति, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र गृह मन्त्रालय अन्तर्गत पाँच वटा खर्च कटौतीको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत भएको छ ।

सांसद मीनबहादुर विश्वकर्माले विनियोजन विधेयक, २०७६ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ रु एक कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

सांसद बहादुरसिंह लामा तामाङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत भ्रमण भत्तालाई दुई शीर्षक बनाइएको, सीप विकास तालीम भनेर कार्यकर्ता पोस्ने योजना रहेकाले सञ्चार मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ रु एक गर्न प्रस्ताव गरिएको बताए ।

सांसद प्रेम सुवालले विज्ञापनमार्फत् राजनीतिक दलको चुनाव प्रचारप्रसार गर्ने व्यवस्था नगर्ने व्यवस्था हुनुपर्ने, पत्रिका वर्गिकरणमा भइरहेको विभेद् अन्त्य गरिनुपर्ने माग गरे । नेपाल भारतबीच भत्किएका सीमा स्तम्भमा नयाँ व्यवस्था हुनुपर्ने, सरकारले सार्वजनिक यातायातको व्यवस्था गर्नुपर्ने माग उनले गरे ।

सांसद सुवालले आपूर्ति तथा सञ्चार मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ रु एक, परराष्ट्र र गृह मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

सांसद दीलेन्द्रप्रसाद बडूले गृह मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा विनियोजन गरिएको बजेट औचित्यपूर्ण नदेखिएकाले खर्च कटौती गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको बताए ।

देशको शान्ति सुरक्षाको अवस्था दैनिक खस्कदै गएको, सुराकी स्रोतको उपयोग हुन नसकेको, कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको हत्यारा पत्ता नलागेको, पाँचथरमा नौ जना मारिएको घटनाका दोषीसमेत पत्ता नलाग्दा असुरक्षा बढेको उनले बताए ।

कर्मचारी तालीमको बजेट कटाएर विकेन्द्रित गरिनुपर्ने सांसद बडूको माग थियो । सांसद डा नारायण खड्काले परराष्ट्र मन्त्रालय अन्तर्गतको विनियोजनमा मसलन्द, विविध, भइपरी गरी एउटै विषयका लागि तीन शीर्षकमा बजेट राखिएकाले रु १०० घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुपरेको बताए ।

राष्ट्रिय सहमति भएन भने लोकतान्त्रिक शासन व्यवस्थाको परराष्ट्र नीतिले काम नगर्ने भएकाले सहमति जुटाउने पहल गर्न सांसद खड्काले सरकारसँग माग गरे ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending