काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीले संसदमा जर्बजस्ती बोल्न खोजेको र प्रतिपक्षीलाई दमन गर्न खोजेपछि संसद अवरोध गरेको बताएका छन् । मंगलबारको संसद अवरोधबारे आज जवाफ दिंदै देउवाले आफुँले समय मागेको अवस्थामा प्रधानमन्त्रीले जबरजस्ती बोल्न खोजेपछि अवरोध गरेको बताएका हुन् ।
देउवाले संसारभर पहिला प्रतिपक्षले बोल्ने नियम भएकोसमेत दाबी गरेका छन् । देउवाले भने, ‘संसारभर जहाँपनि संसद विपक्षको हुन्छ । सरकार सत्तापक्षको हुन्छ । यहाँ चाहिँ उल्टा भएको छ । प्रतिपक्षले पहिला बोल्छ । त्यसको जवाफ दिने हो ।’
पहिलो पटक बोल्नमा प्रतिबन्ध
सभापति शेरबहादुर देउवाले प्रतिपक्षलाई बोल्नमा समेत पहिलो पल्ट प्रतिबन्ध लगाउन खोजिएको आरोप लगाएका छन् । संसदमा बोल्दै देउवाले आफुँले बोल्न खोजेको बेला किन जबरजस्ती गरेको भनि प्रश्न गरे । ‘पहिलोपल्ट बोल्नमा प्रतिबन्ध लगाईन्छ, प्रधानमन्त्री बोल्नलाई बोल्नै पाइन्न । यो कुरा हुन्छ ? संसारमा जहाँ पनि पहिला प्रतिपक्षले बोल्छ, त्यसको जवाफ दिने प्रधानमन्त्रीले हो । प्रधानमन्त्री बोल्ने भनेपछि बोल्न नपाउने ?’ देउवाले भने, ‘तै पनि मैंले पहिला नै समय मागिसकेको थिएँ । हिजो जर्बजस्ती बोल्न खोज्नुभयो त्यसको कारण हामीले विरोध गरेका हौं ।’
संसद चलिरहेको बेला विधेयक बाहिरबाट फिर्ता लिन मिल्छ ?
‘संसद चलेको बेला संसदमा प्रस्तावित विधेयक बाहिर गएर फिर्ता लिनुहुन्छ ? त्यो पनि प्रधानमन्त्रीले फिर्ता लिने हो ?’ देउवाले अघि भने, ‘जुन मन्त्रालयको हो त्यो मन्त्रीले फिर्ता लिने हो । संसद चलिरहेको बेला बाहिरबाट फिर्ता लिने कहाँको संसदीय व्यवस्था हो ?’
यस्तो बलमिच्याईँ चल्दैन्
प्रधानमन्त्री ओली ०४८ सालदेखि नै संसदीय अनुभव लिएको मान्छे भएको भन्दै देउवाले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा रोष्टमबाट विपक्षीले बोल्न नदिएर लडेको कुरा स्मरण गर्न आग्रह गरे । उनले त्यसबेला प्रतिपक्षीले ४८ दिनसम्म संसद अवरोध गराएको स्मरण गराउँदै आफुँहरुले त्यसो नगरेको भन्दै प्रतिपक्षीका कुरा सुन्नुपर्ने बताए ।
उनले जहाँ पनि प्रतिपक्षी पहिला बोल्छ भन्दै बलमिच्याईँ नचल्ने बताए । उनले भने, ‘कहिल्यै नभएको नेपालमा पहिलो पटक भएको छ । यो बलमिच्याईँ चल्दैन् । हामी कुनै हालतमा मान्न तयार छैनौं ।’
युरोप भ्रमण असफल
सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको युरोप भ्रमण पुरै असफल भएको टिप्पणी गरेका छन् । उनले फ्रान्समा कार्यकारी राष्ट्रपतिले भेट नै नदिएको र बेलायतमा कुनै सम्झौता नभएको भन्दै भ्रमण पुरै असफल भएको बताए । आफू प्राधनमन्त्री हुँदा बेलायत गएको र भुतपूर्व गोर्खा सैनिकको पेन्सन बढाउने सहमति गरेको स्मरण गर्दै देउवाले भने, ‘अहिले त एउटा पनि सहमति भएको छैन ।’ राजीनामा दिइसकेकी प्रधानमन्त्री टेरिजा मेले के सहमति गर्नेसक्छिन् र भन्ने प्रश्न गरे ।
उनले प्रधानमन्त्रीलाई गोर्खा सैनिकले गार्ड अफ अनर दिएकोमा समेत टिप्पणी गरे । पूर्वप्रधानमन्त्री देउवाले व्यंग्य गर्दै भने, ‘गोर्खा सेनाले गार्ड अफ अनर रे । ह्वाइटहरुले सलाम नै गर्न मानेन त के गर्ने ?’ फ्रान्समा कार्यकारी राष्ट्रपति रहेको तर, उनले प्रधानमन्त्रीलाई नै नदिएको भन्दै उनले भ्रमण पुरै असफल भएको बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...



प्रतिकृया लेख्नुहोस्: