काठमाडाैं । कमजोर भू–धरातल र बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँसराइ, वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण देशभर विपद्का घटनामा वृद्धि भएको छ । वैशाख र जेठमा मात्र विपद्का घटनाबाट देशभर ६९ जनाको मृत्यु भएको छ भने ३४३ जना घाइते तथा दुई जना बेपत्ता भएका छन् ।
नेपाल प्रहरी, विपद् व्यवस्थापन महाशाखाका अनुसार आगालागीबाट दश, पहिरोबाट चार, चट्याङ लागेर २३, विभिन्न जनावरको आक्रमणबाट सात, महामारीबाट एक, हावाहुरीबाट आठ, लेक लागेर १३ तथा अन्य विपद्का घटनाबाट तीन जनाको मृत्यु भएको छ । आगलागीबाट ३५, पहिरोबाट दुई, चट्याङ लागेर १२८, विभिन्न जनावरको आक्रमणबाट ३२, हावाहुरीबाट १४१, हिमपहिरोबाट एक र अन्य विपद्का कारण चार जना घाइते भएको नेपाल प्रहरी, विपद् व्यवस्थापन महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिलीपकुमार चौधरीले जानकारी दिए ।
तथ्याङ्कअनुसार दुई महीनाको अवधिमा आगलागीबाट रु ९९ करोड ३४ लाख ९१ हजार, बाढीका कारण रु एक करोड ९७ लाख, पहिरोबाट रु १३ लाख ४५ हजार, चट्याङबाट रु २३ लाख १४ हजार, जनावरको आक्रमणबाट रु चार लाख ४० हजार र हावाहुरीबाट रु चार करोड ९० लाख २४ हजार बराबरको क्षति भएको छ । विसं २०७५ वैशाखदेखि चैतसम्म विपद्का कारण ३८८ जनाको मृत्यु हुनुका साथै एक हजार ३०५ जना घाइते र १० जना बेपत्ता भएका छन् । यस्तै तीन हजार १७५ पुशुचौपाया मरेका छन् भने दुई हजार ५१६ घरमा क्षति पुगेको छ । पाँच सय नौ परिवार विस्थापित तथा रु दुई अर्ब ५१ करोड एक लाख २७ हजार बराबरको क्षति भएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक चौधरी नेपाल प्रहरीले सीमित स्रोत र साधनका बाबजुत विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको बताउनुहुन्छ । विसं २०६८ चैतमा नेपाल प्रहरीको विपद् व्यवस्थापन शाखा स्थापना भएको हो । पछि २०६९ सालमा प्रतिकार्य दल हुँदै सोही वर्ष विपद् व्यवस्थापन महाशाखाको रुपमा परिणत भएको हो । प्रहरीको विपद् व्यवस्थापनतर्फ हाल एक हजार ३२२ दरबन्दी रहेको चौधरी बताए। “केन्द्रमा ४४७ र सातै प्रदेशमा विपद् व्यवस्थापन गुल्म स्थापना गरी १२५ जनाको दरबन्दी कायम गरिएको छ”, उनले भने । विपद् व्यवस्थापनको क्षेत्रमा तालीमसमेत प्रदान गरिँदै आएको छ ।
महाशाखाका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडा महाशाखाले प्राथमिक उपचार, खोज तथा उद्धार, कुकुर परिचालन, पर्वतीय खोज तथा उद्धार, डोरीबाट खोज तथा उद्धारका साथै पौडी टोलीलाई आवश्यक तालीम प्रदान गर्दै आएको बताउछन् । असार लागेसँगै देशभर नै मनसुन सक्रिय भई भारी वर्षा हुन्छ । मनसुनका कारण वर्षा बढी हुने भएपछि बाढी पहिरोको जोखिम बढ्दै जान्छ । विपद् व्यवस्थापन विज्ञ एवम भूगर्भविद् डा कृष्ण देवकोटा बिना अध्ययन, प्राविधिक तयारी नगरी डोजरको प्रयोग गरेर सडक निर्माण गर्ने प्रवृत्तिका कारण महाभारत श्रृङ्खला र पहाडी क्षेत्रमा पहिरो जाने क्रम बढेको बताउछन् ।
प्राकृतिक एवम भौगर्भिक कारणले पनि ठूला–ठूला पहिरो जाने गरेको छ । चुरे तथा तराईका क्षेत्रमा पछिल्लो समय बढेको वन फँडानीका कारण पनि बाढी र पहिरो जाने क्रममा वृद्धि भएको हो । डा देवकोटा महाभारत शृङ्खला र चुरे क्षेत्रमा एकखाले चिरा परेका कारण पहिरो बढी जाने गरेको बताउछन् । चिरा नियन्त्रण गर्नका लागि वन संरक्षण र बायो–इञ्जिनीयरिङ गर्नुपर्ने उहाँको भनाइ छ । मध्यपहाडी राजमार्गको अधिकांश खण्डमा पहिरोको जोखिम छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: