काठमाडौं । मंगलबार साँझ एकाएक भूमिव्यवस्था मन्त्री पद्या अर्यालले पत्रकार सम्मेलन गरि गुठी विधेयक फिर्ता लिने घोषणा गरिन् । मन्त्री अर्यालले विधेयकलाई लिएर भ्रम सिर्जना गर्ने र वातावरण विथोल्ने कोसिस भएकाले सम्बन्धित सरोकारवालासँग थप छलफलका लागि भन्दै विधेयक फिर्ताको घोषणा गरेकी थिइन् ।
घोषणालाई लिएर कतै स्वागत पनि भयो भने कतै अपुरो घोषणा भन्दै विरोध पनि भइरहेको छ । बुधबार विधेयक पुरै फिर्ता लिनुपर्छ भन्दै काठमाडौंको माइतीघरमा ठूलो प्रदर्शनसमेत भएको छ । प्रदर्शनकारीले फिर्ता लिने घोषणालाई आलेटाले खालको भन्दै विरोध गरेका छन् ।
मन्त्री अर्यालले पत्रकार सम्मेलन मार्फत गरेको विधेयक फिर्ताको घोषणा आलटाल नै खालको भएको टिप्पणी आएको छ । कानूनका जानकारहरु मन्त्रीको विधेयक फिर्ताको घोषणाले प्रक्रियालाई पुरै वेवास्था गरिएको भन्दै आलोकाँचो काम भएको टिप्पणी गर्छन् । संसदमा दर्ता भएको विधेयकलाई संसदबाटै प्रक्रिया पुरा गरेर फिर्ता लिनुपर्ने व्यवस्थालाई मन्त्री अर्यालले लत्ताएको टिप्पणी आएको छ ।
संसद्मा प्रस्तावित विधेयक बाहिरबाट फिर्ता लिने हो रु संसदमा रहेको विधेयक सम्बन्धित मन्त्रीले यहीँबाट फिर्ता लिने संसदीय व्यवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओली २०४८ सालदेखि सांसद हुनुहुन्छ । उहाँलाई थाहा छैन ?
–शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलको नेता
विधेयक संसदबाट मात्रै फिर्ता हुन्छ
जानकारहरु संसदको प्रक्रियामा अघि बढिसकेको विधेयक घोषणाको आधारमा फिर्ता नहुने बताउँछन् । विधेयक फिर्ता गर्नको लागि मन्त्रीको घोषणा राजनीतिक भएको भन्दै विधेयक संसदको क्षेत्राधिकारभित्र रहेकाले संसदीय प्रक्रियाबाट मात्रै फिर्ता हुने कानूनका जानकारको भनाई छ । फिर्ताको लागि पनि संसदीय प्रक्रियालाई पुरा गर्नुपर्ने उनिहरुको तर्क छ ।
गत वैशाख १७ गते राष्ट्रिय सभामा दर्ता भएको गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक ‘गुठी विधेयक, २०७५’माथि संसदमा छलफलसमेत चलिसकेको छ । विधेयकमाथि ६ वटा संशोधन प्रस्तावसमेत दर्ता भएको छ ।
यसरी फिर्ता हुन्छ विधेयक
‘गुठी विधेयक,२०७५’ फिर्ता लिनको लागि संसदीय प्रक्रियालाई नै पुरा गर्नुपर्ने हुन्छ । विधेयक फिर्ता लिनको लागि मन्त्री अर्यालले सदनलाई जानकारी गराउँदै विधेयकमाथि दर्ता भएका संशोधनसमेत फिर्ता लिन आह्वान गनुपर्छ । विधेयक संशोधनको प्रक्रियामा रहेको कारण त्यसमा परेका संशोधनबारे प्रक्रियाले टुंग्याउनुपर्छ ।
संशोधनको टुंगो लागेपछि पुनः मन्त्रीले विधेयक फिर्ता लिनका लागि विधिवत् प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ । सदनमा प्रस्तुत भईसकेको विधेयक सर्वसम्मत वा बहुमतका आधारमा मात्रै फिर्ता लिन सक्ने व्यवस्था छ । जसको लागि राष्ट्रियसभा अध्यक्षले राष्ट्रिय सभाको वैठकमा निर्णयार्थ प्रस्तुत गर्नुपर्छ ।
आगामी असार १० मा मात्रै टुंगो लाग्ने
राष्ट्रिय सभाको वैठक अगामी असार १० गतेसम्मको लागि स्थगित छ । मन्त्री अर्यालले गुठी विधेयक फिर्ता लिनको लागि आगामी असार १० मा राष्ट्रिय सभाको वैठकमा निर्णयबारे जानकारी गराई प्रक्रियामा जानुपर्छ ।
सम्बन्धित समाचार
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: